बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम के.सी.लाई मनोनयन गर्ने निर्णय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई दिन कन्क्लेभ गर्न लागिएको हो ।

पार्टीको अर्थनीतिसम्बन्धी कन्क्लेभ सुवर्ण शमशेरको स्मृति दिवसको अवसरमा कात्तिक २४ गते गर्न लागिएको हो ।

महामन्त्री गगन थापाका अनुसार दुई दिने कन्क्लेभको एक दिनको मात्रै टुंगो लागेको छ । अर्को एक दिन कात्तिक २३ वा २५ मध्ये एक हुनेछ । सुवर्ण शमशेर बजेट प्रस्तुत गर्ने नेपालको पहिलो व्यक्ति समेत हुन् । उनले बजेट प्रस्तुत २००८ माघ १९ मा गरेका थिए ।

कांग्रेसका पहिलो अर्थमन्त्री समेत रहेका सुवर्ण शमशेरको स्मृतिलाई कांग्रेसले अर्थनीतिसँग जोडेर कार्यक्रम गर्न लागेको हो । ‘इकोनोमी कन्क्लेभ’ मा अर्थविदले आर्थिक नीतिका बारेमा विभिन्न आयामवारे कार्यपत्र प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ ।

पार्टीले विगतमा लिएका आर्थिक नीति, उपलब्धि, अवको बाटो लगायतमा छलफल गरिने महामन्त्री थापाले जानकारी गराए । आर्थिकको अहिलको संकटका कारणहरु खोज्ने बताए । केन्द्रमा हुने बहस गम्भिर सैद्धान्तिक विषयमा हुने थापाले जानकारी दिए ।

२०४६ सालपछि आर्थिकको पक्षमा कांग्रेसले अंगालेको नीति कति ठीकरकति बेठीक विषयमा पनि छलफल हुनेछ । ‘हामी कहाँ चुक्यौं, समीक्षा गर्छौं । अगाडीको बाटो खोज्छौं । अहिलेको समसामयिक विषयमा पनि छलफल गर्छौं,’ थापाले भने ।

कांग्रेसले केन्द्रमा मात्रै अर्थनीतिको चर्चा नगरि तल्लो तहमा पनि बहस गर्ने भएको छ । सातवटै प्रदेश र सबै पालिकामा अर्थनीति माथि छलफल गरिने महामन्त्री थापा बताउँछन् ।

तल्लो तहमा हुने कार्यक्रममा स्थानीय उद्यमीलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ । महामन्त्री थापा भन्छन्, ‘त्यहाँको आर्थिक अवस्था र सम्भावनाको विषयमा छलफल गर्छौं ।’

इकोनोमी कन्क्लेभको पहिलो दिनमा अर्थतन्त्रको समसायिक अवस्थामा बहस हुनेछ भने दोस्रो दिनमा सैद्धान्तिक पक्षमा छलफल हुनेछ । अर्थतन्त्रका विभिन्न पाटामा फरक फरक सेसनमा छलफल तथा अन्तक्रिया राखिने भएको छ ।

अर्थनीति माथिको छलफल तथा बहसमा अर्थविज्ञ, पूर्वअर्थमन्त्रीहरु, नियामक निकायका पदाधिकारीहरु, उद्योगी, व्यवसायी लगायतलाई आमन्त्रण गरिने भएको छ । अर्थतन्त्र भित्रका विभिन्न पक्षमा छलफल गर्न वक्ता र सहजकर्ताहरु तोकिने भएको छ । विषय विज्ञसँग गरिने छलफल तथा अन्तक्रिया सेसनको सहजीकरणको भूमिकामा पार्टी नेताहरु पनि हुनेछन् ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

३ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक