आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

सत्तासीन दलहरुले चीनसँग विश्वास गुमाएका छन्

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र चीनको भ्रमण गरी नेपाल फर्किएका छन् । अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रचण्ड चीन भ्रमणमा गएका थिए । चीनमा उनले भव्य स्वागत पाए । तर, त्यसअनुरुप सम्झौता भने हुन सकेन । प्रचण्डको भ्रमणको क्रममा चीन र नेपालबीच १२ बुँदे सम्झौता र एक समझदारी भएको थियो । तर, अधिकांश सम्झौतामा विगतमा भइसकेर कार्यान्वयन हुन नसकेका थिए । चीनले नेपाली प्रधानमन्त्रीको भ्रमणलाई स्वागतमार्फत महत्व दिएको जस्तो देखिए पनि त्यहीअनुरुप सम्झौता हुन नसक्नुलाई भने अहिले बुद्धिजीवीहरुले आलोचना गरिरहेका छन् । परराष्ट्र तथा कूटनीतिक मामिलाका विज्ञहरुका अनुसार पछिल्लो समय नेपालको कूटनीति भारततर्फ ढल्किँदा त्यसको असर चीनसँगको सम्बन्धमा देखिएको हो ।
नेपालमा आफ्नो प्रभाव बढाउन भारतसँगै चीन र अमेरिकाले पनि प्रतिस्पर्धा गरिरहेका छन् । पछिल्लो समय एमसीसी अनुदानमार्फत अमेरिका नेपालमा आफ्नो उपस्थिति बढाउने प्रयत्नमा छ । त्यही कारण उसले एक कदम अघि बढेर सैन्य सहकार्यसम्बन्धी सम्झौता एसपीपी पनि नेपालमा लागू गर्न चाहेको थियो । तर, एमसीसीको समयमा नै चौतर्फी आलोचना भोगेको नेपाली राजनीति, नेता र सरकारले एसपीपी सम्झौता गर्न आँट गर्न सकेन । तर, चीनले भने एमसीसी सम्झौतामा नै खुलेर आफ्नो असन्तुष्टि व्यक्त गरेको थियो ।
नेपालमा अघिल्लो चुनावमा वाम गठबन्धनले बहुमत ल्याएको थियो । एमाले र माओवादी केन्द्रबीचको यो गठबन्धनलाई जनताले चुनावबाट अनुमोदन गरेका थिए । यस्तै, मित्रराष्ट्र चीनले पनि वाम गठबन्धन र पछि यी दुई पार्टीको एकतालाई समर्थन गरेको थियो । ठूलो र बलियो कम्युनिष्ट पार्टीले नेपालमा राजनीतिक स्थिरतामा योगदान पु¥याउने अपेक्षा गरेको थियो । स्वाभाविक रुपमा कम्युनिष्ट पार्टी सत्तामा रहँदा चीनका लागि पनि सहज हुने थियो । तर, कम्युनिष्ट पार्टीबीचको एकता टिक्न सकेन । तत्कालीन नेकपाबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले पनि सत्ता गुमाउनु प¥यो । त्यसयता चीनले नेपालमा कम्युनिस्ट पार्टीबीच एकताको चाहना राख्दै आएको छ । तर, त्यसअनुरुप कम्युनिष्ट पार्टी एकढिक्का हुन सकेका छैनन् । अर्कोतर्फ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलले भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) सँग सहकार्य बढाउने, दिल्ली भ्रमणलाई प्राथमिकता दिने जस्ता गतिविधि गर्दै आएका छन् ।
अमेरिकी विवादस्पद परियोजनालाई संसदबाट पारित गरेर कार्यान्वयनको प्रक्रियामा लैजानु, भारत तथा यसको सत्तारुढ पार्टीसँग गतिविधि बढाउनु र चीनसँगका परियोजना कार्यान्वयनमा चासो नदिनु जस्ता कारणले नेपाली राजनीतिक दलहरुले चीनसँग विश्वास गुमाउँदै आएका छन् । नेपालजस्तो भौगोलिक दृष्टिले जटिल भूभागमा दुवै छिमेकी देशसँगको सन्तुलित सम्बन्ध अत्यावश्यक छ । तर, सरकार परिवर्तन भएसँगै छिमेकीसँगको कूटनीतिक सम्बन्धमा पनि परिवर्तन आएको छ । यसले दीर्घकालीन रुपमा नेपालमा नै असर पर्नेछ । पहिलो त छिमेकी देशहरुबाट पाउने सहयोगमा कटौती हुनेछ भने अर्कोतर्फ तेस्रो पक्षको स्वार्थका कारण रणभूमि बन्न सक्ने जोखिम पनि हुनेछ । त्यसैले कूटनीतिक सन्तुलनलाई सरकार तथा नेताहरुले ध्यान दिन आवश्यक छ , सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

विश्व राष्ट्रिय मा.वि. काे कक्षा ९ र १० मा कप्तान चयन सम्पन्न

विश्व राष्ट्रिय मा.वि. काे कक्षा ९ र १० मा कप्तान चयन सम्पन्न

१७ मिनेट अगाडि
गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

१९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

न्यूनतम तलबमान ४० हजार तबलमान निर्धारण गर्न आग्रह

भीमबहादुर रावललाई माकेमा जोडिन आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक