मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कोशी प्रदेशमा २ सिटका लागि निर्वाचन हुँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कोशी प्रदेशमा २ सिटका लागि निर्वाचन हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर । ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा २ सिटका लागि निर्वाचन हुँदैछ ।

उक्त पदमा सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा उम्मेदवार बन्न आकांक्षीहरुको ठूलो समूह देखिएको छ । कोशीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने रमेशजंग रायमाझी (कांग्रेस) र बिना पोखरेल (माओवादी केन्द्र) को पदावधि २० फागुनमा सकिदैछ ।

कोशीमा अन्य क्लस्टरको उम्मेदवार कांग्रेसले र महिला क्लस्टरको उम्मेदवार माओवादी केन्द्रले पाउने सत्तारुढ गठबन्धनमा समझदारी रहेको नेताहरुले बताएका छन् । एक जना उम्मेदवारका लागि कांग्रेसले ६३ जनाको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रले पनि १२ जना भन्दा बढी नामको सूची बनाएको छ । कांग्रेसको कोशी प्रदेश समितिले ६३ जनाको नाम सिफारिस गर्दा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका लागि छुट्टै सिफारिस नोट पठाएको थियो । नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोका अनुसार प्रदेशबाट १० जना महिलाले आकांक्षा राखेका छन् । उनका अनुसार लक्ष्मी न्यौपाने, चम्पा कार्की, लता न्यौपाने, ममता राजवंशी, कृष्णकुमारी राईलगायतले आकाक्षा राखेका छन् । त्यस्तै अन्यतर्फ अजम्बर काङमाङ, टंक गिरी र भोगेन्द्र यादवलगायतको नाम संकलन भएको छ ।

नेकपा एमालेले भने नाम सिफारिस गर्ने विषयमा छलफल गरेको छैन । एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले २० पुसभित्र नाम सिफारिस गर्ने गरी आन्तरिक छलफल भइरहेको बताए । प्रदेश कमिटीले आकांक्षीका विषयमा छलफल गरिरहेको बताउँदै उनले छलफलपछि नाम सिफारिस गर्ने जानकारी दिए ।

कोशी प्रदेशमा राष्ट्रिय सभाका लागि स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी जम्मा ३६७ मतदाता छन् । कोशीमा एमालेको ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२, माओवादी केन्द्रको १ हजार २७८, एकीकृत समाजवादीको ३४५, जनता समाजवादीको १२९, राप्रपाको ३९४ र स्वतन्त्रको ५७ मतभार छ ।

यो पनि पढ्नुहोस्

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपाकाे बैठक बस्दै

१४ घण्टा अगाडि
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

१६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक