मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

जनता झुक्याउने मात्र काम भए : महामन्त्री थापा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जनता झुक्याउने मात्र काम भए : महामन्त्री थापा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पाल्पा / कांग्रेस महामन्त्री गगन थापाले १४ वर्षसम्म धैर्यता राख्ने जनतालाई भरोसा दिलाउन नसकिएको बताएका छन् ।

नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली जनतालाई झुक्याउने मात्र काम भएकाले निराशा छाएको बताएका हुन् । उनले २०६२/६३ को आन्दोलनपछि संविधानसभा निर्वाचन, संविधान जारी र २०७४ को निर्वाचनसम्म जनताले धैर्यता गर्दागर्दै त्यसपछि पनि आशा लाग्ने काम हुन नसकेको टिप्पणी गरे ।

‘नेपाली जनताले २०७४ को नेपाल कम्युनिष्ट पार्टीको सरकारप्रति जुन आशा र भरोसा राखेका थिए, त्यो अनुसारको काम गर्न नेकपाको सरकारले सकेन,’ उनले भने, ‘ पटक-पटक संसद् विघटन गर्दा जनतामा थप निरासा उत्पन्न हुँदै गयो ।’

संघीय, प्रदेश र स्थानीय सरकारमा कांग्रेस भएका बेला नागरिक चरम असन्तुष्ट भएको उनले बताए । ‘सिंहदरबारको कुर्सीमा म नभएर जनताले दुःख पाएका हुन् भन्ने पाइएला,’ उनले भने, ‘तर कांग्रेसले यतिबेला केही भन्न पाउने अवस्थामा छैन । जनता रिसाएका छन्, उनीहरुलाई फकाउने जिम्मा कांग्रेसको हो ।’

जनतालाई जहिल्यै पनि झुक्काउने काम गर्न नहुने भन्दै उनले अब जनतालाई जवाफ दिनुपर्ने बताए । महामन्त्री थापाले जनतालाई सुशासन र भ्रष्टाचार न्यूनीकरण गर्दै निर्मूल पार्ने जिम्मा आएको बताए । ‘भ्रष्टाचारको न्यूनीकरण गर्दै निर्मूल गर्ने र जनतालाई सुशासन दिने नै हो,’ उनले भने, ‘त्यसैले वर्तमानमा कांग्रेसले नागरिकको उत्तर दिने ठाउँमा पुगेको अवस्था छ ।’ महामन्त्री थापाले कांग्रेस सम्मिलित सरकारले सुन तस्करीलाई रोक्ने अवस्थामा ल्याउनुपर्ने बताए । समिति बनाएर त्यसको छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्नेमा उनको जोड थियो । ‘देखेको कुरा बोल्नुपर्छ र कांग्रेस सम्मिलित सरकारले राम्रो काम गर्नुपर्छ,’ उनले भने, ‘जनताको मत लिएर गएको सरकारले सही काम गर्नुपर्छ । सरकारले सही काम गरे स्याबासी र गलत गरे खबरदारी गर्नुपर्छ ।’

उनले ०४६ सालपछि बनेका सरकार, उच्च प्रशासकहरुको सम्पत्ति उच्चस्तरीय समिति बनाएर छानबिन गर्नुपर्ने पनि बताए । ‘गलत ढंगले कमाएको सम्पत्ति समितिले दिएको प्रतिवेदनअनुसार नै कारबाही गर्नुपर्छ,’ उनले भने, ‘केही मान्छेले गल्ती गर्दा सबै कांग्रेसलाई दोष दिन पाइँदैन ।’ महामन्त्री थापाले भ्रष्टाचार र कुशासन अन्त्यका लागि कांग्रेस पार्टीभित्रै पनि लड्ने बताए ।

सहमहामन्त्री भिष्मराज आङ्देम्बेले जनता र कार्यकर्ताको मन जितेर कांग्रेसलाई अघि बढाउनुपर्ने अवस्था आएको बताए ।

यो पनि पढ्नुहोस्

एमालेको बैठक सुरु

एमालेको बैठक सुरु

५५ मिनेट अगाडि
क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटक पाँच दिनको समय

कांग्रेस अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा अधिवेशन हुने

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको बैठक सुरु

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

जेनजी आन्दोलनका युवालाई तत्काल न्याय व्यवस्थापनको व्यवस्था गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक