काठमाडौं । नेपाली बजारमा सुनको भाउको बढोत्तरीले मंगलबार पनि निरन्तरता पाएको छ।
आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ८ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार
हिजो पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो।