कपिलवस्तु । कपिलवस्तु प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको साढे ६ क्युन्टल भन्दा बढि रक्त चन्दन जस्तै देखिने काठ सहित ८ जनालाई नियन्त्रणमा लिएको छ।
लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु बाट प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापा कमाण्डमा खटिएको प्रहरी टोलीले कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १ पत्थर कोटमा रक्त चन्दन जस्तो देखिने काठ, २ वटा गाडी र ८ जनालाई आईतावार बिहान ५ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
विशेष सूचनाका आधारमा प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाको टोली ३ दिन देखि यही काममा लागेको थियो। सो काठको तौल ६ हजार ५३ किलो १५० ग्राम रु १,६३०००००/- ( एक करोड त्रिसाठ्ठी लाख ) बराबर रहेको प्रहरी नायब उपरिक्षक थापाले बताए। ६ हजार ५३ किलो १५० ग्राम रु १,६३०००००/- ( एक करोड त्रिसाठ्ठी लाख ) बराबरको रक्त चन्दन जस्तै देखिने काठ ८ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई मानिस, सवारी साधन सहित अवश्यक कार्यवाहीका लागी डिभिजन बन कार्यालय तौलिहवा, कपिलवस्तु पठाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।