सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एयरटेल सहकारीका गोयलमाथि अनुसन्धान गरी कारवाही गर्न सीआईवीलाई पत्र

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एयरटेल सहकारीका गोयलमाथि अनुसन्धान गरी कारवाही गर्न सीआईवीलाई पत्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । सहकारीमा सर्वसाधारण बचतकर्ताले जम्मा गरेको करोडौं-करोड रकम आफूखुसी हिनामिना गरेको अभियोगमा दुई वर्ष कारागार समेत बसेर पिडीत बचतकर्ताको रकम छ महिनाभित्र फिर्ता गर्ने शर्तमा न्यायलयबाट उन्मुक्ति पाएका न्यूरोडको धर्मपथस्थित एयरटेल सहकारी संस्थाका तत्कालिन प्रवन्ध सञ्चालक अशोक जैन (गोयल)माथि तत्काल अनुसन्धान गरी कारवाही गर्न बागमति प्रदेश संस्कृती, पर्यटन तथा सहकारी मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी)लाई पत्राचार गरेको छ ।
एयरटेल सहकारीका तत्कालिन प्रबन्ध निर्देशक गोयलले पिडीत बचतकर्ताको रकम फिर्ता गर्ने शर्तमा रिहा भएको लामो समयसम्म पनि हिसाव फस्र्याेट गर्न नचाहिरहेका बेला उल्टै सोही सहकारीमा बचेखुचेको सम्पत्तिमाथि डुबुल्की मार्ने नियतका साथ आफैँलाई सहकारीको तदर्थ समितिको अध्यक्ष घोषित गर्दै बिल्कुल अपरिचित र नयाँ अनुहारलाई सदस्यका रुपमा मनोनय गर्दै शनिबार कमलपोखरीस्थित अग्रवाल भवनमा उक्त सहकारी संस्थाको विशेष साधारण सभा गर्दैछ । तर, सहकारी मन्त्रालयले भने उक्त विशेष साधारण सभालाई अमान्य र अवैद्य भन्दै सीआईवीलाई पत्राचार गरिसकेकाले अवैद्य अध्यक्ष गोयलले सहकारी मन्त्रालयको निर्णयलाई वेवास्था गर्दै साधारण सभाको कार्यक्रम अघि बढाएको खण्डमा सभास्थलबाटै पक्राउ पर्ने प्रहरी स्रोतको भनाइँ छ ।
सीआईवी स्रोतले भन्यो, ‘बागमती प्रदेशको सम्वन्धित मन्त्रालयबाट मन्त्रिस्तरिय निर्णय अनुसार एयरटेल सहकारीका तत्कालिन प्रवन्ध निर्देशक अशोक जैन (गोयल)का क्रियाकलाप शंकाष्पद भएकाले अनुसन्धान गरी कारवाही गर्न पत्राचार भइसकेको अवस्था छ, त्यसैले पनि उसले उक्त साधारण सभा स्थगित गर्नै पर्ने हुन्छ । यदि नगरेको खण्डमा त्यसको परिणाम पछि थाहा हुन्छ ।’
सीआईवीलाई मन्त्रालयले लेखेको पत्रको बोधार्थ गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय नक्साललाई पनि दिइएको छ ।
एयरटेल सहकारीका पिडीत बचतकर्ताले भने विशेष साधारण सभा गर्न खोज्नुको मुख्य उद्देश्य यसअघि ऋणीलाई कर्जा प्रवाह गर्दा रोक्का राखेको घरजग्गा फुकुवा गराई लिलामी गरी त्यसबाट प्राप्त रकम समेत हिनामिना गर्ने तथा संस्थाको नाममा रहेको अन्य चलअचल सम्पत्ति समेत आफूखुसी प्रयोग गर्ने नियत बनाएको आरोप लगाएका छन् । उनीहरुले भने, ‘यदी अशोकको नियत राम्रो हुन्थ्यो भने हामी अदालत गएका ६६ जना पिडित बचतकर्तालाई जानकारी दिएर पो तदर्थ समिति गठन गथ्र्याे, त्यसो नगरी हामीहरुलाई पूर्णरुपमा वाईपास गर्दै अघि बढ्नुको नियत के हुन सक्छ ?’ पिडीतले भने, ‘जवकी उही सहकारी संस्थामा ठगी गरेको अभियोगमा २ वर्ष कारागार बसेर निस्केको व्यक्ति फेरि उही संस्थाको अध्यक्ष हुन कुन नियमले मिल्छ ? जवकी, कारवाही भोगेको व्यक्ति सञ्चालक समितिमा बस्नै नमिल्ने कानूनी व्यवस्था छ ।’
तर, यसअघि नै समस्याग्रस्त उक्त सहकारीको चलअचल सम्पत्ति प्रहरीले अनुसन्धानका क्रममा रोक्का राखेकाले उक्त रोक्का भएको सम्पत्ति विशेष साधारण सभाले निर्णय गर्दैमा फुकुवा भइहाल्ने अवस्था भने छैन ।
यसअघि, बागमति प्रदेश सहकारी मन्त्रालयका मन्त्री पुकार महर्जनले समेत सहकारीका ठग अशोक गोयललाई सघाइरहेको समाचार सार्वजनिक भएपछि आफूले गल्ती गरेको महशुस गर्दै मन्त्रालयले उक्त गल्तीलाई सुधार्दै सीआईवीलाई अनुसन्धान गर्न पत्राचार गरेको हो ।
एयरटेल सहकारी ठगी प्रकरणमा हजारौंको करोडौं रकम हिनामिना भएको छ । त्यसमध्ये अदालतको ढोका ढकढकाएका ६६ जना पिडीतकै मात्र २५ करोड बढी रकम एयरटेल सहकारीमा डुबेको छ । पिडीत बचतकर्ताले यसै विषयलाई लिएर अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन् । अख्तियारमा दिएको उजुरीको दर्ता नम्बर सी-०४०३०० हो । अख्तियारमा समेत उजुरी परेको जानकारी पाएपछि हतार हतार बागमति प्रदेश संस्कृती, पर्यटन तथा सहकारी मन्त्रालयले दुबै पक्षलाई बिहीबार ११ बजे छलफलमा बोलाएको भए पनि अशोक गोयल पक्ष उपस्थित नभएपछि बाध्य भएर मन्त्रालयले आफ्नो गल्ती ढाकछोप गर्न र अख्तियारको फन्दाबाट उम्कन सीआईवीलाई पत्राचार गरेको हो ।
विगतमा प्रवन्ध सञ्चालक गोयलले आफ्नै पत्नी सुमन केडीया (गोयल)लाई सहकारीको अध्यक्ष तथा छोरीलाई लेखापाल बनाएर सहकारीमा जम्मा भएको निक्षेपलाई आफूखुसी लगानी गर्दै आएका थिए । संस्थाका अध्यक्ष र प्रवन्ध सञ्चालकसहित उनीहरु निकटस्थ रहेका सहकारीमै आवद्ध सीमा बंशल (अग्रवाल), सारीका जैन, सुरेन्द्र कुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रविन्द्र सिंह र दिपेन्द्र शर्मामाथि सहकारी पिडीतले आफूहरु ठगीएको भन्दै किटानी जाहेरी दिएका उनीहरु मध्ये कोही पक्राउ परेर कैद सजाय भुक्तान गरी निस्केका छन् भने कोही अझैसम्म पनि फरार नै छन् ।
विगतमा अशोक गोयल लगायतलाई कारवाहीबाट जोगाउन काँग्रेस निकट सुशिल नहाटाले निकै कसरत गरेका थिए भने अहिले बागमती प्रदेशका सहकारी मन्त्री पुकार महर्जन खुलेआम उसैको वकालत गर्दै हिँडेका छन् ।
स्मरणीय छ, सहकारीका तत्कालिन प्रवन्ध सञ्चालक अशोक जैन (गोयल) भारतीय नागरिक भएता पनि गलत विवरण देखाएर नेपाली नागरिकता लिएको प्रकरणमा पनि तानिएका छन् ।

यो पनि पढ्नुहोस्

दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक

दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक

३ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

नेपालको स्वास्थ्य प्रणाली समस्याग्रस्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक