बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रचण्ड सरकारको एक बर्ष सफल, अबको बर्ष क्रमभंगकोः भट्ट

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सरकारको एक बर्ष सफल, अबको बर्ष क्रमभंगकोः भट्ट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारको एक बर्ष सफल भएको बताएका छन् । मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेतृत्वको सरकार पछिल्ला सरकारभन्दा सुशासन र भ्रष्टाचारमा सफल भएको दाबी गरे ।

“नेपाल श्रीलंकाको बाटोतिर भन्ने हल्लाबीच हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेको थियो । राजनीतिक र कुटनीतिक सन्तुलन मिलाएर सुशासन र भ्रष्टाचार अभियान संचालन गरेर सरकारले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ” भट्टले भने । आर्थिक सूचकहरु सुधारतिर अगाडि बढेको भन्दै उनले निरासाबाट आशाका किरण देखा परेको बताए ।

सरकार दिर्घकालिन आर्थिक समृद्धिको लागि अगाडि बढेको बताउँदै भट्टले भने, “सरकार सामाजिक न्यायका हिसाबले पनि सफल भएको छ । निरंकुशकालिन मिटरब्याजीबाट नागरिक मुक्त भएका छन्, अर्ब पीडितले फिर्ता पाएका छन् । सरकारले विगतको तुलनाभन्दा महंगी नियन्त्रणमा गर्न पनि सरकारले पहल लिएको छ । विगतदेखि रोकिएको उखु किसानको बाँकी भुक्तानी भएको छ ।”

सरकारले इजरायल हमासको आक्रमणमा परी ज्यान गुमाउनेको शव स्वदेश ल्याउनेदेखि बेपत्ता विपिन जोशीको रिहाईको लागि प्रधानमन्त्रीकै तहबाट पहल भइरहेको जनाए।

त्यसैगरी सरकारले भूकम्प पीडितको उद्दार, राहत र पुनर्निर्माणमा समयमै पहल लिएर जनतालाई सरकार भएको अनुभूत गराएको दाबी गरे । अब नयाँ बर्षमा नयाँ गतिका साथ अघि बढ्ने बताए । सरकारको अर्को बर्ष विकास र समृद्धको लागि क्रमभंगको बर्ष हुने समेत दाबी गरे ।

पार्टीका सुदूरपश्चिम प्रदेशका प्रदेशसभा दलका नेता समेत रहेका भट्टले पार्टीको जारी अभियान अन्तिम चरणमा पुगेको जनाए। उनले यसको समिक्षा गर्न बाँकी रहेपनि अभियानले पार्टी, कार्यकर्ता र जनतालाई जोडेको दाबी गरे ।

संचारकर्मीको प्रश्नको जवाफमा नेता भट्टले एनसेल प्रकणको गहिराईसम्म पुगेर छानविन गर्न सरकार समिति गठन गरिसकेको जनाउँदै त्यसमा दोषी उम्किन नपाउने समेत जनाए ।

“प्रधानमन्त्री दुबईमा भएको बेला यो काण्ड बाहिर आएको हो । स्वदेश फिर्ता भएलगत्तै उहाँले छानविन गर्न निर्देशन दिँदै समिति गठन भएको छ । यसमा दोषी जो भएपनि कारवाहीको दायरामा आउँछन्” भट्टले भने । प्रधानमन्त्री प्रचण्डको परिवारसँग जोडिएर गरेको प्रचारबाजी झुट रहेको दाबी गर्दै उनले त्यसमा सत्यता नभएका र सरकारका राम्रो कामको ढाकछोप गर्न कू प्रचार गरिएको जनाए ।

यो पनि पढ्नुहोस्

भोटेकोशी विपद् बारे छलफल बैठक सुरु

नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको स्मरण

२ दिन अगाडि
जेनजी आन्दोलन नयाँ जागरण विस्फोटको रुप

जेनजी आन्दोलन नयाँ जागरण विस्फोटको रुप

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक