शुक्र, भदौ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

माथिको शीर्षक हाल नेपालमा रहेको प्रचलित धारणाभन्दा फरक छ । सबैले विद्यालयमा राजनीतिको शब्द नै सुन्न नचाहिरहेको अवस्थामा मैले भने किन विद्यालय राजनीतिबारे बुझ्ने थलो बन्नुपर्छ भन्ने आशयले यो लेख लेखेको हुँ । हालै काठमाडौंमा हामीले शिक्षकहरुले विभिन्न माग राखेर आन्दोलन गरेको देखेका छौं । विद्यालय नै ठप्प पारी शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । राज्यले शिक्षासम्बन्धी नयाँ विधेयक संसदमा ल्याएपछि त्यसका विरुद्धमा शिक्षकहरुले आन्दोलन गरेका हुन् ।

नयाँ विधेयकले स्थानीय तहलाई शिक्षा र शिक्षकसम्बन्धी तजबिजी अधिकार दिएको र त्यसो हुनुहुँदैन भन्ने उनीहरुको प्रमुख माग थियो । त्यहीकारण उनीहरु देशैभरबाट जम्मा भएर आन्दोलनमा उत्रिएका थिए । तर, कतिपयले भने उनीहरुलाई शिक्षाको नाममा राजनीतिक गरेको आरोप लगाएका छन् । कतिपयले भने विद्यालयमा राजनीति बन्द गर्नुपर्ने धारणा राखेका छन् । विद्यालय होस् वा कलेज तथा विश्वविद्यालय, यहाँ शिक्षाबाहेक राजनीति गर्ने, राजनीतिक दलका कार्यक्रममा बढी सरिक हुने र विद्यार्थीको चौपट पार्ने राजनीतिको पक्ष मैले लिन खोजेको होइन । तर, यसको अर्थ यो होइन कि विद्यालयमा राजनीतिको बारेमा चर्चा नै गर्नुहुन्न पनि भन्न खोजेको होइन । राजनीति भनेको सबै नीतिमध्येको प्रमुख नीति हो ।

राजनीति समाजका सबै क्षेत्रमा जोडिएको हुन्छ । त्यसैले चाहेर पनि कोही यसबाट अछूतो रहन सक्दैन । त्यसैले विद्यार्थीले पनि देशको राजनीतिबारे विद्यालय तहबाट जानकारी राख्नु आवश्यक हुन्छ । विद्यालयमा राजनीतिको सिकाइ झन् अनिवार्य छ । नत्र राजनीति सिक्ने ठाउँ कहाँ हो ? राजनीति अभ्यास गर्ने ठाउँ कहाँ हो ? नैतिक आचरण सिक्ने ठाउँ कहाँ हो ? भ्रष्टाचार गर्नु हुँदैन भनेर सिक्ने ठाउँ कहाँ हो ? यी सबै सिक्ने ठाउँ विद्यालय नै हैन र ? विद्यालयमा विद्यार्थीको संगठन बनाउनु , देशको राजनीति, सरकार तथा संसद् सञ्चालनको प्रक्रिया, विकास, निर्माणको तौरतरिकाबारे गतिविधि सञ्चालन हुनुपर्छ । यसबाट उनीहरु देशको राजनीतिप्रति आकर्षित हुनुका साथै देशमा भएको अविकास र राजनीतिक भद्रगोलबारे पनि जानकार हुनेछन् । साथै, यस्तो क्रियाकलापले राम्रो र योग्य नेतृत्व विकासमा पनि टेवा पुग्नेछ । नेपालमा यिनै उद्देश्यलाई लिएर विभिन्न दलका भातृसंगठनका रु पमा भातृ संगठन पनि सञ्चालनमा छन् । तर, उनीहरु आफ्नो शैक्षिक संस्था तथा विद्यार्थीको समस्याभन्दा पनि विद्यार्थी राजनीतिलाई केन्द्रीय राजनीतिमा जाने भ¥याब बनाउने गलत अभ्यासमा छन् । यसलाई राजनीतिक दलहरुले पनि संरक्षण र प्रयोग गरिरहेका छन् । राजनीतिक दलहरुलाई आफ्नो स्वार्थका लागि विरोध प्रदर्शन गर्नुपर्ने अवस्थामा भातृ संगठनलाई प्रयोग गर्ने गरेका छन् ।

विद्यार्थी संगठनका नेता तथा कार्यकर्ता पनि सही गलत नछुट्याई राजनीतिक दलको विरोध कार्यक्रममा सहभागी हुने गरेका छन् । यसले समग्र विद्यार्थी संगठनप्रति नकारात्मक बुझाइ बढेको छ । विदेशका कलेज तथा विश्वविद्यालयमा पनि विद्यार्थीको संगठन छन् । केही विश्वविद्यालयमा नेपाली विद्यार्थी पनि त्यस्ता संगठनको अध्यक्ष बनेका छन् । के नेपालमा जस्तै त्यहाँको विश्वविद्यालयको विद्यार्थी संगठनको अध्यक्ष हुनु त्यहाँको राजनीतिमा प्रवेश पाउने खुड्किला हो त ? अहँ त्यहाँ त्यसो हुँदैन । विद्यार्थी संगठनको अध्यक्ष पहिला आफ्नो शैक्षिक संस्थाको शैक्षिक वातावरणका लागि जिम्मेवार हुन्छ । विद्यार्थीको समस्याका लागि जिम्मेवार हुन्छ । शैक्षिक संस्थामा देखिने समस्या, विद्यार्थीका गुनासा, अध्ययनअध्यापन, पाठ्यक्रमलगायत विषयमा उनीहरुले काम गर्नुपर्ने हुन्छ । तर, नेपालमा भने विद्यार्थी संगठन अध्यापक कुट्ने, पेट्रोलको मूल्यवृद्धि हुँदा आन्दोलनमा कुद्ने र आफ्नो माउ राजनीतिक दलले बोलाएको ठाउँमा पुगेर विरोधमा प्रदर्शनमा सहभागी हुने गतिविधि गर्दै आएका छन् ।

विश्वविद्यालय र यस अन्तर्गतका कलेजहरुमा पठन पाठनको स्तर तोक्न, सक्षम गुरुहरुको नियुक्ती गर्न, पूर्णकालीन गुरुहरुलाई पूर्ण समय काममा लाग्न, अन्यत्र जिल्लाबाट आएका साथीहरुको लागि छात्रावासको व्यवस्था गर्न, पढाईका अतिरिक्त मनोरञ्जन र खेलकुदका कार्यक्रम नियमित गर्न, कुनै पनि बहानामा हुने बन्द र हडतालको प्रभाव शिक्षामा पर्न नदिन जस्ता सकारात्मक कामहरुमा विद्यार्थी संगठनहरुले कसरत गर्ने हो भने उनीहरुको औचित्यमाथि प्रश्न उठाउनु कुनै पनि हालतमा युक्तिसंगत हुंदैन । समाजको वैकल्पिक चेत निर्माणका लागि हामीले कसरी काम गर्ने हो, हामीले भोलिको नेतृत्व कसरी उत्पादन गर्ने भन्नेबारे उनीहरूले माउ पार्टीसँगै जवाफ माग्नुपर्छ । सीप कसरी सिकाउने, विद्यार्थीलाई व्यावहारिक ज्ञानतर्फ कसरी जोड्ने भनेर छलफल गर्ने थुप्रै विषयहरू छन् । विश्वविद्यालयबाट स्वतन्त्र विद्यार्थी युनियनमार्फत् आफ्नो राजनैतिक यात्रा सुरु गरेका अहिलेको राजनैतिक नेतृत्वमा हुनेहरूले खुला समाज निर्माण गर्न ठुलो भूमिका खेलेका छन् । अब विद्यार्थी युनियनमार्फत नयाँ राजनैतिक यात्रा सुरु गर्नेले विश्वविद्यालयमा विद्यार्थीहरूबीच आफ्नो हकहितको अलवा समग्र शिक्षा क्षेत्रको गुणस्तर वृद्धिको लागि ठोस योजनासहित प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गर्नुपर्छ ।

किनकी हामी अब खुला समाजमा छौं । यसले गर्दा कुशल राजनैतिक नेतृत्व विकास भई भोलिको दिनमा देशलाई पनि सही तरिकाबाट कुशल नेतृत्व दिन सकियोस् । विद्यार्थी नेताहरूले विशुद्ध विद्यार्थी हकहितको र समग्र शिक्षा क्षेत्रको गुणस्तर वृद्धिको लागि आफ्नो योगदान समाहित गर्नुपर्दछ । यो भए विद्यार्थीहरूले पेशाप्रतिको निष्ठा, इमान्दारिता र जवाफदेहिता आफ्नो अध्ययनकालमै सिक्ने र बुझ्ने मौका पाउँछन् । हाम्रा यिनै उत्पादनले नै हो, भोलि राज्यका स्थानहरू लिने । त्यसैले व्यवसयीकरणको सही अर्थमा विकास होस् । -जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

१ हप्ता अगाडि

प्रधानमन्त्री–राजदूत भेटवार्ताको संकेत र अबको बाटो

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वर्षाको गतिविधि बढ्ने सम्भावना

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

चेक बाउन्स मुद्दामा पक्राउ परेका रिहा

रास्वपाको केन्द्रीय समितिको बैठक जारी

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक