वीरगन्ज / बाराको निजगढमा ११ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका–१२ बस्ने बर्ष ६० को राना साईला भन्ने सोम हादुर लुम्बा छन्।पक्राउ परेका उनले सोही स्थानका बोल्न नसक्ने ११ बर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका लुम्बालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।