आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मेलम्चीको पानी काठमाडौं लैजान सरकार हतारिएको टिप्पणी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि अध्यादेश जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रेमाथाङको पहिरो नरोकी मेलम्चीको पानी काठमाडौं लैजान सरकार हतारिएको टिप्पणी गरेका छन्। परियोजनाको मुहान अम्बाथानसम्म दबाब यात्रा सुरू गर्न आइतबार सिन्धुपाल्चोकको मेलम्ची पुगेका सभापति लामिछानेले पहिरो रोकथाम नगर्दा मेलम्ची दिगो नहुने बताएका छन्।

‘मेलम्चीको पानी काठमाडौं लैजान अहिलेसम्म ६२ अर्ब खर्च भएको छ। मुआब्जा, सुरूङ, बाँध क्षेत्रलगायत संरचना बनाउन ३२ अर्ब र काठमाडौं उपत्यकामा खानेपानीको सञ्जाल बिस्तार गर्न ३० अर्ब खर्च भएको छ। यत्रो पैसा खर्च गरेको परियोजना पहिराले पुरिएको छ। परियोजना बनाउँदा पर्यावरणीय अध्ययन, जलवायु परिवर्तनको असरलाई ध्यान दिइएन।

फेरि पनि पहिराको जोखिम अध्ययन नगरी पैसा खन्याउने काम भएको छ,’ उनले भने। हेडवर्क्स बनाउने बेलामा पर्याप्त अध्ययन नभएको र सरकार अस्थायी तरिकाले पानी पथान्तरण गर्ने ध्याउन्नमा रहेको उनले बताए। ‘सरकारले खन्याएको पैसा ऋणको रूपमा हाम्रै थाप्लामा पर्ने हो। बाँध सार्दा ६–७ अर्ब रूपैयाँ लाग्ने देखिएको छ। त्यो पनि हाम्रै थाप्लामा पर्ने हो,’ उनले भने, अहिले सरकार अस्थायी तरिकाले पानी लाने र उद्घाटनमाथि उद्घाटन गरिरहेको छ।

यो देशका कुनै नेता बाँकी नरहलानजस्तो छ, जसले मेलम्ची उद्घाटन नगरेको होस्!यसबीचमा ३० करोडभन्दा बढी रकम खर्चिएर तीनवटा हिउँदमा अस्थायी तवरले पानी लगियो। भ्रेमाथाङको पहिरो न्यूनीकरण र रोकथामका लागि सिन्को पनि भाँचिएको छैन। त्यहाँको भूअवस्थिति र त्यहाँको पहिराको जोखिमको अध्ययन भएको छैन।’ मेलम्ची भेलबाढीबाट २४ जनाको हताहती भएको उनले जनाए। त्यस्तै चिउरीखर्क, चनौटे, ग्याल्थुम, तालामाराङलगायत बजार अझै पनि उच्च जोखिममा रहेको उनको भनाइ छ। सरस्वती मावि, तेर्से मावि अझै बाढीको जोखिममा रहेकाले मेलम्चीकै पुनःनिर्माण, तटबन्ध र नदी नियन्त्रणमा सरकारले कुनै काम नगरेको जनाए। ‘

मेलम्ची उपत्यकाको पारिस्थिति प्रणाली खल्बल्याएर पानी लगेपछि २० प्रतिशत रोयल्टी यहाँका नागरिकले पाउनुपर्ने हो। त्यसको सुनिश्चिता हुन सकेको छैन,’ उनले भने। रास्वपाले मेलम्चीको मुहान अम्बाथानसम्म करिब २४ किलोमिटर दबाब यात्रा गर्न लागेको हो। यात्रा सुरू गर्नुपूर्व उसले बाढीले खण्डहर बनाएको मेलम्चीस्थित मनशान्ति टोलमा रित्ता गाग्रीसहित कोणसभा गरेको थियो।

तिनै रित्ता गाग्री बोकेर काठमाडौं–२ की सांसद सोबिता गौतमसहितको टोली अम्बाथान जाँदैछ। यसअघि रास्वपाले चितवनको नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर सडक खण्डमा दबाब यात्रा सुरू गरेको थियो। रास्वपाको दबाब यात्रापछि अलपत्र अवस्थामा रहेको नारायणगढ–सडक पुनःनिर्माणले गति लिएको लामिछानेको भनाइ छ।

यो पनि पढ्नुहोस्

आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

रास्वपा इतिहास लेख्ने यात्रामा

३ घण्टा अगाडि
सहकारीको बचत अपचलन हुँदा लाखौँ जनता बिचल्लीमा

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक