शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

धारणा न्यूज by धारणा न्यूज
१५ मिनेट अगाडि
Reading Time: 1 min read
0
बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

बूढानीलकण्ठ। नेवाः देय् दबू, बूढानीलकण्ठ नगर समितिको आयोजना तथा वासिकु नेवाः पुचःको सहयोगमा नेपाल संवत् ११४७ को अवसरमा २०८३ कार्तिक २४ गते विविध कार्यक्रमसहित भव्य भिंतुना समारोह सम्पन्न भएको छ।

बूढानीलकण्ठ नगरपालिका–२ स्थित नगरस्तरीय तरकारी बजारबाट नगरप्रमुख  मिठाराम अधिकारी, उपप्रमुख  अनिता लामा तथा थकाली मोतीलाल श्रेष्ठले नेवारी परम्पराअनुसार टीका, कोखा र सगुन प्रदान गरी मोटरसाइकल र्‍यालीको शुभारम्भ गर्नुभएको थियो। र्‍याली लामिछाने टोल, सुन्दरटार, करुणा पुल, स्पेसल चोक, हात्तीगौंडा, पान्चोक, गणेश चोक, चपली र घटेराटोल हुँदै बूढानीलकण्ठ मन्दिर परिक्रमा गरी पञ्चकन्या मार्गबाट वासिकुस्थित गणेश मन्दिर प्राङ्गणमा पुगेर समारोहमा परिणत भएको थियो। र्‍यालीमा बाजागाजासहित हजारौँको सहभागिता रहेको थियो।

नेवाः देय् दबू, बूढानीलकण्ठ नगर समितिका अध्यक्ष  श्यामकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेवाः देय् दबूका संरक्षक  नरेश कुमार ताम्रकार प्रमुख अतिथि तथा नगरप्रमुख  मिठाराम अधिकारी र उपप्रमुख  अनिता लामा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै विभिन्न वडाका जनप्रतिनिधि, सामाजिक तथा सांस्कृतिक संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी एवं विशिष्ट व्यक्तित्वहरूलाई अतिथिका रूपमा आसन ग्रहण गराइएको थियो।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका–२ का वडाध्यक्ष  राजेन्द्र श्रेष्ठ, नेवाः देय् दबू उपत्यका विशेष प्रदेश समितिका सदस्य एवं बूढानीलकण्ठ नगर समितिका संरक्षक  ब्रह्मदेव श्रेष्ठ, विशेष अतिथि उपप्रमुख श्री अनिता लामा, नगरप्रमुख श्री मिठाराम अधिकारी तथा प्रमुख अतिथि नरेश कुमार ताम्रकारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले नेवाः कला, संस्कृति र सम्पदा नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालको साझा पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण, अध्ययन तथा प्रवर्द्धनमा राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो।

समारोहमा ज्येष्ठ नागरिक अभिनन्दन, विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने वासिकुका व्यक्तित्वहरूलाई सम्मान तथा फुटसल, ब्याडमिन्टन र डोरी तान्ने प्रतियोगिताका प्रथम र द्वितीय हुने खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै वासिकु नेवाः पुचः, भुइजःसी नेवाः पुचः तथा अजिमा ल्यायम्हः पुचःका कलाकारहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। सहभागीहरूका लागि परम्परागत नेवारी खाजा (तुच्चा) को समेत व्यवस्था गरिएको थियो।

समितिका सचिव अनिता डंगोलले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष  श्यामकाजी श्रेष्ठले स्वागत मन्तव्य तथा समारोह संयोजक  आशालाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो। भाषा, कला, संस्कृति तथा सम्पदाको संरक्षण र नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत्को प्रयोग तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमलाई बूढानीलकण्ठ नगरपालिका वडा नं. २ मार्फत नगरपालिकाले आर्थिक सहयोग गरेको थियो।

यो पनि पढ्नुहोस्

आईजीपी कार्की  प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा

आईजीपी कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा

१२ घण्टा अगाडि
हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक