-वामदेव गौतम
काठमाण्डौ / नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष एबम् राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले देशको वर्तमान समस्या समाधानका लागि बिद्यमान शाषकीय प्रणाली र निर्वाचन प्रणालीमा ब्यापक सुधार गर्नुपर्नेमा जोड दिंदै एक प्रेस बिज्ञप्ति जारी गर्नु भएको छ । बिज्ञप्तिमा उहाँले भन्नु भएको छ -`आधारभुत रुपमा नागरिकको वितृष्णा किन बढ्यो रु यसको लेखाजोखा हुन र सम्बोन हुन जरुरी छ ।हामीले अपनाउँदै आएको संसदीय ब्यबस्था, संसदले कार्यकारी प्रमुखका रुपमा निर्वाचन गर्ने प्रधानमन्त्री प्रणाली, अत्यन्त अल्पमतमा पनि विजयी हुने ‘first past the post’ निर्बाचन प्रणाली नै हो भन्ने अब स्पष्ट भैसकेको छ।´
उहाँले बिज्ञप्तिमा अगाडि भन्नु भएको छ- `एकलराज्य र एकलराष्ट्रको अवस्थामा बिकसित भैसकेको नेपाललाई विकेन्द्रिकरणको आधारमा मात्र संघीयतामा लैजानु पर्नेमा राज्य शक्तिको बाँडफाँड गरेर बहुराज्यको अवस्थामा लैजाने संवैधानिक ब्यवस्था, सधै अल्पमतको अवस्थामा रहनुपर्ने परिणाम आईरहने स्थानीयतहदेखि प्रदेश र केन्द्रमा समेत अल्पमतको सरकार वनिरहने परिणाम आउने समानुपातिक निर्बाचन प्रणाली देशलाई असफल बनाउने र जनतालाई निराश बनाउने पक्ष हुन् भन्ने पुष्टि भैसकेको अवस्थाप्रति हामी अबिलम्ब जानकार हुन जरुरी छ ।´
`यी सवै पक्षलाई जति सक्यो छिटो परिमार्जन गर्न सकिन्छ त्यति नै छिटो हाम्रो देश सबै क्षेत्रमा बिकसित हुनेछ ।´ गौतमको भनाई छ । उहाँले चेतावनीयुक्त रुपमा भन्नु भएको छ-`नत्र नेपाली जनताले सधै दुख पाइरहने अवस्था सृजना भैरहने छ।`ढाडमा लगाउने औषधी नाइटोमा लगाएर बिरामीलाई कहिल्यै सञ्चो हुँदैन।´ यही उखान नेपालमा अहिले चरितार्थ भैरहेको छ। जति सक्यो छिटो प्रत्यक्ष निर्बाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्बाचन प्रणालीमा नेपाललाई लैजाउॅ र कहिल्यै पराधीन नभएको यो राष्ट्रलाई समृद्धिको शिखरमा पुराउँ !!´
-वामदेव गौतम, अध्यक्ष, नेकपा एकता राष्ट्रिय अभियान, ११ मंसिर २०८० ।