आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कम्युनिस्ट सत्ताधारीमाथि झलनाथ खनालको गम्भिर आरोप

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पुनरोत्थानवादी प्रवृति बोकेका झुण्ड सल्बलाउन थाले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्ट सत्ताधारीहरू कमिसन खाने र रातारात खर्बौं कमाउने धन्दामा लागेको आरोप लगाएका छन् । त्यस धन्दामा अहिलेको सत्ताधारी मात्र नभई २०४६ देखिकै सरकार लागिपरेको उनले आरोप लगाए ।

‘कम्युनिस्ट सत्ताधारीले कमिसन खाने, रातारात खर्बौँ कमाउने र देशलाई उपभोक्ताको रूपमा रूपान्तरण गरी अन्तर्राष्ट्रिय कम्पनीको बजार बनाउने काम भएको छ । अहिलेको सत्ता मात्र नभई ०४६ देखि नै यही भइरहेको उनले जनाए  ’।

मुलुकको समस्या समाधानको उपाय पहिलो वाम एकता, दोस्रो प्रगतिशील सुधारको वृहत् प्याकेज, त्यसलाई कार्यान्वयन गर्ने प्रगतिशील सरकार र त्यसको आधारमा राष्ट्रिय एकता आवश्यक भएको  जनाए ।

यस्तै कर्णाली प्रदेशका भूकम्पपीडितहरूको राहत, उद्धार र पुननिर्माणमा देश विदेशबाट व्यापक राहत आए पनि सम्बन्धित ठाउँमा नपुगेको खनालले आरोप लगाए ।

‘सरकारले प्रभावकारी ढङ्गले राहत वितरण र उद्धारको काम गर्नुपर्थ्यो, सकेन । यो अत्यन्त दुःख र बिडम्बनाको कुरा हो । देश विदेशबाट धेरै राहत आएका छन्, ती कहाँ गए ?’, सरकारमाथि प्रश्न उठाउँदै उनले भने, ‘प्रभावित क्षेत्रमा राहत पुग्नुपर्ने ठाउँमा नेताहरूको मात्रै लर्को भयो । राहत केही पुगेन ।’

प्रभावित जिल्लामा चिसो बढेकाले तत्काल पीडितहरूलाई राहत, त्रिपाल, लत्ताकपडाको व्यवस्था गर्न उनले सरकारसँग माग गरे ।

२०७२ को भूकम्पबाट पाठ सिकेर सरकारले पहिल्यै देखि नै बजेटमा व्यवस्था गर्न सरकार चुकेको उनको भनाइ थियो । उनले पहाडी र तराई क्षेत्रमा जति पनि परम्परागत घर बनेका छन्, ती घरहरूलाई भूकम्प प्रतिरोधी बनाउर्नेमा जोड दिए । यसलाई अभियानकै रूपमा सरकारले आगामी दिनमा योजना नबनाए भूकम्पले ठुलो जनधनको क्षति व्यहोर्ने उनले चेतावनी दिए ।

यो पनि पढ्नुहोस्

आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

रास्वपा इतिहास लेख्ने यात्रामा

५० मिनेट अगाडि
सहकारीको बचत अपचलन हुँदा लाखौँ जनता बिचल्लीमा

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक