शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

घरबासविहीन भए ३५ हजार परिवार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
जाजरकोटमा पुनः ५.८ म्याग्निच्युड भूकम्पको धक्का मापन

जाजरकोटमा रामीडाँडा केन्द्र बिन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीको चोचेटोलमा भत्किएका घर । यहाँ भूकम्पका कारण एउटै टोलका १३ जनाको मृत्यु भएको थियो । तस्बिरः सुरेश आचार्य÷रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जाजरकोट / शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले ३५ हजार परिवारलाई बासविहीन बनाएको छ । जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्ण रूपमा भत्किएका छन् । त्यस्तै १७ हजार ५ सय २९ कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन् ।

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सोमबार रातिसम्म संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी घर रुकुम पश्चिममा भत्किएका छन् । यो जिल्लामा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै जाजरकोटमा १ हजार १ सय ७० घर पूर्ण रूपमा र ७ हजार १ सय ६६ घर आंशिक रूपमा भत्किएका छन् ।

सबैभन्दा बढी मानवीय क्षति भने जाजरकोटमा भएको छ । भूकम्पबाट १ सय ५७ जनाको मृत्यु भएकामा १ सय ५ जना जाजरकोटका छन् । यो जिल्लामा १ सय ३३ जना घाइते छन् । त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १ सय ९७ जना घाइते छन् । भूकम्पको धक्काले रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा कुनै न कुनै रूपमा प्रभावित गरेको छ ।

पहिले नै जोखिमपूर्ण भनेर सार्नुपर्ने भनिएका बस्ती उपेक्षामा परेकाले पनि बढी क्षति भएको छ । मुसलधारे वर्षासँगै ०६८ जेठमा आएको पहिरोले यहाँको चिउरी बस्तीलाई नै घेर्‍यो । ठाउँठाउँमा धाँजा फाटेर जोखिम बढेपछि बस्ती नै सार्नुपर्ने अवस्था आयो । स्थानीय अन्यत्र जग्गा खोज्ने प्रयासमा लागे । तर १२ वर्षदेखि बस्ती नसार्दा नलगाड नगरपालिका–१ चिउरी बस्तीले यसपालि भूकम्पमा धनजनको ठूलो क्षति व्यहोर्नुपरेको छ । ०५१ साउनमा पनि यो बस्तीलाई पहिरोले घेरेको थियो ।

सोही बस्ती पहिरोका कारण ०६८ मा झन् जोखिममा परेपछि स्थानीय प्रशासनले बस्तीलाई अन्यत्र सार्नुपर्ने निर्णय गरेको थियो । ‘बस्ती सार्नुपर्ने निवेदन दिएर जग्गाको खोजीमा थियौं, वर्षात् सकिएपछि सबैले बिर्से, बस्ती नसार्नुको मार अहिले भोग्यौं,’ भूकम्पमा मृत्यु भएका ५ वर्षीय हिरे चनाराका आफन्त धनवीर चनाराले भने, ‘जोखिमयुक्त २ सय घरधुरीले जग्गाको निकै खोजी गर्‍यौं तर भनेअनुसार नपाएपछि बिर्से जस्तै भएका थियौं ।’

भेरी नदी किनारमा अवस्थित उक्त बस्तीमा त्यतिबेला पनि चार घर भत्केका थिए । गत शुक्रबारको भूकम्पले चिउरी बस्ती छेउको चोचे टोलका ४० घर ध्वस्त हुँदा ६ परिवारका १३ जनाको मृत्यु भयो । ‘एकै पटक यति धेरैको मलामी गएको जिन्दगीमा भोगेको थिइनँ,’ ७० वर्षीय मोते चनाराले भने, ‘पहिले पहिरोले आफन्त गुमायौं । अहिले भूकम्पले सबै लग्यो । फेरि यस्तै अवस्थामा बस्नुपरे अझै कति क्षति व्यहोर्नुपर्ने हो ?’ विपद्का बेला मात्रै बस्ती सार्ने चर्चा भए पनि त्यसअनुसार काम नगरिँदा जनधनको क्षति व्यहोर्नुपरेको हो । यहाँ भूकम्पले ४० घर ध्वस्त बनाएको छ भने धेरैजसो घर बस्न नमिल्ने गरी चर्केका छन् । सडक र खेतबारीमा धेरै ठाउँ चिरा परेका छन् ।

भूकम्पका कारण सबैभन्दा बढी क्षति व्यहोर्नुपरेको यो बस्तीमा सोमबार दाल, चामल, त्रिपाललगायत राहत सामग्री वितरण गरिएको छ । स्थानीय अहिले बारीमा त्रिपाल हालेर रात कटाइरहेका छन् । सोमबार पनि आएको परकम्पको धक्काले स्थानीय झन् त्रसित बने ।

‘चर्किएका घरबाट सामान केही निकाल्न सकिएको छैन । भूकम्प गइरहेकाले कति बेला पुरिन्छ अत्तोपत्तो छैन,’ मोतेले प्रश्न गरे, ‘पाल र चामल त बल्ल पाइयो, चिसो रात कति दिन यसैगरी काट्नुपर्ने हो ?’ दलित समुदायको बसोबास रहेको उक्त बस्तीमा सबैजसो कच्ची घर छन् । यहाँका प्रायः युवा कमाइका लागि भारततिर जान्छन् । जिल्लाका अन्य बस्तीका विस्थापित पनि तीन दिनदेखि गाँसबासको ठेगान नहुँदा अलपत्र छन् । एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णयले तत्काल राहत पुर्‍याउनुपर्ने स्थानीय सरकार वितरण मापदण्ड बनाउनमै व्यस्त छ ।

भूकम्पले सबैभन्दा बढी प्रभावित भेरी र नलगाड नगरपालिका तथा कुशे र बारेकोट गाउँपालिकाका पीडितले ओत लाग्न त्रिपालसमेत नपाएको गुनासो गरेका छन् । ‘अन्नपानी त कुरै छोडौं, स्थानीय सरकार अझै त्रिपाल खोज्नमै व्यस्त छ । उब्जनी भएको ४ मुरी अन्न चौपायालाई समेत दिन नमिल्ने गरी माटोमै मिल्यो,’ नलगाड–१ च्युरीका भक्तबहादुर सुनारले दुखेसो पोखे ।

जिल्लामा छेडा–ढुंगिल, खलंगा–पाँचकाटिया र भेरी कोरिडोरबाहेक अन्य सडक सञ्जाल विस्तार छैन । यी सडकमध्ये भेरी कोरिडोरको जाजरकोट–डोल्पा खण्डबाहेक अन्य मौसमी सडक मात्रै हुन् । नलगाडमा भूकम्पग्रस्त क्षेत्र निरीक्षण गर्न गएका कर्णाली प्रदेशका अर्थमन्त्री वेदराज सिंहले साना ट्रक र जिपमा पर्याप्त राहत सामग्री ढुवानी गर्न नसकिने र भूकम्पपीडित सबै बस्तीमा तत्काल राहत पुर्‍याउन कठिनाइ भइरहेको बताए । अहिले छिन्चु–जाजरकोट सडकको १ सय ७ किमी खण्डमा राहत सामग्री बोकेका ढुवानीका साधनको लाइन लागेको छ ।

राहत सामग्री बोकेका १२ चक्के ट्रक सदरमुकामदेखि डोल्पा खण्डको २८ किलोमिटरसम्म मात्रै गुड्छन् । कुशे, छेडागाड नगरपालिका, बारेकोट गाउँपालिकातिर राहत सामग्री लैजान कठिनाइ भइरहेको छ । भेरी–१ स्थित भूकम्प प्रभावित पिपे, मैदे बस्तीमा घरगोठमा पुरिएका चौपाया गन्हाउन थालेका छन् । सिनो व्यवस्थापन गर्न सोमबारदेखि सेना–प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

७ दिन अगाडि
वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक