बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विप्लव सीले आइपीएसमा प्रधान सेनापतिको सहभागिताप्रति विरोध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
विप्लव सीले आइपीएसमा प्रधान सेनापतिको सहभागिताप्रति विरोध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आइपीएसमा नेपाली सेनाका प्रधान सेनापतिको सहभागिताप्रति कडा आपत्ति जनाउँदै विरोध गरेका छन् ।

आइपीएसमा नेपाली सेनाका प्रधान सेनापतिको सहभागिताबारे वक्तव्य जारी गर्दै आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागितालाई कडा विरोध गर्दै यस्तो विध्वंकारी गठबन्धनमा सहभागि नबन्न सरकारलाई आग्रह गरेका छन् । महसचिव विप्लवले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा २०८० असोज ६ गते हिन्द प्रसान्त रणनीति (आइपीएस) को सम्मेलनमा भाग लिन गएको विषयले नेपाली जनतालाई एकदमै चिन्तित तुल्याएको भन्दै यसप्रति आफ्नो पार्टीको ध्यान गम्भीर ढङ्गले तानिएको बताएका छन् ।

उक्त घटनाबारे कडा आपत्ति जनाउँदै महासचिव विप्लवले सरकारकाे आधिकारिक धारणा सार्वजनिक गर्न माग समेत गरेका छन् । वक्तव्यमा भनिएको छ,‘आइपीएसको सम्मेलनमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा सहभागि बनेको विषयले ठूलो तरङ्ग पैदा गरेको छ ।

नेपाल सरकारका प्रधानमन्त्री चीन भ्रमणमा रहेका बेला कैयौं आर्थिक योजनामा सहमति बन्न नसक्नु तर गए साल एमसीसीलाई नेपाली जनताको असहमति विपरित संसद्बाट पास गर्नु र आइपीएस सम्मेलनमा यसरी सहभागि बन्नुले विश्व जगतमा नेपाल अमेरिकी गठबन्धनमा गएको भन्ने सन्देश जादैन र ! यसले नेपाली जनताको चाहना र नेपालको भू–राजनैतिक संवेदनशीलतालाई बोध गर्न नसकेको स्पष्ट हुन्छ ।

यस्तो गैरजिम्मेवार हर्कतले नेपाल र नेपाली जनतालाई अनावश्यक र अकल्पनीय क्षति पुुग्नेमा हाम्रो पार्टीले सबैलाई सचेत बनाउन चाहन्छ । साथै हाम्रो पार्टी आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागितालाई कडा विरोध गर्दै यस्तो विध्वंकारी गठबन्धनमा सहभागि नबन्न सरकारलाई माग गर्दछ ।’

विज्ञप्तीको पूरा पाठ-

आइपीएसमा प्रधान सेनापतिको सहभागिताबारे वक्तव्य नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा २०८० असोज ६ गते हिन्द प्रसान्त रणनीति (आइपीएस)को सम्मेलनमा भाग लिन गएको विषयले नेपाली जनतालाई एकदमै चिन्तित तुल्याएको छ । यसप्रति हाम्रो पार्टीको ध्यान पनि गंभीर ढङ्गले तानिएको छ । घटनाबारे आपत्ति जनाउँदै सरकारले आफ्नो आधिकारिक धारणा गरोस् भन्ने माग गर्न चाहन्छ ।

अमेरिकी सरकारको नेतृत्वमा गठन भएको हिन्द प्रसान्त रणनीति आक्रमक सैन्य गठबन्धन हो । यो अन्तराष्ट्रिय जगतमा निकै विवादित र आलोच्य छ । यसको प्रमुख लक्ष्य हिन्द प्रसान्त क्षेत्रमा अमेरिकी सैन्य नियन्त्रणलाई सुदृढ गर्ने, एसियामा आफ्नो प्रभुत्य बलियो बनाउने र चीनलाई घेर्ने छ । अमेरिकाले नेपलालार्ई पनि यो सैन्य गठबन्धनमा सहभागि गराउन बारम्बार दबाब दिदै आएको छ ।

नेपालको संसद्बाट लादिएको एमसीसी पनि यसैको हिस्सा बनाइएको छ । तर नेपाल हालसम्म यो गठबन्धनमा घोषित रुपले सहभागि बनेको ठानिदैन । नेपाली जनताको जब्बर मत नेपाल कुनै पनि अन्तराष्ट्रिय सैन्य गठबन्धनमा सहभागि बन्नु हुँदैन भन्ने रहेको प्रष्टै छ ।

सबै राजनैतिक पार्टी र नेपाल सरकारले पनि बेलाबेला आइपीएसमा सहभागि बन्न नसक्ने धारणा सार्वजनिक गर्दै आएका छन् । परन्तु सन् २०२३ को आइपीएसको सम्मेलनमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा सहभागि बनेको विषयले ठूलो तरङ्ग पैदा गरेको छ ।

नेपाल सरकारका प्रधानमन्त्री चीन भ्रमणमा रहेका बेला कैयौं आर्थिक योजनामा सहमति बन्न नसक्नु तर गए साल एमसीसीलाई नेपाली जनताको असहमति विपरित संसद्बाट पास गर्नु र आइपीएस संमेलनमा यसरी सहभागि बन्नुले विश्व जगतमा नेपाल अमेरिकी गठबन्धनमा गएको भन्ने सन्देश जादैन र ! यसले नेपाली जनताको चाहना र नेपालको भू–राजनैतिक संवेदनशीलतालाई बोध गर्न नसकेको स्पष्ट हुन्छ । यस्तो गैरजिम्मेवार हर्कतले नेपाल र नेपाली जनतालाई अनावश्यक र अकल्पनीय क्षति पुुग्नेमा हाम्रो पार्टीले सबैलाई सचेत बनाउन चाहन्छ ।

साथै हाम्रो पार्टी आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागितालाई कडा विरोध गर्दै यस्तो विध्वंकारी गठबन्धनमा सहभागि नबन्न सरकारलाई माग गर्दछ ।

।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

३ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक