काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मिडियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।
आज (मंगलबार) सभापति लामिछानेले वारेसमार्फत कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दायर गरेका हुन् । लामिछानेले अधिवक्ता अफताब आलमलाईलाई वारेस राखेर मुद्दा दायर गरेका छन् ।
मुद्दामा कान्तिपुर पब्लिकेसन, अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलगायतलाई विपक्षी बनाइएको छ ।
झुठो र कपोलकल्पित समाचार प्रकाशन गरी सामाजिक, व्यवसायिक, राजनैतिक र पेशागत जीवन समाप्त पार्न खोजेको आरोप कान्तिपुरमाथि छ ।
कान्तिपुरले कुनियत राखेर चरित्र हत्या गरेको तथा मानमर्दन गरेको फिरादमा उल्लेख छ । प्रतिवादीहरुबाट सांकेतिक रूपमा क्षतिपूर्ति एक सय ५१ माग दाबी भएको छ ।