धनगढी । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ।
जयपृथ्वी नगरपालिका–११ स्थित ओखरकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको प्रहरीको भनाइ छ।
उनी बाटोमा हिँडिरहेका बेला भूकम्पले पहिरो आएपछि च्यापिएको बताइएको छ। त्यस्तै, भूकम्पमा परी एक दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ। भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने दर्जनौँ भौतिक संरचना भत्किएका छन्।