काठमाडाैं । लोकनारायण सुबेदी संयोजक रहेकाे नेपाल कम्युनिष्ट पार्टीले हालै संयुक्त राज्य अमेरिकाको न्याय विभागले क्यूबाली क्रान्तिको ऐतिहासिक सम्मानति नेता राउल क्याष्ट्रो रुज विरुद्ध घोषणा गरेका अत्यन्तै आशचर्यलाग्दो गैरकानुनी फत्तुर.(अभियोजन)को घोर निन्दा भत्र्सना गरेकाे छ ।
यो झूटा मुद्धा खारेज गर्न जोडदार माग गर्दछ । क्यूवालाई हरतरहले बर्षौदेखि सकसमा पार्ने किसिमले नाकाबादी र घेराबन्दी अमेरिकी साम्राज्यबादले गर्दै अएको र थप झूटा मुद्दा चलाउन थालेको छ त्यस हर्कतको बिश्वब्यापीरुपमा बिरोध भइरहेको छ त्यसप्रति नेपाल कम्युनिष्ट पार्टी दृढ ऐक्यबद्धता जनाएकाे छ ।
यो राउल क्याष्ट्रोमाथि लगाउन थालिएको फत्तुर(झ्रूटा मूद्दा)का जुन छन् ती आरोपहरू १९९६ मा क्यूबाली हवाई क्षेत्र, मियामीस्थित आतंकवादी संगठन ‘ब्रदर्स टु द रेस्क्यु’को हल्का विमान गिरेको घटनासँग सम्बन्धित घटनाहरूको तोडमोड गरी खडा गरिएको झूटो हेरफेरमा आधारित छन्। संयुक्त राज्य अमेरिका न्याय विभाग अहिले ९४ बर्षका क्यूवालाी क्रान्तिका सम्मानित बयोबृद्ध क्रान्तिकारी नत नेताहरू मध्येका एक राउल विरुद्ध झण्डै ३० वर्ष पुरानो यस मुद्दालाई किन सक्रिय पार्दैछ प्रश्न अनुत्तरित छ । यो कानूनी आधारविना गरिएको एक अत्यन्तै निन्दनीय राजनीतिक चाल हो भन्ने कुरा बिश्वब्यापीरुपमा मानै उदाङ्गो भइरहेको छ । संयुक्त राज्यका राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको गएको २१ मईका दिन घोषणा नै गरेका थिए कि उनीहरूको ‘मनमा क्यूबा छ’ र त्यो द्वीपमा आक्रमण गर्ने उद्देश्य राख्छन्। यसरी अमेरिकी साम्राज्यबादले खुलेआम भनिरहेको छ कि उनीहरू क्यूबाको समाजवादी प्रणालीको बिरूद्ध छन् र त्यसैले अस्थिरता सिर्जना गर्न र शासन परिवर्तन गर्न अनेक निहु झिकेर उद्यत छन्।
नेपाल कम्युनिष्ट क्यूबामाथिको यो अमेरिकी साम्राज्यवादीका यस प्रकारका झूट फरेब र धम्कीको घोर निन्दा गर्दै अत्यन्तै चूनौतिपूर्ण समयमा पनि क्यूवाली क्रान्ति र क्रान्तिकारी क्यूवाली नेतृत्वको रक्षाकाप्रति क्यूवाली जनताले देखाएको चट्टानी अडीगता र एकताप्रति पनि ऐक्यबद्धता जनाउँदछ र यस प्रकारको प्रतिकूल स्थितिमा पनि क्यूवा र क्यूवाली जनताको सार्बभौमिकतामाथिको यो नाङ्गो दबाब,अपमान र आक्रमण गर्न खोज्ने साम्राज्यबादी हर्कतको बिरुद्ध सहासी क्यूवाली जनताको पक्षमा आवाज उठाउन र खडा हुन सम्पूर्ण ब्रिश्वभरीका न्यायप्रमी जनता अग्रसर छन् र नेपाल कम्युनिष्ट पार्टी नेपाली सचेत जन समुदायमा पनि यस न्यायपूर्ण आन्दोलनमा सामेल हुन र ऐक्यबद्धता जनाउन् भन्ने जोडदार आग्रह गर्दछ ।


