बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

माओवादीको पत्रले नेसपाभित्र तरंग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
माओवादीको पत्रले नेसपाभित्र तरंग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / नेपाल समाजवादी पार्टीका कार्यकारी अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रले पार्टी एकताका लागि पठाएको पत्र हल्ला मात्र भएको निकट नेताहरूलाई बताएका छन् । पार्टी कामको सिलसिलामा भारत पुगेका उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले महीन्द्र राय यादवलाई लेखेको पत्रमा आशंका गर्दै हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

माओवादीको पत्रले नेसपाभित्र विवाद उत्पन्न भएको छ । भट्टराईका स्वकीय सचिव एवं नेसपा कार्यालय प्रमुख रोशन पोखरलले कार्यकारी अध्यक्ष भट्टराईको जानकारी नदिई पठाएको पत्रमाथि प्रश्न उठेको बताए । ‘हामीले सञ्चारमाध्यामबाट पार्टी एकताका लागि भन्दै पठाएको पत्रबारे थाहा पायौँ । माओवादी अध्यक्ष र महासचिवले लेखेको भनिएको पत्र प्राप्त भएको छैन,’ उनले भने, ‘कार्यकारी अध्यक्ष भट्टराईले पत्रको हल्लाको पछि नलाग्न निर्देशन दिनुभएको छ । उहाँ काठमाडौं फर्केपछि यसबारे आधिकारिक निर्णय गरिनेछ ।’

नेसपा अध्यक्ष रहेका यादव अहिले खानेपानी मन्त्री छन् । पोखरेलले पार्टीभित्र ‘चलखेल’ गर्न पत्र सार्वजनिक गरिएको दाबी गरे । ‘एकताका लागि पार्टीको तर्फबाट गंगानारायण श्रेष्ठको संयोजकत्वमा संवाद समितिले काम गरिरहेको छ । समितिले पार्टी एकताका लागि नौ बुँदे प्रस्ताव माओवादीलाई केही समय अघि पठाएको थियो,’ उनले भने, ‘पत्रको जवाफ आएको छैन । अहिले पार्टीभित्र अन्तरविरोध ल्याउन एकताका लागि पत्र सार्वजनिक गरिएको छ ।’ नेसपाका यादव पक्षलाई पार्टी प्रवेश गराउन सुटुक्क पत्र पठाइएको पोखरेलले टिप्पणी गरे ।

माओवादी केन्द्रीय कार्यालयले यादवलाई पठाएको पत्र आधिकारिक रहेको बताएको छ । ‘पत्र आधिकारिक हो,’ केन्द्रीय कार्यालयका एक सचिवले भने । माओवादी पदाधिकारी बैठकले साउन २५ मा पार्टी एकताका लागि गम्भीर छलफल गर्दै ‘कोष्ठकभित्र रहेको माओवादी केन्द्र’बारे आगामी महाधिवशेनमा खुला छलफल गर्न सकिने बताएको छ । ‘पार्टी एकता सम्बन्धमा गम्भीरताका साथ छलफल भयो र अन्तमा पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीका लागि पत्राचार गरिएको छ’ पत्रमा भनिएको छ ।

मन्त्री यादवले भने माओवादीले कार्यकारी अध्यक्ष भट्टराईलाई पनि पत्र पठाएको हुन सक्ने उल्लेख गर्दै एकताका लागि नेसपाले लेखेको ९ बुँदेको जवाफ आउनु सकारात्मक भएको बताए । ‘पार्टी एकताका लागि हाम्रो जवाफ पठाउनु सकारात्मक छ,’ उनले भने, ‘चुनावअघि नै नेकपा समाजवादी राख्ने समझदारीअनुसार माओवादी महाधिवेशनले निर्णय गरेपछि एकता हुने छ ।’ उनले नेसपाका उम्मेदवारले माओवादी चुनाव चिह्नबाट संघमा एक र प्रदेशमा दुई सांसद जितेको उल्लेख गर्दै संसदीय दल पनि माओवादी नै रहेको बताए । पत्रबारे आशंका गर्नुपर्ने कारण नरहेको उनको भनाइ छ । ‘एकता नचाहनेहरूले प्रश्न उठाएका होलान्,’ उनले भने, ‘पार्टीमा कुनै समस्या छैन ।’

आम निर्वाचनमा माओवादीको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडामा महीन्द्र राय यादवले सर्लाही २ बाट चुनाव जितेका थिए । पार्टी एकताका लागि वार्ता टोली संयोजक कृष्णबहादुर महरा र नेसपाबाट गंगानारायण श्रेष्ठ छन् । मंसिरमा भएको आम निर्वाचनअघि माओवादी र नेसपाबीच एकता गर्ने अनौपचारिक समझदारी भएको थियो । पार्टीको नाम नेकपा समाजवादी राख्न सहमति भएको नेसपा अध्यक्ष बाबुराम भट्टराईले कान्तिपुरसँग बताएका थिए । उनले निर्वाचन परिणाम आइसकेपछि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकतामा चासो नदिएको आरोप लगाउँदै आएका छन् ।

माओवादी चुनाव चिह्नमा नेसपाका एक संघीय सांसद र दुई प्रदेश सांसद छन् । पछिल्लो समय दाहाल र भट्टराईबीच सम्बन्ध टाढिँदै गएको बेला माओवादीले यादवलाई पार्टी एकता भन्दै पत्र लेखेको छ । माओवादी एकीकृत समाजवादी, जनता समाजवादी र नेकपा (चन्द) मिलेर घोषणा भएको समाजवादी मोर्चाबाट भट्टराईलाई बाहिर राखिएको थियो । त्यसपछि भट्टराई आक्रोशित हुँदै देशव्यापी अभियान चलाउने निर्णयमा पुगेका थिए

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

२ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक