मङ्ल, जेष्ठ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

पहिचानवादीसँग वार्ताका लागि ढोका खुला छः मुख्यमन्त्री कार्की

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पहिचानवादीसँग वार्ताका लागि ढोका खुला छः मुख्यमन्त्री कार्की
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लोकतन्त्रमा उठेका विरोधका आवाजको हल वार्ता र छलफलबाट निस्कने बताएका छन्।

मंगलबार झापाको दमक नगरपालिकाद्वारा आयोजित ‘लागुअ‍ौषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका समस्याको हल वार्ताबाट हुनुपर्नेमा जोड दिएका हुन्।

मुख्यमन्त्री कार्की कार्यक्रममा सहभागी हुने क्रममा पहिचान पक्षधरले प्रदर्शन गरेका थिए। सोही सन्दर्भमा मुख्यमन्त्री कार्कीले लोकतन्त्रमा विरोध गर्नु स्वभाविक भएको जनाउँदै समस्याको हल छलफल र वार्ताबाट हुनेमा विश्वस्त हुन आग्रह गरे।

उनले भने, ‘पहिचानवादीसँग वार्ताको लागि ढोका खुल्ला रहेको छ। हामी सबै समस्या लोकतान्त्रिक र वार्ताको माध्यमबाट समाधान हुनुपर्ने पक्षमा छौँ। आउनुस् सँगै बसौँ र हलको बाटो निकालौँ।’

उनले लागुऔषधसम्बन्धी सचेतना कार्यक्रम चलाए पनि घरका छोराछोरी लागुअ‍ौषध प्रयोगकर्ता छन् भने त्यहाँ शान्ति नहुने बताए। उनले भने,’सरकारसँग अहिले सबैले विकास निर्माणका लागि नै बजेट माग्दै आउने गरेका छन्। तर, मानवीय विकासको कुरा भने कसैबाट हुँदैन। त्यसैले पनि सरकारको प्राथमिकता अहिले मानवीय विकास नै रहेको छ।’

मुख्यमन्त्री कार्कीले मन्दिरमा, रेडक्रसमा र अन्य सार्वजनिक स्थलहरुमा बुढापाका मात्रै बस्ने गरेको दृष्टान्त पेश गर्दै शेषपछिको सम्पत्ति छोराछोरीलाई दिने तर संस्कार नदिने समाज चिन्ताको विषय भएको बताए। उनले बालबालिकालाई सामाजिक शिक्षा दिन आवश्यक रहेको बताए।

कार्यक्रममा दमक नगरपालिकाकी उपाध्यक्ष रेगिना भट्टराई प्रसाईंले कार्यक्रम १५ लाख बजेटबाट सुरु भएको र कोशी प्रदेश सरकारबाट १० लाख विनियोजन भएको जानकारी दिइन्।

यो पनि पढ्नुहोस्

सरकारले विपद्मा काम गर्न नसकेको आरोप लगाउनु अनुचित

सरकारको काम कारबाही प्रति असन्तुष्टि

५३ मिनेट अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक