शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

भूकम्पले घर लग्यो, हमासले छोरा – ‘मेरो छोरा छँदै छ सोच्छु । छैन भन्ने कसरी पत्याउनु,’

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
भूकम्पले घर लग्यो, हमासले छोरा – ‘मेरो छोरा छँदै छ सोच्छु । छैन भन्ने कसरी पत्याउनु,’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी / माटोको गारोले बनेको कच्ची घरलाई ६.६ म्याग्निच्युडको भूकम्पले थेग्न सक्ने कुरै थिएन । गत मंगलबार गएको भूकम्पले बझाङको जयपृथ्वी नगरपालिका ११ चैनपुरका धनलाल नेपालीको घरका भित्तामा चिरा परेका छन् ।

सुरुका दुई दिनरात त उनीहरू त्रिपाल हालेर चौरमै बसे । तर कतिन्जेल बाहिर बस्नु ∕ जोखिम मोलेर त्यही घरमा बस्दै आएका नेपाली परिवारलाई तत्काल अन्त जाने ठाउँ छैन ।

गाउँमा भूकम्प गएको थाहा पाएर इजरायलमा रहेका छोरा गणेशले आमालाई फोन गरेका थिए । ‘घर कति क्षति भयो भनेर सोधेको थियो,’ आमासँगको कुराकानीमा गणेशले भनेका थिए‚ ‘घर धेरै चर्केको भए भित्र नबस्नुहोला, आफ्नो परानीको ख्याल राख्नु होला ।’ बझाङको जयपृथ्वी नगरपालिका ११ चैनपुरका गणेश नेपालीको त्यही वाक्य आमाबाबु र घर परिवारका लागि अन्तिम बन्यो ।

धनलालका कान्छा छोरा गणेश अध्ययनको सिलसिलामा इजरायल गएको एक महिना पुग्नै थालेको थियो । यही बेला शनिबार साँझपख धनलालका जेठा छोरा विकासले इजरायलमा हमासबाट आक्रमण भएको र नेपाली पनि परेको हल्ला सुने । हत्तपत्त उनले आमाबुवालाई पनि खबर सुनाए । त्यो खबर सुनेदेखि धनलाल परिवारको मन बेचैन हुनथाल्यो । उनीहरूले कयौं पटक उनीहरूले भिडियो कल र फोन गर्ने प्रयास गरे, तर सम्पर्क भएन । त्यसपछि त उनीहरूको मनमा चिसो पसिसकेको थियो ।

आइतबार साँझ सार्वजनिक भएको सूचीमा आफ्नो भाइ गणेशको नाममा पनि देखेपछि दाजु विकास आफैँ भक्कानिए । ‘आफैँलाई सम्हालिन कठिन भइरहेको थियो, तर पनि आमाबुबालाई लुकाएर राख्न सक्ने कुरै थिएन, घरमा भनेँ,’ विकासले भने ‘घरपरिवारमा सबैको रुवाबासी छ । गाउँका दाजुभाइहरू सम्झाउने प्रयास गरिरहनुभएको छ, तर घरमा कोही सम्हालिइरहनुभएको छैन ।

सान्त्वना दिन उनको घर पुग्नेहरू आमा लक्षी आउजीको अवस्था देखेर उल्टै भक्कानिएर फर्किन्छन् । ‘आइतबार साँझदेखि मुर्छित रहेकी गणेशकी आमा होस खुलेका बेला बिलौना गर्छिन्,’ उनको घर पुगेर फर्किएका स्थानीय सत्यराज सिंहले भने‚ ‘मेरो छोराले परान जानेबेला पानी पायो होला कि नाइँ, ऐय्या भन्यो होला कि नाइ भनेर भक्कानिन्छिन् र मुर्छा पर्छिन् ।’

गरिब दलित परिवारमा जन्मेका गणेश पढाइमा अब्बल थिए । उनी बहुप्रतिभा भएका व्यक्ति थिए । गीत संगीतमा रुची राख्ने, स्टेज कार्यक्रम गर्ने, सबैसँग मिलनसार, सरसहयोग गर्ने उनको बानी भएकाले सबैले उनलाई माया गर्ने गरेको चैनपुरका उनका साथीहरूले सुनाए । घर बिदामा आएका बेला केही समय त उनले स्थानीय रेडियोमा कृषि कार्यक्रम पनि चलाउने गर्थे ।

पढाइमा अब्बल भएकाले ऋणकर्जा गरेरै धनलालले छोरालाई पढाएका थिए । ‘मेरो छोरा छँदै छ सोच्छु । छैन भन्ने कसरी पत्याउनु,’ बोल्दाबोल्दै भक्कानिएका धनलालले भने‚ ‘सिलाइकटाई गरेर पढाएको छोरा हो, पढाइमा पनि निकै तगडा थियो । अब के गरूँ, कसरी चित्त बुझाऊँ ?’

आफू पुर्ख्यौली पेसा सिलाइकटाई गरेर गुजारा गर्दै आएका धनलालको परिवारका लागि गणेश आशाको दीप थिए । गणेशलाई सम्झँदै सत्यराजले भने‚ ‘उनको मृत्युको खबरले धनलाल परिवारमात्रै होइन‚ पूरै चैनपुर स्तब्ध छ । चैनपुरले एउटा राम्रो सम्भावना बोकेको युवा गुमाएको छ ।’

गणेशका दाजु विकासले भाइको ज्युँदो मुख देख्न नपाए पनि शव भए पनि चाँडै ल्याइदिन आग्रह गरेका छन् । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । गएको एक महिना नबित्दै केही विद्यार्थीहरू इजरायलमाथि हमासले गरेको त्रुद्ध आक्रमणको चपेटामा परेका छन् । १० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये बझाङका गणेश पनि एक हुन् ।

यो पनि पढ्नुहोस्

कीर्तिपुर नगरपालिकामा प्लास्टिक रिसाइकल उद्यम सञ्चालन

कीर्तिपुर नगरपालिकामा प्लास्टिक रिसाइकल उद्यम सञ्चालन

३ हप्ता अगाडि
कीर्तिपुर नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने

कीर्तिपुर नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

रविको मुद्दामा आज आदेश आउन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक