काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत शुक्रबार अन्तिम नामावली प्रकाशन हुँदैछ।
राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका ५२ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। उम्मेदवारले शुक्रबार नै नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।
अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। राष्ट्रिय सभा निर्वाचन अन्र्तगत मतदान आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।
प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहनेछन्।


