काठमाडौँ / नेपाली सेनाविरुद्ध घृणा फैलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले झापाको दमक–५ का ४६ वर्षीय डिल्लीराम खनाललाई सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाएको आरोपमा पक्राउ गरेको हो।
नेपाली सेनाकै आग्रहमा उनलाई पक्राउ गरी कारबाही अघि बढाइएको ब्यूरोले जनाएको छ। उनलाई सोमबार पक्राउ गरिएको हो।
काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए।