मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

संस्कृति मन्त्रीबाटै संस्कृति समाप्त पार्ने अभिव्यक्ति !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती अहिले आफ्नो विवादास्पद अभिव्यक्तिका कारण आलोचित छन् । एउटा धर्मविशेषको पक्षमा धारणा राखेर र त्यसको विपरीतमा जानेहरुलाई जेलमा कोच्नुपर्ने जस्ता अभिव्यक्तिका कारण उनी अहिले विवादमा परेका हुन् । उनले हालै एक सार्वजनिक कार्यक्रममा ‘कृश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो । त्यस्ता (क्रिश्चियनलाई नमान्ने) देशद्रोही हुन्, त्यस्तालाई हातगडी लगाउने, जेलमा हाल्दिने हो’ जस्ता अभिव्यक्ति दिएका छन् । हिन्दू बहुल देश नेपालमा किरातीको यो अभिव्यक्तिका कारण ठूलो तरंग पैदा गरेको छ ।

नेपाल प्राचीन समयदेखि हिन्दू, बौद्ध र किरात जस्ता धर्मावलम्बीको बसोबास भएको स्थान हो । पछि यहाँ इस्लाम धर्म मान्ने मुस्लिम तथा इसाइ धर्म मान्ने क्रिश्चियनको पनि बसोबास बढ्न थाल्यो । योबीचमा इसाइकरणको तीव्र लहर पनि चल्यो । जसका कारण अहिले इसाइको संख्या पनि धेरै छ । तर, हिन्दू, बौद्ध जस्ता धर्मावलम्बीको तुलनामा त्यो संख्या नगन्य मात्रामा छ । विश्वका अन्य देशमा हेर्ने हो भने बहुसंख्यक धर्मावलम्बी वा जातिले अल्पसंख्यकलाई अन्याय गर्ने र त्यसैका कारण देशमा विभिन्न धार्मिक तथा जातीय युद्ध हुने गरेको पाइन्छ । यस्तै युद्धका कारण विश्वका धेरै देशमा जनधनको ठूलो क्षति भएका उदाहरण पनि छन् । तर, नेपालमा भने त्यस्तो अवस्था हालसम्म आएको छैन ।

नेपालमा धार्मिक सहिष्णुताका कारण बहुसंख्यक हिन्दू तथा बौद्ध धर्मावलम्बीहरु मुस्लिम तथा क्रिश्चियन धर्मावलम्बीसँग मिलेर बसेका छन् । कुनै समयमा सानातिना एकाध झडपका घटना भए पनि त्यसले सामाजिक ठूलो असर पारेको छैन । तर, पछिल्लो समय राजनीतिक दलहरु र तिनका नेतामा भने धर्मलाई आधार बनाएर समाजमा विभाजन ल्याउने र त्यसको फाइदा लिन खोज्ने खराब प्रवृत्ति देखिएको छ । यही कारण सामाजिक रुपमा घृणाका भावना फैलिन थालेको छ । नेताहरुले एउटा धर्मविशेषलाई फाइदा पुग्नेगरी अभिव्यक्ति दिँदा वा निर्णय गर्दा त्यसले समग्र सामाजिक संरचनामा नै असर पर्न थालेको छ ।

यस्ता सांस्कृतिक तथा धार्मिक समस्या अन्त्य गर्न र सामाजिक मर्यादा कायम गर्नु नै संस्कृति मन्त्रालयको जिम्मेवारी पनि हो । तर, यही मन्त्रालयका मन्त्री किरातीले इसाइ धर्मावलम्बीको पक्षमा बोल्नु र त्यसको विपरीतमा जानेलाई कारबाही गर्ने धम्की दिनु धर्मनिरपेक्ष राष्ट्रका लागि कदापि सुहाउँदो कुरा होइन । नेपाल एउटा बहुधर्म, बहुभाषा, बहुसंस्कृति भएको मुलुक हो । हाम्रो संविधानले धर्म निरपेक्षतालाई स्वीकार गरेको छ । कुनै धर्मको पक्ष लिएर अन्य धर्मप्रति विद्वेष फैलाउने कुरा सामाजिक सद्भाव बिथोल्ने कुरा हो । मन्त्री जस्तो जिम्मेवार व्यक्तिले साम्प्रदायिक सद्भाव बिथोल्ने गरी दिएको अभिव्यक्ति न संविधान सम्मत छ न त मुलुकको सामाजिक सद्भावलाई अक्षुण्ण राख्ने खालको छ । त्यसैले जिम्मेवार पदमा भएका व्यक्तिले यस प्रकारका अभिव्यक्ति दिएर विखण्डनको उद्देश्य पुरा गर्न चाहने शक्तिलाई बल पु¥याउन मान्न सकिन्छ ।

देशको जिम्मेवारी लिएका प्रधानमन्त्रीको यसमा प्रतिक्रिया के हो ? जनतालाई बताउन आवश्यक छ । आफ्नो धर्म मान्न पाउने र कुनै धर्म मान्न बाध्य पार्न नहुने भन्ने वर्तमान संविधानले दिएको अधिकारलाई समेत कुल्चेर कुनै कथित धर्म नमान्नेलाई जेल हाल्ने भन्ने आशयको कुरा गर्ने मूर्खता मात्र हो । धार्मिक स्वतन्त्रताको संविधानप्रदत्त हकलाई पनि मन्त्री किरातीको अभिव्यक्तिले उल्लंघन गरेको छ ।

संस्कृतिमन्त्रीको अराजक वक्तव्यले समाजमा घृणाको विषाक्त वृक्ष खडा गर्ने हो कि भन्ने आशंका बढेको छ । नेपालको राष्ट्रिय संस्कृति र चालचलन प्रायशः हिन्दु र बौद्ध धर्मबाट अनुप्राणित छ । त्यही संस्कृतिको संरक्षण गर्ने जिम्मा लिंदै मन्त्रीको पदमा रहने व्यक्तिले क्रिश्चियन सिद्धान्त मान्दैनौं भन्नेहरू संविधानविरोधी र देशद्रोही हुन् भन्न मिल्दैन । त्यसैले विदेशी सिद्धान्तकारहरूको फोटो ढोग्दै राजनीति गर्ने र विदेशी धर्मको वकालत गर्नेहरूलाई कदापि समर्थन गर्न मिल्दैन । । संविधान कार्यान्वयनको चरणमा रहेको अहिलेको अवस्थामा राज्यले सबै धार्मिक समुदायमा मेलमिलाप र भाइचाराको सम्बन्ध कायम राख्नु उसको प्रमुख दायित्व रहन्छ । धर्मनिरपेक्ष राष्ट्रमा सबै धर्म समान हुन्, सबैलाई राज्यले समान व्यवहार गर्नुपर्छ भन्नु संविधानको व्यावहारिक कार्यान्वयनलाई टेवा पु¥याउनु हो ।

मन्त्री किराती अहिले सांस्कृतिक सद्भाव कायम राख्ने पदमा छन् । उनले आफ्नो त्यो जिम्मेवारीलाई बुझ्न आवश्यक छ । विगतमा जस्तै देशमा सामाजिक तथा धार्मिक मेलमिलाप कायम राख्ने र त्यसलाई कदापि बिग्रन नदिन नेताहरुले जोड दिन आवश्यक छ । धर्म व्यक्तिको आस्था हो । त्यसलाई राजनीतिको माध्यम बनाउनु कदापि समाजको हितमा मान्न सकिँदैन । यो पक्षलाई पनि नेताहरुले बुझ्न आवश्यक छ । नत्र देशमा धार्मिक विद्वेषको आगो फैलिन दिने हो भने अवश्यक नै त्यो आगोबाट कोही बच्ने छैन । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

जेनजीले भनेः २४ घण्टाभित्र गृहमन्त्रीले राजिनामा नदिए संघर्षमा उत्रिन्छौं

जेनजीले भनेः २४ घण्टाभित्र गृहमन्त्रीले राजिनामा नदिए संघर्षमा उत्रिन्छौं

१० मिनेट अगाडि
नेपाली केम्पो टोली टर्की प्रस्थान

नेपाली केम्पो टोली टर्की प्रस्थान

१८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

भूपदेव शाह रास्वपाका महामन्त्री

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

यस्ताे छ दिनभरकाे माैसम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक