– लोकनारायण सुबेदी
चौतर्फी समाजको निर्माणमा गरुत्तर दायित्व हुन्छ शिक्षकको । उनीहरुको काँधमाथि नै बिश्वको उन्नत भबिष्य निर्माण गर्ने जिम्मेवारी रहेको हुन्छ । यसै कुरालाई ध्यानमा राखेर संयुक्त राष्ट्र संघको महत्वपूर्ण बिश्व इकाई संयुक्त राष्ट्र शैक्षिक, बैज्ञानिक तथा सास्कृतिक संगठन (यूनेस्को)ले बिश्व शिक्षक दिवस मनाउने आरम्भ ५ अक्टोबर १९९५ बाटा आरम्भ गरेको हो । यसको उदेश्य बिश्वभरीका शिक्षकहरुद्वारा बिश्वका झण्डै दुइ अर्ब पच्चास करोड बाल बच्चाहरुको जीवनको आधार निर्माण गर्ने महत्वपूर्ण योगदानमाथि बिचार बिमर्श गर्नु रहेको छ । बिश्वका कतिपय देशहरु प्राचीन समयमा पनि शिक्षाका ठूला केन्द्रहरु बनेका थिए । तिनले बिश्वलाई सही दिशाबोध पनि गराएको हामी पाउँदछौं ।
आजको युग त आर्थिक दौडधूप, हिंसा, आतंक र युद्धको युग जस्तो बनेको छ । यस्तो युगमा त झन शिक्षकको भूमिका अत्यन्तै महत्वपूर्ण बन्न जान्छ । किनभने शिक्षककले बिद्यार्थीलाई ज्ञान मात्रै दिने होइन, उनीहरुका लागि जीवनमा चाहिने आवश्यक कौशल पनि सिकाउँदछन् । नैतिक मूल्य तथा शान्तिपूर्ण जीवन यापनका बारेमा पनि सम्झाउने बुझाउने गर्दछन् जसले गर्दा बिद्यार्थीहरुलाई असल नागरिक बन्न अभिप्रेरणा मिल्दछ । एकजना शिक्षाबिद् डा. एएस अल्टेकरले लेखेका छन् –‘शिक्षाको प्रकाश र शक्ति एउटा यस्तो श्रोत हो, जसले हाम्रो शारीरिक, मानशिक, भौतिक तथा बैचारिक शक्ति र क्षमतालाई निरन्तर सामञ्जस्यपूर्ण र सन्तुलित बिकास गरेर हाम्रो स्वभावलाई परिबर्तित तुल्याउँदछ र उत्कृष्ट बनाउँदछ । नोबेल पुरस्कारले बिभूषित बिश्व प्रसिद्ध राजनेता नेल्सन मण्डेलाले भनेका छन् – ‘संसारमा शिक्षा नै सबैभन्दा शक्तिशाली हतियार हो, जसले संसारलाई बदल्न सक्तछ’ ।
आजको ‘बिश्व ग्राम’को जमानमा त सारा संसारकै लागि एउटै किसिमको शिक्षा प्रणाली हुनुपर्ने कुरा पनि उठिरहेको छ । यो स्वभाबिक कुरा पनि होइन । संयुक्त राष्ट्र संघकााा पूर्ब महासचिव डा. कोफी अन्नानले भनेका थिए –‘मानब इतिहासमा बिसौं शताब्दी सबैभन्दा रक्तरञ्जित र हिंसाको शताब्दी रह्यो । त्यो शताब्दीमा दुइटा त बिश्व युद्ध नै भए । हिरोशिमा र नागाशाकीमा दुइट परमाणु बमको हमला तथा बिभिन्न युद्धहरुको बिनाशलीलाको ताण्डब संकुचित राष्ट्रियताको कारण चल्यो । अहिले पनि बितेको डेढ बर्षदेखि युक्रेन युद्ध चलिरहेको छ । यी सबैका लागि सबैभन्दा बढी हाम्रो आजको शिक्षा नीति दोषी छ भन्ने बिज्ञहरुले उल्लेख गरिरहेका छन् । बिश्वका सबै देशहरुले आ–आफ्ना देशका बिद्यार्थीहरुलाई बिद्यालयहरुमा देश प्रेमको कुरा धेरथोर सिकाउने त गर्दछन् । तर शिक्षाको माध्यमले सारा बिश्वलाई नै प्रेम गर्नुपर्ने कुरा सिकाउदैनन् । तर बिश्व सुरक्षित रह्यो भने न देशहरु पनि सुरक्षित रहलान्, ब्यक्तिहरु पनि सुरक्षित रहलनान् ।
बास्तवमा आजको शिक्षा एउटा मिशन नभएर कमाउने ब्यवसाय बने बनाइएको छ । शिक्षक तथा शिक्षालयहरु आफ्नो ज्ञानको लिलामी गर्न थालेका छन् । बर्तमान बिश्व परिप्रेक्षलाई हेर्ने हो भ ने गुरु–शिष्यको परम्परा कतै न कतै कलंकित जस्तो भइरहेको छ । अचेल शिक्षकद्वारा बिद्यार्थीहरु र बिद्यार्थीहरुद्वारा शिक्षकहरुसाग दुब्र्यहार, मारपिट अनि अनुशासहीनताका खबरहरु प्रायः दिनदिनै जसो पढ्न, सुन्न पाइन्छ । आज यो शिक्षक दिवस मनाइरहँदा यस प्रकारको पीडादायी प्रबृत्तिलाई सुधार्ने दृढ संकल्प गर्दै धुमिल हुँदै गएको शिक्षकको आदर्श परम्परा तथा शिक्षालाई परिष्कृत, समाजोपयोगी एब) जीवनोपयोगी तुल्याउने र जिम्मेवार र असल नागरिक बनाउने कुरामा केन्द्रित हुन आवश्यक छ ।
बर्तमान समयमाा शिक्षकको भूमिका पहिलाभन्दा निकै बदलिएको नै किन नहोस्, अहिले पनि बिद्यार्थीको ब्यक्त्वि निर्माण गर्न महत्वपूर्ण र अनुलंघनीय जिम्मेवारी उत्तिकै महत्वपूर्ण अझ प्रासांगिक बनेको छ । किनभने सर्बतोमुखी योग्यताको अभिबृद्धि बिना युग सापेक्षरुपमा हिड्न र आफुलाई टिकाइराख्न पनि कठिन हुनजान्छ । त्यसैले शिक्षकले पनि आफैलाई उन्ननय गर्दै र बिद्यार्थीहरुलाई पनि त्यसतर्फ प्रोत्साहित र अभिप्रेरित गर्ने भूमिका अझ राम्ररी खेल्न सक्छन् । किनभने आजको शिक्षाले सबै कुरा गर्न सक्ने सामथ्र्य समाजलाई दिनु पर्दछ । यस्तो ब्यक्तित्व निर्माण गर्ने कार्य वास्तवमा शिक्षककै नै हो । भारतका एक बिचारक स्वामी बिबेकानन्दले भनेका पनि छन् कि– ‘सर्बांगीण बिकासको अर्थ हृदयले बिशाल, मनले उच्च र कर्मले महान ब्यक्तित्वको बिकासका लागि शिक्षकले आचार, संस्कार, ब्यबहार तथा बिचार यी सबै कुराको परिमार्जन गर्ने प्रयत्न निरन्तर जारी राख्नु पर्दछ’ । उनी त्यसै गर्ने गर्दथे नै ।
यस सम्वन्धमा भारतका मिशाइल म्यान भनेर चिनिने सादगी र सरलताका धनी पूर्ब राष्ट्रपति ए.पी.जे. अब्दुल कलामले भनेका थिए – ‘यदि कुनै देश भ्रष्टाचार मुक्त र सुन्दर मस्तिष्क भएको राष्ट्र बनेको छ भने मलाई सबैभन्दा बढी के लाग्छ भने त्यसका लागि तीन प्रमुख सामाजिक सदस्य छन्, जसले केही भिन्नता या परिबर्तन ल्याउन सक्छन् । ती हुन् – माता, पिता र शिक्षक । बास्तवमा अब्दुल कलामको यो उक्ति बिश्वमा शिक्षकहरुको प्रभावको प्रतीक जस्तै छ । ब्यक्तित्व निर्माणको कार्य एउटा अत्यन्तै कठिन कार्य हो नै । त्यस्तो असल ब्यक्तित्व निर्माण गर्न निःस्वार्थी र जागरुक शिक्षकले मात्र सक्दछन् । हाम्रा प्राचीन शास्त्रहरुमाा पनि ‘सा बिद्या या बिमुक्तये’ भन्ने कुरा प्रष्ट पारिएको पाइन्छ । त्यसको अर्थ हो जुन शिक्षाले अज्ञाताको अँध्यारोबाट मुक्ति दिन्छ त्यही नै शिक्षा हो । त्यो मुक्ति आजको अर्थमा भन्ने हो, राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक हरेक पक्षमा जुन बिद्रूपता छ, जसले समालाई जोड्ने होइन तोड्ने काम गर्दछ, जसले राष्ट्रियता, राष्ट्रिय सार्वभौमिकतामाथि खलल पुर्याउँदछ, जसले गरीबी, अभाव, असुरक्षा र असमानतालाई कायम राख्छ र बढावा दिन्छ त्यसबाट मुक्तिको ठोस ज्ञान नै शिक्षा हो । यस प्रकारको शिक्षा नीति र शिक्षा प्रणाली तथा शिक्षकले मात्र बिश्वलाई चाहिने असल, उन्नत र सुसँकृत ज्ञानले सुसज्जित नागरिक बनाउन सक्तछ र ‘बशुधैब कुटुम्बकम्’ भन्ने कुरालाई सार्थक र जीवन्त तुल्याउन सक्दछ । त्यसको लागि आजको शिक्षामा आमूल परिबर्तन अर्थात क्रान्ति चाहिएको छ । शिक्षक दिवसले यही सत्प्रेरणा देओस् र समाजलाई सबै किसिमले सम्पन्न र सुन्दर बनाउन भूमिका खेल्ने शिक्षक, शिक्षण र शिक्षार्थीको समन्वय गर्न सकोस् ।