शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खुल्ला कविता प्रतियोगितामा उमेश पुन प्रथम

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
खुल्ला कविता प्रतियोगितामा उमेश पुन प्रथम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । पृथ्वीजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा उमेश पुन प्रथम भएका छन् । रुकुम पश्चिमका पुनले लेखेको ‘देशभित्र देखेको देश’ शिर्षकको कविताले प्रथम स्थान हासिल गर्दै नगद एक लाख पुरस्कार जितेको हो । प्रस्तुत छ, एक लाख नगद जित्न सफल भएको कविता  यस्ताे छ :

माड्साप

पृथ्वीको ग्लोब देखाएर कलिला मस्तिष्कहरुलाई
कहिल्यै नभनिदिनुहोस् – देश पृथ्वीको विभाजित अंश हो !
भन्नुभयो भने
उनीहरुले सिक्न सक्छन्

क्रमशः विभाजित गर्न स्वयं आफू,परिवार,समाज र देशलाई

कतै पदयात्रामा निस्कनुभयो भने तपाईं

जब देख्नुहुन्छ

बाटोबाटै विभाजित भएर बनेका दोबाटाहरु
क्षणभरमै बिथोलिन सक्छ तपाईंको अविच्छिन्न यात्रा
र संकटमा पर्छ सूदुर गन्तव्य

 

हो त्यसरी नै माड्साप
जुनसुकै बेला अवरुद्ध हुन सक्छ देशको गतिशील पाइला

कुनै बगैंचामा पुगे भने उनीहरु
नसोध्नुहोस्
एउटै बगैंचामा फुलेर कसरी विभक्त भए यी फूलहरु ?
या हेरे भने आकाश
नसोध्नुहोस्
एउटै आकाशमा रहेर कसरी विभाजित भए यी ताराहरु ?

था’छ माड्साप ?

आगो झोस्न उनीहरुको कलिलो मस्तिष्कमा
तपाईंको केवल एउटै प्रश्न पनि पर्याप्त हुन सक्छ
बरु बुझाउनुहोस्
फरकफरक देखिन सक्छ देशभित्रबाट पनि देश
जसरी फरक देखिन्छ
खण्डहर समयको अन्तरामा बाँचिरहेको आफ्नै अनुहार
पढाउँदा उनीहरुलाई
सधैं विचारभन्दा माथि देश हुन्छ पढाउनुहोस्
थाहै छ
यहाँ विचारहरुबाटै पनि विभाजित भएका छन् विचारहरु
जब विचारमुनि पर्छ देश
आगो ओकलेर सडकमा उभिन आइपुग्छ देश विरुद्ध जुलुस
यस्तो देखिन्छ कि – त्यहाँ देश विरुद्ध देश छ

नेपालको इतिहास सुनाउँदा उनीहरुलाई
भनिदिनुहोस्
इतिहास भनेको प्रायः लिखित दस्तावेजहरुको पुनर्लेखन हो
र विजेतालाई इतिहासमा धेरै लेखिन्छ
नत्र लेखिनुपर्ने थियो
पराक्रमी पृथ्वीनारायण शाहको सट्टा
आफ्नै राज्य त्यागेर आत्मसमर्पण गर्ने रणजीत मल्लको इतिहास

बरु बताउनुहोस्
उनीहरूलाई जस्तो कि- घर पनि आफैं बन्दैन
बनाइन्छ
तपाईंलाई थाहै छ माड्साप
आँगनमा बिस्कुन झैं छरिएका स-साना राज्यहरूलाई जोडेर
बनाइएको हो – देशको सग्लो मानचित्र
यहीँ माटोमा बगेको हो
पुर्खाहरुको निधारबाट अलिखित पसिनाहरुको जम्मै बुँद

जसरी एउटी आमाले जोगाउँछिन्
आफू नासिएर भए पनि आफूभित्र हुर्कदै गरेको शिशुलाई
हो त्यसरी देश जोगाउनुपर्ने
अबको अभिभारा तिनै कलिला मस्तिष्कहरुको काँधमा छ
जसलाई
तपाईंले बारम्बार विभाजित हुन उक्साइरहनुभएको छ

माड्साप
मैले तपाईंलाई पूजापाठ गर्ने आफ्नै भगवान माने पनि
या आस्था राख्ने आफ्नै धर्म ठाने पनि
म कसरी विश्वास गरुँ
तपाईंले भने जस्तै – देश भनेको पृथ्वीको विभाजित अंश हो !

यो पनि पढ्नुहोस्

साँखुको संस्कृति र इतिहास समेटिएका जीवन श्रेष्ठका सात कृति एकैसाथ सार्वजनिक हुँदै

साँखुको संस्कृति र इतिहास समेटिएका जीवन श्रेष्ठका सात कृति एकैसाथ सार्वजनिक हुँदै

२ हप्ता अगाडि
राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक