नेपालगञ्ज – बाँके प्रहरीले चोरीमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
बाँकेका विभिन्न ठाउँमा चोरी गरेको आरोपमा सुर्खेत सिम्ता गाउँपालिका–५ का शिव नेपालीलाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको हो।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार नेपालीले भदौ ५ गते खजुराको सिमलघारीमा रहेको आरके ज्वैलर्सबाट सुनचाँदीका गरगहना, असोज १५ गते जनता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट ल्यापटप, असोज १९ गते खजुरा बजारमा रहेको दीपशिखा ज्वैलर्सबाट सुनचाँदी चोरी गरेका थिए।
नेपालीको साथबाट नगद ६ हजार ९ सय ७५ रुपैयाँ, एक थान ल्यापटप, ५ ग्राम सुन, चाँदीको औंठी १२ थान, सिक्री ८ थान, मुन्द्रा ४५ थान, जन्तर २ थान, ब्रासलेट २ थान, पायल ४ थान, बिछिया ८ थान, लकेट १४ थान, सिक्का ३ थान, बाला १० थान, दुक्रा ८० ग्राम बरामद गरिएको छ। उनले चोरी गर्दा प्रयोग गर्ने पेचकस, रेन्ची, हथौडा, पिलास, चक्कु र दरौती पनि बरामद गरिएको छ।