सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतले निर्यात रोकेपछि चीनबाट प्याज आउन सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
बजारमा प्याज हाहाकार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैँ / भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट प्याज आउन सुरु भएको छ। व्यापारीहरुले चीनबाट प्याज आयात सुरु गरेका हुन्।

भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो। भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले जानकारी दिए।

उनले भने, ‘चीनबाट स्याउ ल्याउने साथीहरुको उता राम्रै चिनजान रहेछ। उहाँहरुको चिनजानमा १०० टन ल्याएको भन्ने खबर छ। तर नेपालको मार्केटमा आइपुगेको छैन। आयो भने उताबाट सस्तोमा आउने र यता पनि सस्तोमा ग्राहकले पाउने उनले बताएका छन्। तर एकीन रेट भने मार्केटमा आइपुगेपछि मात्रै थाहा हुनेछ।’

चीनको केरुङबाट नेपालका लागि आयात सुरु गरिएको र पहिलो खेपको १०० टन प्याज बाटोमा रहेको गजुरेलले बताए। गजुरेलले चीनतर्फबाट लसुन आयात गर्ने व्यवसायीहरुले प्याज पनि ल्याउन सम्भव भएपछि आयात प्रक्रिया सुरु गरिएको बताए। चीनबाट प्याजको आयात सुरु हुने बित्तिकै अहिले बजारमा देखिएको प्याजको महँगी नियन्त्रण हुने व्यवसायीहरुको भनाइ छ।

बल्खु तरकारी बजारका आलु प्याज व्यापारी धिरेन्द्र मुखिया भन्छन्,’प्याज अब चीनबाट आउने कुरा छ। आयो भने प्याजको मूल्य अलि कम हुनेछ।’

चाइनाबाट प्याज आएपछि १ किलो प्याजको मूल्य ८० देखि ९० रुपयाँसम्म हुने उनले बताए। उनले भने,‘प्याज चाइनाबाट आउँछ मूल्य कम पनि हुन्छ। हामीलाई पनि व्यापार गर्न सहज हुन्छ र सबैको भान्सामा प्याज पुग्छ।’

भारतको प्रतिबन्धपछि बजारमा प्याजको हाहाकार भएर मूल्य दोब्बर भएको थियो। यसअघि प्रतिकिलो १०० रुपैयाँ खुद्रामा पाइने प्याजको मूल्य बढेर २ सय रुपैयाँ पुगेको थियो।

अहिले कालिमाटी बजारमा प्याजको मूल्य औसत १४० रुपैयाँ थोकमा बिक्री भइरहेको बजार विकास समितिले जनाएको छ। उक्त प्याजको खुद्रा बजार मूल्य १७० रुपैयाँ पुगेको छ।

यो पनि पढ्नुहोस्

शहीदको बलिदान बिर्सिएको भन्दै मधेशका नेतामाथि प्रश्न, नेतृत्व पुस्तान्तरणको माग

शहीदको बलिदान बिर्सिएको भन्दै मधेशका नेतामाथि प्रश्न, नेतृत्व पुस्तान्तरणको माग

३ दिन अगाडि
आज बुवाको मुख हेर्ने दिन

आज देशैभर कुशेऔँशी पर्व मनाउँदै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक