बिहि, अशोज १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

 चिकित्सक लाइसेन्स परीक्षा दिन प्रयोगात्मक सीप परीक्षणमा उत्तीर्ण हुनुपर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
 चिकित्सक लाइसेन्स परीक्षा दिन प्रयोगात्मक सीप परीक्षणमा उत्तीर्ण हुनुपर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुन अबदेखि अनिवार्य रुपमा प्रयोगात्मक सीप परीक्षणमा उत्तीर्ण हुनुपर्ने भएको छ ।नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले मापदण्ड परिमार्जन गरी सीप परीक्षणको व्यवस्था गरेको हो । यो व्यवस्था काउन्सिलले यसै वर्षदेखि कार्यान्वयनमा ल्याउने भएको छ ।

एमबीबीएस र बीडीएस उत्तीर्ण गरी ६ महिनापछि इन्टर्नसिप गरेपछि मात्र विद्यार्थीहरु चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुँदै आएका थिए । त्यसलाई संशोधन गर्दै नेपाल मेडिकल काउन्सिलले सीप परीक्षमा उत्तीर्णपछि मात्र लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । इन्टर्नसिपकै बेला विद्यार्थीले बिरामी जाँच्ने तरिका, पेसागत मूल्यमान्यता, संक्रमण रोकथामलगायत ६० वटा सीप जान्नुपर्ने भए पनि काउन्सिलले २० वटा महत्त्वपूर्ण सीपको परीक्षा लिन लागेको हो ।

विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विज्ञसँगको छलफलपछि मापदण्ड संशोधन गरेको काउन्सिलले बताएको छ । काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारी भन्छन्, ‘अहिलेसम्म काउन्सिलले ज्ञानको परीक्षण गर्दै आएको छ । हामीले लिखित परीक्षा लिएर लाइसेन्स दिँदै आएका छौं । यो ज्ञान मात्रको परीक्षण थियो ।

अब हामीले सीपको पनि परीक्षण लिने भएका हौं । इन्टर्नमा सिकेका उसले सिकेको सीप प्रमाणित भएपछि मात्रै काउन्सिलले लाइसेन्स दिने भएको हो ।’स्वदेशी विद्यार्थीको हकमा सम्बन्धित कलेजको शिक्षण अस्पताल र विदेशमा अध्ययन गरेर आएका विद्यार्थीको हकमा त्रिवि शिक्षण अस्पताल, धरान र सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता सार्वजनिक शिक्षण संस्थामा सीप परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि विश्वस्वास्थ्य संगठन र सरकारको सहयोगमा सबै मेडिकल कलेजमा सुविधासम्पन्न सीप परीक्षण प्रयोगशाला निर्माण गरी यसै वर्षदेखि कार्यान्वयनमा ल्याइने भएको छ ।

यो व्यवस्था नेपालको लागि आवश्यक नै रहेको चिकित्सा शिक्षाका विज्ञ प्राडा करवीरनाथ योगीको भनाइ छ । उनी स्पष्ट पार्छन्, ‘नेपालका केही मेडिकल कलेजमा सीप सिकाउने राम्रो व्यवस्था छैन । कलेजकै क्षमताका कारण पनि सीप सिक्न पाउँदैनन् ।’ त्यस्तै, किस्ट शिक्षण अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्य भन्छन्, ‘सौद्धन्तिक विषय मात्र पढ्दा पास भइहालिन्छ भनेर विद्यार्थीहरु प्रयोगात्मक कुरामा खासै ध्यान दिँदैनन् । यो व्यवस्थामा त इन्टर्नमै सबै गर्नुपर्ने हुन्छ ।’चिकित्सक लाइसेन्स परीक्षाअघि सीप परीक्षणको व्यवस्था दक्षिण एसियासहित अन्य विकसित मुलुकहरुले कार्यान्वयनमा ल्याइसकेका छन् । विदेशमा पढेर आएका र नेपालकै २१ वटा शिक्षण संस्थाका गरी नेपालमा बर्सेनि २५ सय डाक्टर उत्पादन हुन्छन् ।

यो पनि पढ्नुहोस्

रसुवा बाढीका २७८ बिरामी उपचार पश्चात घर फर्किए

रसुवा बाढीका २७८ बिरामी उपचार पश्चात घर फर्किए

२ दिन अगाडि
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोड

प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोड

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र “एक जीवन तीन मिसन” सार्वजनिक

भोटेकोशी विनाशकारी बाढीबाट १९१ सवारीसाधनमा क्षति

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

विपद् प्रभावितका लागि आर्थिक सहयोग

राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेनलाई सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक