बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इजरायल र प्यालेस्टिनबीच जारी द्वन्द्वमा १ हजार ५०० भन्दा बढि मानिस मारिए

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कैदी आदानप्रदान गर्न इजरायल र हमासबीच वार्ता प्रयास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणपछि इजरायल र प्यालेस्टिनबीच जारी द्वन्द्वमा १ हजार ५०० भन्दा धेरै मानिस मारिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहानसम्म इजरायलतर्फ ९०० र प्यालेस्टिनतर्फ ६८७ जना मारिएका छन्।

इजरायल र प्लालेस्टिनबीचको जारी द्वन्द्वमा ज्यान गुमाउनेमा विदेशी नागरिक समेत छन्। नेपालका १० जना विद्यार्थीले उक्त आक्रमणमा ज्यान गुमाएका छन्। इजरायल–हमास द्वन्द्वमा नेपालसहित १० देशका नागरिक मारिएका छन्। ४ देशका नागरिक बेपत्ता छन्।

इजरायलमा ज्यान गुमाउने विदेशीमध्ये सबैभन्दा धेरै थाइ नागरिक छन्। थाइल्याण्डको विदेश मन्त्रालयले इजरायलमा आफ्ना १८ जना नागरिक मारिएको बताएको छ। थाइल्याण्डले आफ्ना केही अरु नागरिक अझै बेपत्ता रहेका पनि जनाएको छ। इजरायलमा ३० हजार जना थाइ नागरिक रहेका बताइएको छ।

नेपालका १० जना विद्यार्थी मारिएका छन्। ४ जना घाइते भएका छन् भने १ जना नेपाली विद्यार्थी सम्पर्कविहीन छन्।

इजरायलमा १० जना बेलायती नागरिक पनि ज्यान गुमाएको आशंका गरिएको छ। यद्यपि ज्यान गुमाउने बेलायती नागरिकको भने पहिचान खुलिसकेको छैन।

अमेरिकाका पनि ९ जना नागरिकले ज्यान गुमाएको जेरुसेलम पोस्टले उल्लेख गरेको छ। क्यानडाका १ जना नगरिक मारिएका छन् भने २ जना सक्पर्कविहीन छन्। फ्रान्सले पनि आफ्ना १ जना नागरिक ९महिला० मारिएका बताएको छ। केही नागरिकहरु सम्पर्कविहीन रहेको फ्रान्स सरकारले जनाएको छ।

यस्तै, जर्मनीकी १ जना महिला पनि आक्रमणमा मारिएकी आशंका गरिएको छ। आक्रमणमा मारिएकी भनिएको जर्मनी महिला ‘सुपरनोभा म्युजिक फेस्टिभल’मा सहभागी थिइन्। हमासको आक्रमणबाट उक्त फेस्टिभलमा सहभागीमध्ये २६० जना मारिएका विवरण सार्वजनिक भएको छ।

१ जना चिनियाँ महिला पनि इजरायलको द्वन्द्वमा मारिएकी छन्। उनी पनि ‘सुपरनोभा म्युजिक फेस्टिभल’ मा सहभागी थिइन्।

कम्बोडियाले पनि आफ्ना १ जना विद्यार्थी इजरायल द्वन्द्वमा मारिएको बताएको छ। ब्राजिलको सरकारले आफ्ना ३ जना नागरिक बेपत्ता भएका जनाएको छ। पाराग्वेको सरकारले आफ्ना २ जना नागरिक सम्पर्कविहीन रहेको जनाएको छ। मेक्सिकोका पनि २ जना नागरिकको अपहरण भएको बताइएको छ।

यस्तै, आयरल्याण्डकी १ जना महिला पनि बेपत्ता छिन्। तान्जानियाले आफ्ना २ जना विद्यार्थी सम्पर्कविहीन रहेका बताएको छ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

६ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक