बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

८४ वर्षे वरिष्ठ फोटोग्राफर श्रीधरलाल मानन्धर सम्मानित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
८४ वर्षे वरिष्ठ फोटोग्राफर श्रीधरलाल मानन्धर सम्मानित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । वरिष्ठ फोटोग्राफर श्रीधरलाल मानन्धर सम्मानित भएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आफ्नो २६औँ वार्षिक साधारणसभाको अवसरमा ८४ वर्षे मानन्धरलाई ‘वरिष्ठ फोटो पत्रकार’का रूपमा सम्मान गरेको हो । काठमाडौंको तीनकुनेमा शनिबार साँझ आयोजित कार्यक्रमममा वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले दोसल्ला ओढाएर फोटोग्राफर मानन्धरलाई सम्मान गरे ।

१० वर्षको उमेरमै क्यामेरा भिरेका मानन्धरले झण्डै सात दशक फोटो खिचेका थिए । मानन्धरले २००७ सालदेखि २०७० सम्म फोटोग्राफी गरेका थिए । कला, संस्कृति, खेल, व्यापारिकदेखि प्रेस फोटोग्राफीसम्ममा उनको लामो अनुभव छ । यस अवधिमा उनले नेपाली फोटोकारितामा नयाँ आयामहरू भित्र्याएका वरिष्ठ फाेटाे पत्रकार विकास राैनियार बताउँछन् ।

उनका अनुसार, १९७० को दशकमा नेपालमा रंगीन फोटो खिच्ने व्यक्ति श्रीधरलाल नै थिए । १० वर्षअघि प्यारालाइसिस भएपछि उनी चाहेर पनि क्यामेरा चलाउन नसक्ने भएका छन् । एनएफपीजेको सम्मान ग्रहण गर्न उनी आफ्ना नातीको सहयोगमा कार्यक्रम स्थलमा पुगेका थिए । यसैगरी, राम गुरुङ, शेखर चौलागाईं र प्रवीण श्रेष्ठ पनि एनएफपीजे ‘वरिष्ठ फोटो पत्रकार सम्मान’बाट सम्मानित भए । उनीहरूलाई वन तथा वातावरणमन्त्री महतोले दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री महतोले फोटोकारितामार्फत नेपालको सर्वपक्षीय प्रचार र खबरदारी गर्ने फोटो पत्रकारहरूलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए । विशिष्ट अतिथिका रूपमा पुगेका सांसद रामहरि खतिवडाले नेताको घण्टौं लामो भाषणभन्दा फोटो पत्रकारको एउटै फोटोले सशक्त कथा भन्ने बताए ।

एनएफपीजेका वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रमका सभापति सुशील श्रेष्ठले फोटोग्राफीका हस्तीहरूलाई सम्मान र अनुजहरूलाई प्रोत्साहन गर्दै जाने नीति संस्थाको रहेको बताए । कार्यबाहक महासचिव घनश्याम श्रेष्ठले अहिलेसम्म संस्थाले गरेका कामको समीक्षासँगै आगामी योजनाबारे प्रकाश पारेका थिए ।

यो पनि पढ्नुहोस्

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

१० घण्टा अगाडि
यस्ताे छ नवनियुक्त गृहमन्त्रीकाे निर्णय

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक