शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्व शान्ति पुजामा हलिउड स्टार जेट लीकाे सहभागिता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्व शान्ति पुजामा हलिउड स्टार जेट लीकाे  सहभागिता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलबस्तु । बुद्ध जन्मस्थल लुम्बिनीमा महायानी परम्परा अनुसार मोन्लम अर्थात् विश्व शान्ति पुजा सुरु भएको छ । विश्व शान्तिको कामना गर्दै भइरहेको मोन्लमले लुम्बिनीको धार्मिक, आध्यत्मिक तथा पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । पूजामा हलिउड स्टार जेट ली पनि सहभागिता जनाएका छन् ।

बौद्ध धर्र्म थेरवादी र महायानी गरी दुई मुख्य परम्परामा विकसित हुँदै आएको छ । महायानीमा हिमाली बौद्ध र नेवारी बौद्ध परम्परा चलेका छन् । हिमाली बौद्ध परम्परा अन्तर्गत सयौं पर्व, संस्कृति र रीतिथिति विकसित भएका छन् । ती सबैले बुद्धले दिएका शिक्षालाई प्रतिकात्मक रुपमा बुझ्न र दैनिक जीवनमा अभ्यास गर्न सुझाउँछन् । मोन्लम अर्थात् विश्व शान्ति पूजा हिमाली भूभागमा प्रचलित परम्परा हो ।

लुम्बिनीलाई बुद्ध जन्मभूमिको रुपमा महत्व दिएर मोन्लमको परम्परा आरम्भ गर्ने श्रेय भने नेपालको हिमाली भूभाग र तिब्बतमा स्थापित शाक्य सम्प्रदायलाई जान्छ । बिहीबारदेखि लुम्बिनीमा मोन्लम पुजा महायानी परम्परामा सुरु भएको हो । मोन्लममा पाँच सय बढी रिम्पोछे, लामा, आनीहरु एकै ठाउँमा भेला भई मन्त्रोउच्चारण र पाठ गर्दा समस्त लुम्बिनी गुञ्जायमान भएको छ । मायादेवी मन्दिर परिसरमा आयोजित पुजाले लुम्बिनीको वातावरणमा एक प्रकारको आध्यात्मिक तरंग ल्याएको छ ।

लुम्बिनीमा महागुरु वल्र्ड पिसको समन्वयमा ५ दिनको मोन्लम पुजा आयोजना गरिएको हो । मोन्लम पुजामा चिनियाँ चर्चित चलचित्रकर्मी एवं हलिउड स्टार जेट ली पनि समेत सहभागी छन् । उनी मोन्लम पूजा अवधिभर सहभागी हुनेछन् । भगवान बुद्धका उपदेशहरु पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरी गरिएको पुजाको महायानी परम्परामा निकै ठूलो महत्व छ । लुम्बिनी विकास कोषले मोन्लम जस्ता पुजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्दै आएको छ । यसका साथै कोरोना पछि तंग्रिँदै गरेको लुम्बिीमा विदेशी पर्यटक आगमन थप बढ्ने अपेक्षा छ ।

बुद्ध शिक्षाको सार गलत काम नगर्ने, कुशल कामहरु गरिरहने र पुण्य सञ्चय गर्ने हो । आफूले सञ्चय गरेको पुण्य बाँड्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । बौद्धमार्गीहरु यसले अरुलाई पनि कुशल कर्म गर्न प्रेरणा दिने विश्वास गर्छन् । मोन्लम पाठ गर्नु पुण्य वितरण गर्नु पनि हो । मोन्लम पाठ गर्दा सबै प्राणीहरुको कल्याण होस् भन्ने मैत्री कामना गर्दा आफन्त र छिमेकीको अशान्त मन समेत शान्त हुने विश्वास छ ।

यो पनि पढ्नुहोस्

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

१ दिन अगाडि
द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक