काठमाडौँ / काठमाडौँको सुन्धारास्थित एक गेष्ट हाउसमा युवतीको शव फेला परेको छ।
सुन्धारास्थित श्री गुरू गेष्ट हाउसमा युवती मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताएका छन्।
प्रहरीका अनुसार ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत सोमबार मृत फेला परेकी हुन्। उनी उक्त होटलमा गत असोज ८ गतेदेखि बस्दै आएकी थिइन्।
घटनाबारे प्रहरी वृत्त जनसेवाले थप अनुसन्धान गरिरहेको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।