बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जसपाको सिरहा सहइन्चार्जमा विष्णुकुमार साह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने भएको छ । पार्टीको केन्द्रीय कमिटी, कार्यकारिणी समिति, राजनीतिक समिति, संघीष परिषद्लगायतका संगठन छन् । तर हालसम्म जसपाले केन्द्रीय समितिमा पदाधिकारी चयन गर्न सकेको छैन ।

पदाधिकारी चयन गर्ने काम महाधिवेशनबाटै हुने जसपाका प्रवक्ता मनिष सुमनले बताए । उनले भने, ‘छठलगत्तै पार्टीको महाधिवेशन गर्ने तयारी छ, अब पदाधिकारी चयन गर्ने कार्य त्यही महाधिवेशनबाट हुनेछ ।’

महाधिवेशनले एक जना अध्यक्ष, एक जना सहअध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना उपमहासचिव, सात जना सचिव र एक जना कोषाध्यक्ष चयन गर्ने पार्टीको विधानमा उल्लेख छ ।

हालसम्म अध्यक्ष, संघीय परिषद् अध्यक्ष र एक जना वरिष्ठ नेतामात्र पदाधिकारीका रुपमा छन् । कार्यकारिणी समिति गठन भइसकेको छ । त्यसमा संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षसहित केन्द्रीय समितिबाट निर्वाचित ११ जना सदस्य रहने प्रावधान रहेकाे छ । तर अहिलेको केन्द्रीय कार्यकारिणी समितिमा संघीय परिषद्का अध्यक्ष, पार्टी अध्यक्ष तथा वरिष्ठ नेतासहित बाँकी सबै जना केन्द्रीय सदस्य छन् ।

पदाधिकारी चयनका लागि पार्टीमा आन्तरिक छलफल नभएको होइन, तर त्यसका लागि आकांक्षी धेरै देखिएका कारण विवाद हुने डरले पदाधिकारी चयन गर्न नसकिरहेको जसपाका एक कार्यकारिणी सदस्यले बताए । ‘सर्वसम्मतबाट पदाधिकारी चयन गर्ने सम्भावना कम छ,’ उनले भने, ‘महाधिवेशनबाट नै चयन गर्नेगरी पार्टीभित्र छलफल भइरहेको छ ।’

प्रत्येक पाँच वर्षभित्र महाधिवेशन गर्ने विधानमा उल्लेख छ । मधेशी जनअधिकार फोरम नेपाल पार्टी बनेपछि एक पटकमात्र महाधिवेशन भएको छ । मधेशी जनअधिकार फोरम यो बिचमा विभिन्न दलसँग एकीकरण गर्दै पछिल्लो समय जसपा नेपालका रुपमा सक्रिय छ । पार्टी एकीकरणपछि पटकपटक महाधिवेशनको मिति तय भए पनि कहिल्यै महाधिवेशन भएन ।

यस पटक चैतभित्र जसरी पनि महाधिवेशन गरिसक्नुपर्ने बताइएको छ । महाधिवेशनको मिति भने तोकिएको छैन । प्रवक्ता सुमनले भने, ‘केन्द्रीय समितिको बैठकले चाँडै नै मिति तोक्ला, तर छठपछि महाधिवेशन गर्ने पार्टीभित्र अनौपचारिक छलफल भइरहेको छ ।’

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

३ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक