आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्र बनाउन विज्ञहरुको सुझाव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्र बनाउन विज्ञहरुको सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

डब्लिन । आयरल्याण्डमा भेला भएका नेपाली  वैज्ञानिक,  प्रविधि विज्ञ तथा इन्जिनियरहरुले  नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्रको रुपमा विकास गर्न नीतिगत तथा प्रक्रियागत सुधार हरु गर्न सुझाव दिएका छन्।

शनिबार डब्लिनमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै  बेलायत, नेपाल लगायत संसारका आठओटा मुलुकहरुमा काम गरिरहेको सूचना प्रविधि (आइटी) सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशन, का प्रमुख कार्यकारी अधिकृत   अञ्जनी फुयाँलले गत केही वर्ष एता नेपाल सूचना प्रविधिको उदाउँदो केन्द्रको रुपमा विकास भै रहेको बताए।
उनले आफ्नो कम्पनीले नेपाल, बंगलादेश लगायत आठवटा मुलुकहरुमा काम गरिरहेको बताउंदै आफ्नो कम्पनीले नेपालमा क्लाउड कम्प्युटिंगको बारेमा जनचेतना जगाउन तथा व्यवसायीहरुले त्यसबाट कसरी फाइदा लिन सक्छन् भन्ने विषयमा काम गरिरहेको बताए। सन् २०१९ देखि ‘एडब्लुएस एमव्यासडर’  तथा  एडब्लुएस उपभोक्ता समूह नेपालको अगुवाको रुपमा आफुले डिसेम्बर २०२२ मा नेपालमै पहिलो पटक ‘एडब्लुएस  कम्युनिटी डे’ आयोजना गरेको उनले स्मरण गरे। यस्ता कार्यक्रमहरुबाट नेपालमा सूचना प्रविधिको क्षेत्रमा कार्यरत युवाहरुले एक अर्काबाट सिक्ने, सहकार्य गर्ने र विश्वव्यापी क्लाउड समुदायसंग जोडिने मौका पाएको उनले बताए।

‘ यी प्ल्याटफर्महरुले नेपाली सूचना प्रविधिको क्षेत्रमा कार्यरत युवाहरुलाई साझेदारीको खोजी गर्न, आफ्नो दक्षता विकास गर्न सघाउने व्यक्तिको पहिचान गर्न र एक अर्कालाई सघाउने संजाल निर्माण गर्न मदत गरिरहेका छन्।  त्यस्तै एडब्लुएस एकेडेमीजस्ता प्रयासबाट  नेपालको सूचना प्रविधिबारे पढाउने क्षेत्रमा र कम्पनीहरुमा  रहेको ‘सीपको ग्याप ‘ कम गर्न पनि मदत पुगेको छ,’ फुयाँलले भने।

एडब्लुएस एकेडेमी संगको सहकार्यमा नेपालका शिक्षण संस्थाहरुले क्लाउड, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मशिन लर्निङ्ग जस्ता विषयहरु पढाउन थालेको र नेपालमै विश्व स्तरको स्नातकहरु उत्पादन हुन थालेको उनले बताए।  तर समस्या के भयो भने ती स्नातकहरुका लागि नेपाल मा रोजगारी सीमित छ र उनि हरुको लागि हामीले कि त विश्व बजारमा काम खोज्नु पर्छ कि  नेपालमै बसेर आइसीटी सम्बन्धी सम्बन्धी सेवा निर्यात गर्नु पर्छ,” उनले भने।

काठमाडौं स्थित एक अनुसन्धान संस्था, आइआइडीएस, द्वारा हालै गरिएको एक अध्ययनले  नेपालको सूचना प्रविधि क्षेत्रले देशको कूल गार्हस्थ्य उत्पादनमा १.४ प्रतिशत तथा कूल वैदेशिक मुद्रा संचितिमा ५.५ प्रतिशत योगदान गरेको देखाएको छ ।  सन् २०२० मा नेपालको सूचना प्रविधि क्षेत्रले ३० करोड डलर भन्दा बढी आम्दानी गरेकोमा दुइ वर्षमै त्यस्तो आम्दानी बढेर ५१ करोड डलर नाघेको उक्त अध्ययनले अनुमान गरेको छ ।

अन्तरक्रियामा बोल्दै एनआरएनए आयरल्याण्डका अध्यक्ष प्रकाश सापकोटाले यस्ता कार्यक्रमले संसारभरि फैलिएका नेपालीहरुसंग रहेको सीप, अनुभव र पूँजी नेपालको विकासमा परिचालित गर्न सहयोग पुग्ने बताए।  त्यस्तै एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष नवराज कोइरालाले जहाँ बसे पनि नेपाली हरु आपसमा संगठित भै एक आपसमा सहयोग गर्ने गरेको बताए।

उक्त अन्तरक्रियामा सहभागी पेशागत विज्ञ, वैज्ञानिक तथा कम्प्युटर इन्जिनियरहरुले  सूचना प्रविधिको विकासका लागि वैदेशिक लगानी आकर्षण गर्न र प्रविधि हस्तान्तरणका लागि सजिलो नीति निया बनाउन आग्रह गरेका थिए।  उनीहरुले  नेपाल सस्तो श्रमिक्निर्यात गर्ने मुलुक मात्रै नभएर  अत्याधुनिक प्रविधिसंग परिचिहित दक्ष  युवाहरु रहेको मुलुक हो भन्ने समाचार प्रवाहित गर्न र  ‘डिजिटल नोमाड’ हरुलाई आकर्षित गर्न  थप कार्यक्रम ल्याउन पनि नेपाल सरकारलाई आग्रह गरेका थिए।

जेनेस सलुशनले नेपालमा सूचना प्रविधिको विकासका सम्भावना र चुनौतीहरुबारे संसारका विभिन्न शहरहरुमा यस्ता अन्तरक्रियाहरु आयोजना गर्दै आएको छ।

यो पनि पढ्नुहोस्

स्नातक तह चौथो वर्षको परीक्षामा अंग्रेजीमा मात्रै प्रश्न सोधिए

नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने

६ घण्टा अगाडि
सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु

सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक