आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बिश्व शिक्षक दिबस र आज बहन गर्नुपर्ने गुरुत्तर दायित्व

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

– लोकनारायण सुबेदी

चौतर्फी समाजको निर्माणमा गरुत्तर दायित्व हुन्छ शिक्षकको । उनीहरुको काँधमाथि नै बिश्वको उन्नत भबिष्य निर्माण गर्ने जिम्मेवारी रहेको हुन्छ । यसै कुरालाई ध्यानमा राखेर संयुक्त राष्ट्र संघको महत्वपूर्ण बिश्व इकाई संयुक्त राष्ट्र शैक्षिक, बैज्ञानिक तथा सास्कृतिक संगठन (यूनेस्को)ले बिश्व शिक्षक दिवस मनाउने आरम्भ ५ अक्टोबर १९९५ बाटा आरम्भ गरेको हो । यसको उदेश्य बिश्वभरीका शिक्षकहरुद्वारा बिश्वका झण्डै दुइ अर्ब पच्चास करोड बाल बच्चाहरुको जीवनको आधार निर्माण गर्ने महत्वपूर्ण योगदानमाथि बिचार बिमर्श गर्नु रहेको छ । बिश्वका कतिपय देशहरु प्राचीन समयमा पनि शिक्षाका ठूला केन्द्रहरु बनेका थिए । तिनले बिश्वलाई सही दिशाबोध पनि गराएको हामी पाउँदछौं ।

आजको युग त आर्थिक दौडधूप, हिंसा, आतंक र युद्धको युग जस्तो बनेको छ । यस्तो युगमा त झन शिक्षकको भूमिका अत्यन्तै महत्वपूर्ण बन्न जान्छ । किनभने शिक्षककले बिद्यार्थीलाई ज्ञान मात्रै दिने होइन, उनीहरुका लागि जीवनमा चाहिने आवश्यक कौशल पनि सिकाउँदछन् । नैतिक मूल्य तथा शान्तिपूर्ण जीवन यापनका बारेमा पनि सम्झाउने बुझाउने गर्दछन् जसले गर्दा बिद्यार्थीहरुलाई असल नागरिक बन्न अभिप्रेरणा मिल्दछ । एकजना शिक्षाबिद् डा. एएस अल्टेकरले लेखेका छन् –‘शिक्षाको प्रकाश र शक्ति एउटा यस्तो श्रोत हो, जसले हाम्रो शारीरिक, मानशिक, भौतिक तथा बैचारिक शक्ति र क्षमतालाई निरन्तर सामञ्जस्यपूर्ण र सन्तुलित बिकास गरेर हाम्रो स्वभावलाई परिबर्तित तुल्याउँदछ र उत्कृष्ट बनाउँदछ । नोबेल पुरस्कारले बिभूषित बिश्व प्रसिद्ध राजनेता नेल्सन मण्डेलाले भनेका छन् – ‘संसारमा शिक्षा नै सबैभन्दा शक्तिशाली हतियार हो, जसले संसारलाई बदल्न सक्तछ’ ।

आजको ‘बिश्व ग्राम’को जमानमा त सारा संसारकै लागि एउटै किसिमको शिक्षा प्रणाली हुनुपर्ने कुरा पनि उठिरहेको छ । यो स्वभाबिक कुरा पनि होइन । संयुक्त राष्ट्र संघकााा पूर्ब महासचिव डा. कोफी अन्नानले भनेका थिए –‘मानब इतिहासमा बिसौं शताब्दी सबैभन्दा रक्तरञ्जित र हिंसाको शताब्दी रह्यो । त्यो शताब्दीमा दुइटा त बिश्व युद्ध नै भए । हिरोशिमा र नागाशाकीमा दुइट परमाणु बमको हमला तथा बिभिन्न युद्धहरुको बिनाशलीलाको ताण्डब संकुचित राष्ट्रियताको कारण चल्यो । अहिले पनि बितेको डेढ बर्षदेखि युक्रेन युद्ध चलिरहेको छ । यी सबैका लागि सबैभन्दा बढी हाम्रो आजको शिक्षा नीति दोषी छ भन्ने बिज्ञहरुले उल्लेख गरिरहेका छन् । बिश्वका सबै देशहरुले आ–आफ्ना देशका बिद्यार्थीहरुलाई बिद्यालयहरुमा देश प्रेमको कुरा धेरथोर सिकाउने त गर्दछन् । तर शिक्षाको माध्यमले सारा बिश्वलाई नै प्रेम गर्नुपर्ने कुरा सिकाउदैनन् । तर बिश्व सुरक्षित रह्यो भने न देशहरु पनि सुरक्षित रहलान्, ब्यक्तिहरु पनि सुरक्षित रहलनान् ।

बास्तवमा आजको शिक्षा एउटा मिशन नभएर कमाउने ब्यवसाय बने बनाइएको छ । शिक्षक तथा शिक्षालयहरु आफ्नो ज्ञानको लिलामी गर्न थालेका छन् । बर्तमान बिश्व परिप्रेक्षलाई हेर्ने हो भ ने गुरु–शिष्यको परम्परा कतै न कतै कलंकित जस्तो भइरहेको छ । अचेल शिक्षकद्वारा बिद्यार्थीहरु र बिद्यार्थीहरुद्वारा शिक्षकहरुसाग दुब्र्यहार, मारपिट अनि अनुशासहीनताका खबरहरु प्रायः दिनदिनै जसो पढ्न, सुन्न पाइन्छ । आज यो शिक्षक दिवस मनाइरहँदा यस प्रकारको पीडादायी प्रबृत्तिलाई सुधार्ने दृढ संकल्प गर्दै धुमिल हुँदै गएको शिक्षकको आदर्श परम्परा तथा शिक्षालाई परिष्कृत, समाजोपयोगी एब) जीवनोपयोगी तुल्याउने र जिम्मेवार र असल नागरिक बनाउने कुरामा केन्द्रित हुन आवश्यक छ ।

बर्तमान समयमाा शिक्षकको भूमिका पहिलाभन्दा निकै बदलिएको नै किन नहोस्, अहिले पनि बिद्यार्थीको ब्यक्त्वि निर्माण गर्न महत्वपूर्ण र अनुलंघनीय जिम्मेवारी उत्तिकै महत्वपूर्ण अझ प्रासांगिक बनेको छ । किनभने सर्बतोमुखी योग्यताको अभिबृद्धि बिना युग सापेक्षरुपमा हिड्न र आफुलाई टिकाइराख्न पनि कठिन हुनजान्छ । त्यसैले शिक्षकले पनि आफैलाई उन्ननय गर्दै र बिद्यार्थीहरुलाई पनि त्यसतर्फ प्रोत्साहित र अभिप्रेरित गर्ने भूमिका अझ राम्ररी खेल्न सक्छन् । किनभने आजको शिक्षाले सबै कुरा गर्न सक्ने सामथ्र्य समाजलाई दिनु पर्दछ । यस्तो ब्यक्तित्व निर्माण गर्ने कार्य वास्तवमा शिक्षककै नै हो । भारतका एक बिचारक स्वामी बिबेकानन्दले भनेका पनि छन् कि– ‘सर्बांगीण बिकासको अर्थ हृदयले बिशाल, मनले उच्च र कर्मले महान ब्यक्तित्वको बिकासका लागि शिक्षकले आचार, संस्कार, ब्यबहार तथा बिचार यी सबै कुराको परिमार्जन गर्ने प्रयत्न निरन्तर जारी राख्नु पर्दछ’ । उनी त्यसै गर्ने गर्दथे नै ।

यस सम्वन्धमा भारतका मिशाइल म्यान भनेर चिनिने सादगी र सरलताका धनी पूर्ब राष्ट्रपति ए.पी.जे. अब्दुल कलामले भनेका थिए – ‘यदि कुनै देश भ्रष्टाचार मुक्त र सुन्दर मस्तिष्क भएको राष्ट्र बनेको छ भने मलाई सबैभन्दा बढी के लाग्छ भने त्यसका लागि तीन प्रमुख सामाजिक सदस्य छन्, जसले केही भिन्नता या परिबर्तन ल्याउन सक्छन् । ती हुन् – माता, पिता र शिक्षक । बास्तवमा अब्दुल कलामको यो उक्ति बिश्वमा शिक्षकहरुको प्रभावको प्रतीक जस्तै छ । ब्यक्तित्व निर्माणको कार्य एउटा अत्यन्तै कठिन कार्य हो नै । त्यस्तो असल ब्यक्तित्व निर्माण गर्न निःस्वार्थी र जागरुक शिक्षकले मात्र सक्दछन् । हाम्रा प्राचीन शास्त्रहरुमाा पनि ‘सा बिद्या या बिमुक्तये’ भन्ने कुरा प्रष्ट पारिएको पाइन्छ । त्यसको अर्थ हो जुन शिक्षाले अज्ञाताको अँध्यारोबाट मुक्ति दिन्छ त्यही नै शिक्षा हो । त्यो मुक्ति आजको अर्थमा भन्ने हो, राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक हरेक पक्षमा जुन बिद्रूपता छ, जसले समालाई जोड्ने होइन तोड्ने काम गर्दछ, जसले राष्ट्रियता, राष्ट्रिय सार्वभौमिकतामाथि खलल पुर्याउँदछ, जसले गरीबी, अभाव, असुरक्षा र असमानतालाई कायम राख्छ र बढावा दिन्छ त्यसबाट मुक्तिको ठोस ज्ञान नै शिक्षा हो । यस प्रकारको शिक्षा नीति र शिक्षा प्रणाली तथा शिक्षकले मात्र बिश्वलाई चाहिने असल, उन्नत र सुसँकृत ज्ञानले सुसज्जित नागरिक बनाउन सक्तछ र ‘बशुधैब कुटुम्बकम्’ भन्ने कुरालाई सार्थक र जीवन्त तुल्याउन सक्दछ । त्यसको लागि आजको शिक्षामा आमूल परिबर्तन अर्थात क्रान्ति चाहिएको छ । शिक्षक दिवसले यही सत्प्रेरणा देओस् र समाजलाई सबै किसिमले सम्पन्न र सुन्दर बनाउन भूमिका खेल्ने शिक्षक, शिक्षण र शिक्षार्थीको समन्वय गर्न सकोस् ।

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

७ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक