बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पोखरा बसपार्क व्यवस्थित गरिँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पोखरा बसपार्क व्यवस्थित गरिँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कास्की । पर्यटकीय सहर पोखरामा आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा दुई सय पाँच रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो ।

पोखरा–९ पृथ्वीचोकमा बसपार्कका लागि छुट्याइएको जमिनमा पाँच दशक पुग्न लाग्दासमेत हालसम्म बसपार्कका पूर्वाधार बन्न सकेका छैनन् । बसपार्कको जमिन लामो समयदेखि अव्यवस्थित रहेकामा पोखरा महानगरपालिकाले पछिल्लो समय यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्षदेखि बसपार्क व्यवस्थित बनाउन अघि बढेको हो ।

सधैँ हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्कभित्र रहेका यातायात व्यवसायीका काउन्टर तथा ग्यारेज र अटो पार्टस्का पसल हटाइएका छन् ।

बसपार्कलाई तत्काल अल्पकालीन र विस्तारै दिगोरूपमा व्यवस्थापन गर्ने गरी योजना अघि बढाइएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक अमृत शर्मा तिमिल्सिनाले बताए । उनका अनुसार बसपार्कभित्र पूर्वाधार नबन्दा लामो तथा बजार क्षेत्रभित्र चल्ने सबै बस बसपार्क अगाडिको सडकबाट गन्तव्यका लागि छुट्ने गरेकामा साउन पहिलो सातादेखि सबै बसले आफ्नो सेवा बसपार्कबाटै दिने गरी व्यवस्था गरिएको छ । अहिले बसपार्कभित्रको जमिनमा खाल्डाखुल्डी पुरेर समथर बनाइएको छ ।

बसपार्कको पश्चिमतिरको भागमा ग्राभेल गरी सम्म्याउने काम भइरहेको छ । बसपार्कमा लामो समयसम्म पर्खाइमा बस्ने गाडीहरूको पार्किङका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरिएको छ । तिमिल्सिनाले भने, “पोखरा बसपार्क तत्काल व्यवस्थापनको विकल्प छैन । यसलाई विस्तारै व्यवस्थापन गर्दै अतिक्रमित बसपार्कको पूरै जमिनमा बसपार्क बनाउनु पर्दछ ।” बसपार्कको समस्या निकै लामो समयदेखिको समस्या भएको उनले बताए । यसको व्यवस्थापनमा कयौँ चुनौती रहेका भए पनि महानगरपालिका यस कार्यका निरन्तर लागिरहेको उनले बताए । नगरप्रमुख धनराज आचार्यले पोखरामा व्यवस्थित सिटी बसपार्क निर्माणको योजना रहेको बताए ।

बसपार्कको जमिनमा बसिरहेका वास्तविक भूमिहीनको उचित व्यवस्थापन गरी बसपार्कका लागि छुट्याइएको अधिकतम जमिनमा व्यवस्थित बसपार्क निर्माण गर्ने योजनामा आफूहरू रहेको उनले बताए । मुलुककै दोस्रो ठूलो सहर पोखरा सातै प्रदेशको यातायात सञ्जालसँग जोडिएको छ । पोखराबाट साना तथा ठूला गरी दैनिक हजारौँ सवारीसाधान देशभरिका लागि छुट्ने गर्दछन् । महानगरले बसपार्क अगाडिको सडकमा पार्किङसमेत अहिले निषेध गरेको छ । यसअघि लामो तथा छोटो दूरीका बस सडकमै पार्किङ गर्दा सवारी आवागमनमा असर पर्नुका साथै बाहिरबाट आएका पर्यटकले बसपार्क अव्यवस्थित र कुरुप देखिँदा पोखराको सौन्दर्यमाथि प्रश्न उठेपछि बसपार्क वरपरको सडकमा पार्किङ हटाइएको हो । रासस

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

३ घण्टा अगाडि
कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता  सम्पन्न

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक