सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बिहिबार १३२ केभीएका तीन वटा प्रसारण लाइनको उद्घाटन हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बिहिबार १३२ केभीएका तीन वटा प्रसारण लाइनको उद्घाटन हुने

Electrical poles of high voltage in blue sky

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्र मन्त्री एनपी साउदले भोलि १३२ केभीएका तीनवटा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । विदेशमन्त्री जयशंकर भोलिदेखि नेपाल–भारतबिच हुने संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउँदैछन् ।

सोही क्रममा दुवै देशका मन्त्रीले तीनवटा प्रसारण लाइन उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । स्रोतकाअनुसार दुई मन्त्रीले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन गर्नेछन् ।

त्यस्तै दुवै देशका परराष्ट्र मन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम पनि रहेको छ । भारतको ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले सो सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

यता नेपाल भारतबिच मध्यकालीन र दीर्घकालीन ऊर्जाको विषयमा छलफल गर्न भारतको ऊर्जा मन्त्रालयका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । नेपाल–भारत ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय सो बैठकले इनर्जी बैंक बनाउने बारेमा सहमति खोज्ने प्रयास हुने स्रोतले जनाएको छ ।

सो बैंक बनाउने सहमति भयो भने त्यसलाई पुस २०–२१ मा चितवनमा हुने ऊर्जा मन्त्रालयका सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा अन्तिम रूप दिइने छ । भोलि हुने संयुक्त आयोगको बैठकमा दुवै देशबिच वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सह सचिवस्तरीय समिति बनाउने विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै बैठकमा नेपालले कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारेज गरेर भारतको कृषिजन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको छ । भारतबाट नेपालमा आयात हुने कृषि उत्पादनका वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्युटी लगाउन सक्ने प्रस्तावमा पनि छलफल हुने बताइएको छ ।

नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनुपर्ने प्रस्ताव पनि नेपालले गर्ने स्रोतको दाबी छ । त्यस्तै, ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।

भारतले जुट लगायतका सामग्रीमा लगाउँदै आएको ‘एन्टी डम्पिङ’ ड्युटी हटाउनुपर्ने प्रस्ताव पनि नेपालको तर्फबाट आउने भएको छ । नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनुपर्ने प्रस्तावमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा जडान गरिएको इन्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम ९आइएलएस० सञ्चालनका लागि दुवै देशको प्राविधिक टोलीले छलफल गर्ने र त्यसको बैठकका लागि पनि मिति तय हुनेछ । तेस्रो देशका एयरलाइन्सहरूका लागि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर हुँदै नेपाल प्रवेश गर्न नयाँ एयर रूटका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बैठकमा प्रस्ताव गर्ने बताइएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न शहरहरूमा सीधा उडानका लागि अनुमति दिने पनि संस्कृति मन्त्रालयले प्रस्ताव गर्ने बताइएको छ । नेपाल वायुसेवाको विमानलाई भैरहवाबाट दिल्ली र पोखराबाट दिल्लीसहित अन्य शहरहरूको उडानका बारेमा पनि छलफल हुने बताइएको छ ।

त्यसैगरी बैठकमा बुद्ध एयरलाई भारतका पटना, लखनउ, गया, देहरादुनलगायतका शहरमा सिधा हवाई उडानको अनुमति दिन समेत भारतलाई आग्रह गरिने बताइएको छ ।

यो पनि पढ्नुहोस्

सर्वोच्चले एनसेलसँग लिखित जवाफ माग्यो

एनसेलका २,२०० वटा टावरहरूमा क्षमता अभिवृद्धि

३ महिना अगाडि
रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलिब्रिजको कामले तीव्रता पायाे

रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलिब्रिजको कामले तीव्रता पायाे

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए सेभेन सार्वजनिक

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक