शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

जाजरकोट सदरमुकाममै खुला आकाशमुनि छन् भूकम्पपीडित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
जाजरकोट सदरमुकाममै खुला आकाशमुनि छन् भूकम्पपीडित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जाजरकोट / भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति व्यहाेरेको जाजरकोटका दुर्गम क्षेत्र मात्र होइन, सदरमुकाम खलङ्गामा समेत मानिसहरु खुला आकाशमुनि बस्न बाध्य छन् ।

जिल्लाका दुर्गम गाउँहरुमा पीडितहरु त्रिपाल समेत नपाएर खुला आकाशमुनि रात काट्न बाध्य त छन् नै, सदरमुकाम खलङ्गामा समेत पीडितहरु खुला आकाशमुनि बसिरहेका छन् । चिसोमा बाहिर बस्नु पर्दाको दुःख त छँदैछ, उनीहरुलाई खाद्यान्नको समेत अभाव हुँदैछ ।

सदरमुकाम आसपास थुप्रै पक्की घर भए पनि शुक्रबार गएको ६.४ रेक्टर स्केलको भूकम्पले घरहरु चर्किएका छन् । त्यसमाथि सोमबार पनि ५.८ रेक्टर स्केलको भूकम्प जाँदा थप क्षति हुँदा मानिसहरु बाहिर निस्किएका छन् ।

१० दिनको बच्चा लिएर खुला आकाशमुनि बास

सोमबार राति साढे ७ बज्दै लाग्दा भेरी नगरपालिका–४, गैरीखालीस्थित सदरमुकाम खलङ्गा आसपासका वासिन्दा खुलास्थानमा बस्ने तयारी गरिरहेका थिए ।

‘बस्न त पक्की घरमै बसेको थिएँ, तर भिरालो पाखा भएकाले जोखिम छ’, खलङ्गामा बसिरहेका जाजरकोटका २७ वर्षीय इन्द्र महतराले अनलाइनखबरसँग भने, ‘ज्यान रहे त अर्थोक हुने होला, त्यही भएर यहीं बसेर रात कटाइरहेका छौं ।’

जाजरकोट सदरमुकामको गैरीखाली बजारमा रहेको खाली स्थानमा उनी गर्भवती श्रीमती र १० दिनको बच्चा लिएर बसेका छन् । कालीकोटस्थित घरबाट सुत्केरी बुहारीको स्याहार गर्न आमा पनि आएकी छन् ।

‘जाडो छ, खुला ठाउँमा बस्दा झन् जोखिम हुने हो कि भन्ने पिर छ’, खलङ्गामा भेटिएकी ५३ वर्षीया दीपकुमारी शाहीले भनिन्, ‘बाहिर आगो ताप्न पनि मिल्दैन, सुत्केरीलाई तातोमा राख्नुपर्ने… ।’

तर, परकम्प गएको गयै गरेकाले घरमा बस्नै डर लाग्ने स्थिति भएको उनले बताइन् । शाहीले खलङ्गामा पसल चलाउँदै आएकी छन् । ‘कोठामा बस्न डर लागेपछि साथीहरुसँग बस्दै आएको छु’ उनले अनलाइनखबरसँग भनिन्, ‘भोलि कोहलपुरतिरै जाने तयारी गरेको छु ।’

खलङ्गामा होटल व्यवसाय गरिरहेका गोपाल गौतमका अनुसार, सदरमुकामस्थित बजारमा धेरै जसो बाहिरबाट आएका मानिसहरु छन् । ‘कोही जागिरको सिलसिलामा आएका छन्, कोही यहीँ बसेर व्यापार गर्छन्’, उनले भने, ‘बजारदेखि तल्तिरका धेरै घरहरु खाली भएकाले यहाँ क्षति पनि कम भयो, नभए स्थिति झन् भयावह हुन्थ्यो ।’

सदरमुकाममा बाहिरबाट आएर भाडामा बस्ने मानिसहरु धेरै भएपनि स्थानीय सरकारले उनीहरुलाई नहेरेको उनले गुनासो गरे ।

‘अहिलेमाथि खुला स्थानमा बस्नेहरु पनि अधिकांश बाहिरबाट आएकाहरु हुन्, उनीहरुसँग बस्नलाई एउटा टेन्टसम्म छैन’, गौतमले सुनाए, ‘राहत बाँड्न आउनेले पनि स्थानीय सरकारसँग समन्वय गर्छन्, उनीहरुले स्थानीय वासिन्दालाई मात्र सहयोग गर्ने भन्दा भाडामा बस्नेहरु पीडित छन् ।’

खलङ्गामा एक बीमा कम्पनीको शाखामा काम गरिरहेका इन्द्र महतरा पनि स्थानीय सरकारले आफ्नो पालिका र अर्कोतिरको मान्छे भनेर भेदभाव गर्नु नहुने बताउँछन् । उनी भन्छन्, ‘जुनसुकै ठाउँको भएपनि अप्ठ्यारो बेला सबैलाई सामान रुपमा हेरिनुपर्छ ।’

खलङ्गाकी ३८ वर्षीया गीता केसी एउटा त्रिपालमुनि रात बिताइरहेकी छन् । ‘त्यो त्रिपाल पनि त्यति राम्रो छैन, बिहान सबै शित परिरहेको हुन्छ’, उनले भनिन्, ‘वरिपरि ५ घरमा भएकाहरु सबै यहीँ सुतेका छौं ।’

त्यो एउटा त्रिपाल पनि झगडा गरेर वडा कार्यालयबाट ल्याएको उनले बताइन् । ‘तीन दिनसम्म दुःख गरेर बल्लबल्ल आज आएको हो, नभए बाहिरै बसिरहेका थियौं’, केसीले थपिन्, ‘घर छेडागाड नगरपालिका भनेर दिन मानेन । मैले यहाँ होटल चलाएर बस्न थालेकै ६, ७ वर्ष हुन लागिसक्यो ।’

खुला स्थानमुनि सुतेका बलवीर खत्रीले निरन्तर धक्का गइरहँदा ज्यान जोखिममा हुने भएकाले डसना र सिरक बोकेर आएको बताए । ‘ज्यान कसलाई माया हुँदैन र ? बिरामी भए उपचार गरौंला’, उनले भने, ‘तर, उपचार गर्नलाई पनि पहिले बाँच्नु त पर्यो ।’

यसरी खुला आकाशमुनि बसेका थुप्रैले राहत नपाएको गुनासो गरे । तीमध्ये अधिकांशको भनाइ आफूहरु स्थानीय वासिन्दा नभएकाले सहयोग नपाएको भन्ने थियो ।

जिल्ला प्रहरी कार्यालय, खलङ्गा नजिकै रहेको चोकमा समेत स्थानीयवासी खुला चउरमा बसिरहेका छन् । प्रहरी कार्यालयका भवन पनि चर्किएकाले सुरक्षाकर्मी आफैं पनि बाहिर बसेका छन् ।

सदरमुकाममा मात्रै ४२ को मृत्यु

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख डीएसपी सन्तोष रोकाका अनुसार, जिल्ला सदरमुकाम खलङ्गामा मात्रै ४२ जनाको मृत्यु भएको छ । शुक्रबार मध्यराति आएको भूकम्पमा परेर अधिकांश ढुंगामाटोले बनाइएका घरहरुमा क्षति पुगेको रोकाले बताए ।

यो पनि पढ्नुहोस्

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

७ दिन अगाडि
वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

१ महिना अगाडि

‘पक्की घरहरुमा त्यति धेरै क्षति भएको छैन, ढुंगामाटोले बनाइएका घरहरु भत्किँदा क्षति भयो’, उनले अनलाइनखबरसँग भने, ‘सदरमुकामका बजारमा पनि पुराना घरहरु चर्किएका छन्, त्यसका कारण मानिसहरु बाहिर आएर बसेका छन् ।’

उनका अनुसार, सदरमुकामका अधिकांश स्थानीय वासिन्दा सुर्खेत, काठमाडौं वा अन्यत्रतिर छन् । ‘अधिकांश घरहरु भाडामा लिएर आफूहरु कोही बाहिर, कोही गाउँमा खेती गरेर बस्नुभएको छ’, उनले भने, ‘त्यसैले यहाँ बाहिरका मान्छेहरुको धेरै क्षति भएको छ ।’

बाहिरका मानिसहरुले राहत नपाएको गुनासो गरिरहेका बेला उनले व्यवस्थापनका लागि एकद्वार प्रणाली लागू गरिएको बताउँदै भने, ‘नदोहोरियोस् भनेर जनप्रतिनिधिमार्फत राहत दिने व्यवस्था गरेका छौं ।’

प्रशासनले आवश्यकता अनुसार, स्थानीय र बाहिरका सबैलाई राहत वितरण गर्दै आएको उनले बताए । भने, ‘म अघि राति पनि अनुगमनका लागि गाउँगाउँ गएको थिएँ, राहत व्यवस्थापनको पनि अनुगमन गरेर फर्किएको हुँ ।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक