काठमाडौं । आलापोट साहित्यधाम- कागेश्वरीमा ११५ लक्ष्मी जयन्ती प्रमुख अतिथी बरिष्ठ साहित्यकार सर्जक मन्जुल र बिशिस्ट स्रष्टाहरुको उपस्थितिमा कार्तिक २६ गते भब्यरुपमा सम्पन्न भयो ।
उक्त अवसरमा साहित्य वाचन र कविता प्रतियोगितामा उत्कृष्ट सर्जक कविज्यु भएको थियो । नयाँ बस्ती युवा क्लब जोरपाटी र कागेश्वरी पुस्तकालयमा ११५ औं लक्ष्मी जयन्ती समारोहमा मान्य संविधान सभा सदस्य रामेश्वर फुयालले पूर्णकदकाे अष्ट धातुको शालिक बनाउने प्रण गर्नुभयो ।
उहाँको अगुवाईमा बहादुर शाह, लक्ष्मी प्रसाद देवकोटा, भैरव अर्याल र रमेश बिकलका पूर्णकदकाे सालिक बनिसकेका छन्।
काग र बाघका अय्ट धातुका मुर्तीहरु पनि बनिसकेका छन्। अच्युत प्याकुरेलको कथा संग्रह `उर्वशी महल´ किताब सबै माझ प्रकाश भएको थियो। साहित्य तथा भाषा प्रेमि कविकार सुमित रन्जितले श्रद्धाञ्जली कविता वाचन गरेको थियो ।