बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल मेडिकल काउन्सिललले लिने क्षमतामा आधारित परिक्षा लिने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल मेडिकल काउन्सिललले लिने क्षमतामा आधारित परिक्षा लिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। चिकित्सकहरुको लाईसेन्सका लागि नेपाल मेडिकल काउन्सिललले लिने क्षमतामा आधारित परिक्षालाई आगामी परिक्षा देखि सीप परीक्षण सहितको लाइसेन्स परीक्षा लिने भएको छ।

नेपाल मेडिकल काउन्सिलको आयोजना तथा विश्व स्वास्थ्य संगठन र ल्याडर ग्लोबलको सहयोगमा काठमाडौ विश्व विद्यालय शिक्षण अस्पताल, धुलिखेलमा आयोजित सीप परीक्षण प्रारम्भिक कार्यक्रमका बारेमा जानकारी गराउँदै काउन्सिलका रजिष्टार डा.कृष्ण प्रसाद अधिकारीले उक्त जानकारी दिए।

उनले भने ‘नेपाल मेडिकल काउन्सिलको ऐन तथा नियमावली अनुसार लिखित, मौखिक र प्रयोगात्मक मध्ये कुनै एउटा लिन सकिने छ। भनिएकोमा अहिले सम्म लिखित परिक्षा मात्र लिँदै आइरहेको छ। यसको आधारमा परिक्षा लिँदा ज्ञानको मात्र परिक्षा लिइयो प्रयोगात्मक भएन। काउन्सिल अहिले शुरुमा लाइसेन्स लिदा तथा हरेक ५ बर्षमा एक बर्ष प्रयोगात्मक परिक्षा लिने व्ययवस्था शुरु गर्न गइरहेको छ।

सिक्नैपर्ने प्रयोगात्मक अभ्यास इन्टर्नसिपकै बेलामा सिक्ने र त्यतिनै बेला परिक्षा लिने कार्यलाई शुरुवात गरि अब ज्ञान र सीप दुबैको परिक्षा हुन्छ भन्ने विद्यार्थी, शिक्षक, बिरामी सबैमा विश्वसनिय बनाउँन यो व्यवहारिक शिक्षाको पनि परिक्षा लिने योजना बनाएका हौ। हिजो पनि प्रयोगात्मक अभ्यास हुन्थ्यो र ६० वटा स्कील हुनैपर्थ्यो र आज पनि त्यो हुनैपर्छ। त्यस मध्ये २५ वटाको यो परिक्षा लिईन्छ र सर्टिफिकेट दिईन्छ। त्यसपछि मात्र लिखित परिक्षाका लागि फारम भर्न पाउँने प्रावधान बनाईएको छ।

 

सीप सिकेको प्रमाणपत्र पढेकै कलेजबाट प्राप्त हुन्छ तर परिक्षा अर्को कलेजको शिक्षकबाट लिईन्छ। यो परिक्षाका लागि छुट्टै शुल्क भने तिर्नुपर्दैन। यो प्रकृयाका लागि अब हरेक विश्व विद्यालयमा स्कील ल्याब स्थापनाका लागि विश्व स्वास्थ्य संगठन, इम्प्याक्ट एण्ड हेल्थकेयर सिमुलेसन, विश्व विद्यालय र नेपाल मेडिकल काउन्सिलको संयुक्त प्रयासमा स्थापना गरिने पनि डा.अधिकारीले बताउँनुभयो। उहाँले यो परिक्षा व्यवस्थित गराउँन र विश्वसनीयताका लागि लिनुपर्ने भएकाले एक बर्ष भित्र अनिवार्य लागु भैसक्ने बताए।

विगतमा पढेर परिक्षा दिँदा फेल भएकालाई भने यो नियम लागु हुने छैन। नयाँ बिद्यार्थीका लागि एक बर्ष भित्र लिईने नयाँ परिक्षार्थीका लागि यो नियम लागु हुनेछ।

नेपाल मेडिकल काउन्सिल शिक्षा कमीटीका डा.सन्ध्या चापागाईले यो कार्यक्रम बीडीएसबाट आगामी परिक्षाबाट मूल्यांकनको लागि २० दक्षताहरू प्राथमिकतामा राखी गर्नका लागि अभिमुखीकरण भ्रमण सुरु र सम्पन्न गरिसकेको बताइन्।

यसका लागि ८ वटा विश्व विद्यालयका प्राज्ञहरुसँग पटक पटक बसि छलफल गरेर चेकलिस्ट र ओसीएसईको विकास, जारी उपकरण प्रमाणीकरण, पाइलटिङ र क्षमता अभिवृद्धिको योजना बनाएको जानकारी दिइन्।

सोही अवसरमा काठमाडौ विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सका डिन डा. मनोज हुमागाईले हामीले यो कार्यक्रम काठमाडौ विश्व विद्यालयमा पहिलानै शुरु गरिसकेको र सबैले प्रयोगात्मक अभ्यास गराउने गरेको र विश्व विद्यालयले सहयोग गर्न तयार रहेको बताए।

कार्यक्रममा काठमाडौ विश्व विद्यालय स्कूल अफ मेडिकल साईन्सका पूर्व डीन प्रा.डा. राजेन्द्र कोजू, इम्प्याक्ट एण्ड हेल्थ केयर सिम्बुलेसनका निर्देशक डा.रश्मी आरध्या, विश्व स्वास्थ्य संगठनका पब्लिक हेल्थ प्रशासक नेपाल प्रतिनिधि डा. मोहमत खुर्शी आलाम र नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा.शिवजी पौडेलले काउन्सिलले लिने लाईसेन्स परिक्षाको महत्व माथि प्रकाश पारेका थिए।

यसैको तयारी स्वरुप बुधबार धुलिखेल अस्पतालको स्कील ल्याबमा दुई समूहमा ३० जना बिद्यार्थीको प्रयोगात्मक नमूना परिक्षा लिईएको थियो।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

७ घण्टा अगाडि
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक