मोरङ / मोरङको रतुवामाई नगरपालिकामा आमा छोरा घरभित्र झुण्डिएको अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार शनिबार दिउँसो करिब ४ बजे नगरपालिका– ६ स्थित किसन हस्दाको श्रीमति र छोरा घरमै झुण्डिएर मृत अवस्थामा भेटिएका हुन् ।
जस्तापाताको छाना भएको सामान्य घरको भुइँतल्लामा सलले पासो लगाएर २४ वर्षीया पार्वती मुर्मु र ३ वर्षीय छोरा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।
घरबाहिर रहेका किसनले अपरान्ह घरमा पस्दा दुवैजना झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरुले आफैँ पासो लगाएको वा कसैले घटना गराएको बारेमा थप अनुसन्धान गरिरहेको सिजुवा प्रहरीले जनाएको छ।