बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कैदी फरार भएपछि जेलर विकलाई कारबाहीको लागि सिफारिस

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कैदी फरार भएपछि जेलर विकलाई कारबाहीको लागि सिफारिस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बर्दिया  । गत भदौ १७ गते बिहान जिल्ला कारागार, बर्दियाबाट फरार भएका कैदी बन्दी टोपे भनिने अजित बुढाक्षेत्री फरार भएको घटनाको सम्बन्धमा छानबिन टोलीले जेलर सन्तोष विकलाई कारबाहीको लागि सिफारिस गरेको छ ।

यसका साथै त्यस दिन खटिएका कारागारका सुरक्षा प्रमुखसहितका प्रहरीहरूलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण रिसालले अनुसन्धानको क्रममा जेलर विकको कमजोरी र हेलचेक्राईँ देखिएपछि कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको बताए । बर्दिया कारागारबाट जेलर विक सहित सबै सुरक्षाकर्मीलाई सरुवा गरिएको छ । विकको ठाउँमा जेलर काशी पंगेनीले कार्यभार सम्हालेको प्रजिअ रिसालले बताए ।

कर्तव्य ज्यान मुद्दाका कैदी बुढाक्षेत्री फरार भएको तीन साता बितिसक्दा पनि पक्राउ पर्न सकेका छैनन । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, बर्दियाबाट ३० वर्ष कैद सजाय पाएका बुढाक्षेत्रीलाई एक वर्ष कैद भुक्तानी नहुँदै नाइके बनाइएको थियो । उनलाई कारागारका प्रमुख सन्तोष विकको निर्देशनमा कारागार ऐन नियमविपरीत नाइके बनाएपछि शंकाको घेरामा परेका थिए ।

०७२ साल फागुन ५ गते ठाकुरबाबा नगरपालिका—८ का जोरा सिंह थापाको हत्या अभियोगमा बुढाक्षेत्री पक्राउ परेका थिए । ०७२ साल फागुन ३० गते पेसीका लागि जिल्ला अदालत, बर्दियामा ल्याउँदा शौच गर्ने बहानामा बुढाक्षेत्री हतकडीसहित फरार भएका थिए । भारतमा लामो समय लुकेर बसेका उनी बर्दिया आउँदा प्रहरीले ०७९ साल कात्तिक २१ गते पक्राउ गरेको थियो । र जिल्ला अदालत बर्दियाले हत्याका अभियुक्त बुढा क्षेत्रीलाई ३० वर्ष कैद सजाय गरेको थियो ।

कम्तीमा ५० प्रतिशत कैद भुक्तानी गरेका र चालचलन राम्रो भएकालाई नाइके बनाउने गरिए पनि जेलर विकले ३० वर्ष जेल सजाय पाएका फरार अभियुक्तलाई आफूखुसी प्रशासनलाई जानकारी नगराई पानी नाइके(भाई नाइके) बनाएको प्रजिअ रिसाल बताउँछन् । जिल्ला कारागारको पर्खाल नाघेर बुढा क्षेत्री भागेका थिए ।

त्यहाँ खटिएका प्रहरीले पर्खालमा लगाइएको तारजाली जीर्ण भएकाले मर्मत गर्न जेलर विकसँग आग्रह गर्दै आएका थिए । तर जेलर विकले तारजाली मर्मतमा वास्ता नगरेका कारण हत्याका अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए । साथै ३० वर्ष सजाय पाएका अभियुक्तलाई भाइ नाइके बनाउनु जेल प्रशासनको ठूलो कमजोरी भएको उनले बताए । जवकि उनी जेलमा बसेको सात महिना मात्रै पूरा भएको थियो ।

कैदी फरार भएपछि सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । कैदी बुढा क्षेत्री फरार भएपछि उनको गाउँ आसपासमा सुरक्षाको व्यवस्था कडा पारिएको छ ।

यो पनि पढ्नुहोस्

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

७ घण्टा अगाडि
यस्ताे छ नवनियुक्त गृहमन्त्रीकाे निर्णय

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक