शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

नेपाल निर्माण र निर्माताबारे एक संक्षिप्त टिप्पणी !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल निर्माण र निर्माताबारे एक संक्षिप्त टिप्पणी !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
– नारायण शर्मा
आज पौष २७ गते पृथ्वी जयन्ति ।  वर्तमान नेपालको प्रमुख निर्माता पृथ्वीनारायण शाह भएको भनेर आजको दिनलाई राष्ट्रिय एकता दिवस स्वरुप मनाउने गरिएको छ । पृथ्वीनारायण शाह र उनको नेपाल एकीकरण (निर्माण महाभियान) सम्बन्धमा चर्चा गर्न थाल्दा प्रथमतः इतिहास शिरोमणि बाबुराम आचार्यले भनेझैं नेपालको सही इतिहास लेखिएको छैन भन्ने तीतो सत्यलाई आत्मसात गर्नु जरुरी छ । वास्तवमा नेपालको पहिलो इतिहास लेख्ने साम्राज्यवादी-विस्तारवादी बृटिस शासकहरु र तिनका पृष्ठपोषकहरु नै हुन् । नेपाली वीर गोरखाली योद्धाहरुद्वारा साम्राज्यवादी आकाङ्क्षालाई पूरा हुन नदिइएपछि आक्रोश र प्रतिशोधमा आएर ती लेखकहरुले हाम्रा युद्ध र योद्धाहरुका बारेमा वास्तविकतालाई बङ्गाएर झुटमुट लेखी नेपालीहरुबिच आपसमा विद्वेष, विभाजन र विद्रोहको विऊ रोपिदिएका छन् । यो सन्दर्भमा पृथ्वीनारायण शाहको नायकत्वमा भएको वर्तमान नेपाल निर्माणको महान् कार्य र त्यसक्रममा युद्धका दौरानमा हुने स्वाभाविक गल्ती, कमी र कमजोरीलाई पनि तीलको ताड बनाएर भए-नभएका आरोप राज्य विस्तार-एकीकरण अभियान र अभियन्तामाथि थोपर्ने काम भएको सत्य हो । तत्कालीन समयको चिन्तन, प्रवृत्ति र गतिविधिका सापेक्षतामा यो अभियानलाई नहेरेर आजको सापेक्षतामा हेरी मूल्यांकन गर्न खोज्नु द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादसम्मत हुदैन अर्थात् सही, बैज्ञानिक र वस्तुवादी मूल्यांकन हुन सक्तैन ।
 बृटिस साम्राज्यवादी शासकहरुले यस पहाडी भूक्षेत्रका अन्य ससाना राज्यहरुसँगै मूलतः नेपाल खाल्डो (काठमाडौ उपत्यका) लाई आफ्नो कब्जामा पार्न फौजी, राजनीतिक र कूटनीतिक जेहाद छेंडेकै थिए । त्यो कुनियत बुझेर नै पृथ्वीनारायण शाहले यस पहाडी भूक्षेत्रका ससाना बाइसी-चौबिसी राज्यहरुलाई मिलाएर एक विशाल र बलियो नेपाल बनाएपछि मात्र बृटिशहरुको योजनालाई तुहाइदिन सकिन्छ र आफू पनि एक विशाल र बलियो राज्यको राजा हुन पाइन्छ भन्ने उनको महत्त्वाकांक्षा रहेको सहजै बुझ्न सकिन्छ । अन्यथा आफ्नो राज्य गोरखा, काठमाडौं उपत्यका ( नेपाल) लगायत कुनै पनि पहाडी मुलुक बच्ने छैनन् भन्ने उनको ठहर सही र दूरदर्शी थियो भन्ने कुरा अहिले आएर पनि पुष्टि भएको छ । त्यसैले पृथ्वीनारायण शाहले बृटिस उपनिवेश हुनबाट बच्ने-बचाउने उद्देश्यले नै विशाल नेपाल निर्माण गर्ने अभियान थालेकोमा शंका छैन । उनको यो उद्देश्य, नियत वा अभिप्राय स्वच्छ र सुन्दर भएको सन्दर्भमा भएको यो राज्य विस्तारअभियानलाई एकीकरण भन्न सकिन्छ तर एकीकरणको लागि उनले बाध्यताबस नै भएपनि अवलम्बन गरेको बल प्रयोगको विधिलाई हेर्दा त्यसलाई राज्य विस्तार पनि भन्न सकिन्छ । विधि जुनसुकै प्रयोग भएको भएपनि उद्देश्य पनि राम्रो र परिणाम पनि राम्रो अर्थात् एक सबल र स्वतन्त्र राष्ट्रको रुपमा नेपाल बन्न र बृटिस साम्राज्यवादको उपनिवेश हुनबाट बच्न सकेकोले पृथ्वीनारायण शाहको नेपाल निर्माण अभियानलाई गलत होइन सही, सान्दर्भिक र आवश्यक नै थियो भन्न संकोच मान्नु पर्दैन । जहाँसम्म उनले भौगोलिक एकीकरण मात्र गरेको र त्यो पनि क्रूरतापूर्वक र बलजफ्ती गरेको भन्ने आरोप छ, त्यसमा अङ्ग्रेजहरुले लगाएकोजस्तो गम्भीर आरोप सत्य नभएपनि केही परिस्थितिजन्य, प्राविधिक, व्यावहारिक, व्यक्तिगत, स्वभावजन्य र शैलीजन्य कमजोरी अवश्यै भए-गरे होलान् नै भनेर मान्नुपर्दछ । युद्धमा त्यस्तो हुनु एककिसिमले अपरिहार्य नै हुन्छ । यसै हुनाले त क. माओले पनि भन्नु भएको हो कि युद्ध नापेतौलेजस्तो हुँदैन, यो कुनै भोजभतेर गरेजस्तो वा कारचोपी भरेजस्तो हुँदैन आदि । आधुनिक युगमा सचेत, संवेदनशील र जिम्मेवार भएर गरिने कम्युनिस्ट क्रान्तिका सन्दर्भमा त यस्तो हुन्छ भन्ने स्वीकारिन्छ भने त्यो जमानामा भएका भनेर पराजित पक्ष विदेसीहरुले आरोपित गरेका भनिएका ज्यादतीहरुलाई पनि त्यसै सन्दर्भ र परिस्थितिमा हेरेर मूल्यांकन गर्नुपर्छ । यसरी हेर्दा  थोरैधेरै गल्तीकमजोरी हुनसक्ने कुरालाई नकार्न सकिन्न तर यतिकै आधारमा नेपाल निर्माण अभियान र अभियन्तालाई अवान्छित आरोप लगाउन, अपहेलना गर्न र उनको यो महान् योगदानलाई अवमूल्यन गर्न हुँदैन ।
यसरी नै पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण मात्र गरेको तर जातीय, भाषिक, धार्मिक, सांस्कृतिक एकीकरण, जो सच्चा राष्ट्रिय एकीकरण हो, सो नगरेको भन्ने आरोपबारे पनि त्यतिबेलाकै सापेक्षतामा हेरेर निष्कर्षमा पुग्नु सही हुन्छ । उनले राष्ट्रिय एकीकरण गर्न चाहेका र प्रयास पनि गरेका थिए भन्ने कुरा काठमाडौंलाई राजधानी बनाएर दिव्योपदेशको रचना र घोषणा गरेको अनि कैयौं धार्मिक-सांस्कृतिक पर्व-परम्परालाई राष्ट्रिय मान्यता दिएकोबाट मात्रै पनि स्पष्ट हुन्छ । तथापि उनको मुख्य ध्यान र समय राज्य विस्तार-एकीकरणमै  भएको र अल्पायुमै उनको निधन हुन गएकोले पनि  राष्ट्रिय एकीकरणलाई पूर्णता, सबलता र स्थायित्व दिन नसकेको-नपाएको चाहिं सत्य हो ।
स्मरणीय छ कि प्रथमतः राज्य एकीकरणको निम्ति सुरुमै विभिन्न राज्यहरुबिच सहमति लिनुपर्थ्यो । त्यसो गर्दा सुनमा सुगन्ध नै हुन्थ्यो तर सुनमा सुगन्ध हुन असम्भव भएजस्तै त्यतिबेला त्यो सम्भावना नै थिएन । यदि त्यसो गर्न खोजेको भए सम्भवत: त्यो सहमति हुँदैनथ्यो र यदि सहमति हुन्थ्यो नै भनेर मान्ने हो भनेपनि त्यसो गर्दा धेरै लामो प्रक्रिया र समय लाग्थ्यो अनि विशाल र बलियो नेपाल निर्माण गर्न धेरै ढिला भैसक्थ्यो । फलतः  त्यसको फाइदा बृटिस साम्राज्यवादीहरुले लिइसक्थे अर्थात् कम्तीमा मकवानपुर र सिन्धुली हुँदै काठमाडौ उपत्यका र वरपरका अन्य राज्यहरुमाथि उनीहरुको तत्काल  कब्जा भैसक्थ्यो । तत्पश्चात् बृटिस साम्राज्यवादको पंजाबाट मुक्त हुन भारतलाई जस्तै  हामी नेपाली र हाम्रो नेपाललाई दुई सय बर्षभन्दा बढी समय लाग्थ्यो । अनि त `नेपाल कहिले कसैको उपनिवेश नभएको एक स्वतन्त्र राष्ट्र हो र त्यसका नागरिक हामी  स्वाभिमानी नेपाली हौं´ भनेर अहिले हामीलाई गर्व गर्न कहाँ मिल्थ्यो र ?
 बरु यस सन्दर्भमा एउटा दुखद विडम्बना के भएको छ भने पृथ्वीनारायण शाहको विशाल नेपाल निर्माणको महाअभियानलाई पूर्णता दिनेक्रममा पूर्वमा तिष्टा, पश्चिममा सतलज र दक्षिणमा गङ्गा नदीसम्म फैलिएको अनि उत्तरमा हिमालय पर्वतमालासम्म अवस्थित रहेका खस नेपाली भाषाभाषी बहुल यो विशालतम नेपाल राज्यलाई कमजोर पार्न बृटिस साम्राज्यवादीहरुले नेपालमाथि राजनीतिक, आर्थिक, सामरिक र कूटनीतिक हस्तक्षेप गरिनै राखे । फलस्वरुप पछिल्तिरका नेपालका शाही विलासी राजा-रानी, राजपरिवार, भाइ-भारदारहरु  र राणाशासकहरुका  बिचमा हुने गरेका आपसी कलह र गैरजिम्मेवारीका कारण आन्तरिक रुपमा राज्य कमजोर बन्नाले बृटिससँगको युद्धमा पराजय बेहोर्नुपर्‍यो  र सन् १८७२ मा सुगौली सन्धि गर्न नेपाल बाध्यभयो । यसै विन्दुबाट एकातिर अहिलेको सानो भूभागमा नेपाललाई खुम्चिनुपर्‍यो र तुलनात्मक रुपले कमजोर राष्ट्र  बन्नुपर्‍यो भने अर्कातिर नेपाल बृटिस-भारतको  अर्ध उपनिवेश बन्ने प्रकृया सुरु भयो । अझ आजका गणतन्त्र कालीन शासकहरुसम्म आइपुग्दा त औपनिवेशीकरणको यो प्रकृया झन् झन् तीव्र र गुणात्मक रुपले बढ्दै नेपाललाई अहिले नवउपनिवेशको रुपमा पुराइएको छ । र, अझ स्पष्ट भन्ने हो भने साम्राज्यवादी-विस्तारवादीहरुका अगाडि घुँडा टेकी आत्मसमर्पण गरेर वर्तमान नेपालका कथित निर्वाचित शासकहरुले वर्तमान नेपालको स्वतन्त्रता र स्वाभिमान मात्र होइन अस्मिता, स्वत्व र अस्तित्व नै समाप्त पार्ने उपक्रम चलाइरहेको दुखदतम विडम्बना भएको अवस्था छ । यो अवस्था र सन्दर्भमा हेर्दा पृथ्वीनारायण शाह, उनको जन्मजयन्ति, उनको नेपाल निर्माण अभियान  अर्थात् नेपाल एकीकरण गरी तत्कालीन सर्वशक्तिशाली बृटिस साम्राज्यवादबाट नेपाललाई जोगाउने सफल प्रयास आदिलाई मनन गर्दा राष्ट्रिय एकता  दिवसको  रुपमा आजको दिन पौष २७ को मूल्य र महत्व नै भिन्न र उच्च रहेको प्रतीत हुन्छ ।
नेपाल निर्माता पृथ्वीनारायण शाह र उनको विशाल, सबल, स्वतन्त्र र आत्मनिर्भर  नेपाल  निर्माण अभियानप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै नेपाललाई एक सच्चा स्वाधीन, स्वाभिमानी, स्वतन्त्र, सबल, समुन्नत र राष्ट्रिय रुपमा एकताबद्ध जनतान्तृक राष्ट्रनिर्माणको यो महाभियानमा लाग्नु अहिलेका हामी नेपालीहरुको गहनतम दायित्व हो ! आपसी आग्रह-पूर्वाग्रह, आवेग-आक्रोश र आक्रमण-निषेधजन्य विचार र भावनाबाट माथि उठ्ने चिन्तन, चेतना र चरित्र भया !?
२०८०/०९/२७
रानीवुँ ललितपुर ।

यो पनि पढ्नुहोस्

नेपालले यूएईलाई २९० रनको लक्ष्य दियाे

नेपालले यूएईलाई २९० रनको लक्ष्य दियाे

४४ मिनेट अगाडि
एभरेष्ट बेसक्याम्पमा २ अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन

एभरेष्ट बेसक्याम्पमा २ अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन

४७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक