काठमाडाैं । नेपालीहरूकाे महान् चाड बिजया दशमी तिहार, नेपाल संवत ११४४ न्हुदँया भिंतुना नयाँ बर्ष, छठ लगायत पर्वहरुकाे अवसरमा खुल्लामञ्चमा असाेज २८ गते शुभकामना आदानप्रदान गरिएकाे छ ।
नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी एवं अखिल नेपाल किसान महासंघ काठमाडौं महानगरपालिका कमिटी, राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका कमिटीको संयोजनमा तथा सम्पुर्ण जनसंगठनकाे आयाेजनामा भएकाे कार्यक्रमा सम्पदाको संरक्षण गरौँ भन्ने नाराका साथ चङ्गा चैट प्रतियोगिता `चङ्गा चैट´ कार्यक्रम सम्पन्न पनि भएकाे थियाे ।
करिब १०५ जना सहभागीता जनाएकाे चङा प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यद्वारा पानसमा बत्ती बाली ५ फिटकाे चङ्गा उदाइ कार्यक्रमको उद्घाटन भएको थियो । कार्यक्रममा प्रथम रुबेल थापा क्षेत्री, दाेस्रो सुर्य प्रजापति र तेस्रो चन्दन ढकाल भएको थियो।
कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूराे सदस्य एवं काठमाडौं महानगरपालिका सदस्य रामेश्वर फुयाल तथाबिभिन्न तह र तप्कामा रहनु भएका नेता कमरेडहरुको उपस्थिति रहेको थियो। नेकपा (एमाले) काठमाडौं महानगरपालिका अध्यक्ष निर्मल देउलाले चङ्गा चैटकाे इतिहासबारे बताउनु भएको थियो ।