बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

अखिल (छैठौं) ले शिक्षा विधेयक जलाउने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अखिल (छैठौं) ले शिक्षा विधेयक जलाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ ।अखिल (छैठौँ) ले असोज २ गते मङ्गलबार सरकारले हालै संसद्मा प्रस्तुत गरेको विद्यालय शिक्षा विधेयक–२०८० जलाउने भएको छ ।

सरकारद्वारा प्रस्तुत विधेयकमा शिक्षाको निजीकरण र व्यापारीकरण जोड दिएको, निजी स्कुललाई लुत्न छुट दिएको, फेरि पनि शैक्षिक माफिया दलाल र व्यापारीको हातमा शिक्षालाई वैधानिक रूपमै सुम्पेको भन्दै अखिल ९छैठौँ० ले सो कार्यक्रम निश्चित गरेको हो ।

अध्यक्ष देवेन्द्र कुँवरको हस्ताक्षणमा २०८० असोज १ गते सोमबार सार्वजनिक गरिएको प्रेस वक्तव्यमा सो जानकारी दिइएको हो ।

शिक्षा विधेयकलाई कलङ्कित विधेयकको संज्ञा दिइएको उक्त विधेयकमा सोको खारेजीको लागि एकल तथा संयुक्त आन्दोलन गर्न समेत अखिल ९छैठौँ० तयारी रहेको वक्तव्यमा उल्लेख छ ।

यस्तो छ अध्यक्ष कुँवरको प्रेस वक्तव्यको पूर्ण पाठ :
सरकारले भर्खरै संसदमा प्रस्तुत गरेको “विद्यालय शिक्षा ऐन–२०८०“ (विद्यालय शिक्षा सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक) प्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । हामीले उक्त ऐनको सन्दर्भमा संगठनको धारणा स्पष्ट गर्नको लागि यो वक्तव्य जारी गरेका छौं ।

१.  शिक्षा ऐनले देशको भुगोल, माटो र आवश्यकतालाई सम्बोधन गर्न सक्नुपर्दछ । वर्तमान शिक्षा प्रणाली आफैमा अवैज्ञानिक, अव्यवहारिक र कर्मकाण्डी छ । त्यसको ठाउँमा शिक्षा जनवादी, वैज्ञानिक, गुणस्तरीय, व्यवहारिक, प्रयोगात्मक र कामकाजी हुन जरुरी छ । शिक्षाले वेरोजगारीहरुको उत्पादन होइन स्वरोजगार र सिपयुक्त जनशक्तिको उत्पादन गर्न सक्नुपर्दछ । वास्तवमा शिक्षा ऐनले यी कुराहरुलाई निर्दिष्ट गरि त्यसको मार्गनिर्देश गर्न सक्नुपर्छ ।

२. हालै संसदमा प्रस्तुत नयाँ शिक्षा ऐनले वर्तमान शैक्षिक समस्याहरुको समाधान गरि त्यसलाई निकास दिने र गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि मार्गदर्शन गर्नु पर्ने हो । तर त्यसको साटो नयाँ शिक्षा ऐन संविधान विपरित, पश्चगामी र कर्मकाण्डी आएको छ । संविधानमा समाजवाद उन्मुख भनिए पनि ऐनले शिक्षाको निजीकरण र व्यापारीकरणमा जोड दिएको छ । संविधानमा निशुल्क शिक्षा भनिएको छ, ऐनमा निजी स्कुलहरुलाई लुट्नको लागि छुट दिइएको छ । ऐनले शिक्षालाई फेरि पनि शैक्षिक माफिया, दलाल र व्यापारीहरुको हातमा वैधानिक रुपमै सुम्पेको छ । यसरी ऐन शैक्षिक माफियाहरुको संलग्नतामा निर्माण भएको कुरा बुझ्न कुनै गार्हो छैन । वास्तवमा यो सार्वजनिक शिक्षालाई धोस्त पार्न गरिएको गम्भीर षड्यन्त्र हो ।

३. वर्तमान शिक्षा प्रणालीले वेरोजगारहरुको उत्पादन गरेको छ । अहिले ठूलो संख्यामा युवा पिढिंले देश छोडिरहेको छ । शिक्षाले नै रोजगार उन्मुख गराउने कुराको ऐनमा कुनै गन्ध छैन । वरु शिक्षकको जागिरको लागि कुरिरहेका युवाहरुमा समेत चरम वितृष्णा उत्पन्न भएको छ । कसैलाई खुसी पार्नको लागि बनाइएको नीतिले निकट भविष्यमा नै शिक्षकहरुको ठूलो खडेरी हुने कुरा निश्चित छ । ऐनले स्वदेशमै रोजगारी सृजना हुने कुरा ग्यारेन्टी त परको कुरा उल्टै विदेश पलायन गराउन मलजल गरेको छ । शिक्षकको योग्यता र उमेरको हद सम्वन्धी ऐनको व्यवस्था हाम्रो देशको समस्यासङ्ग मिल्ने कुरा होइनन् ।

४. शिक्षा केन्द्रीय सरकार र राज्यको अनिवार्य दायित्व हो । सरकार कुनैपनि बाहानामा शैक्षिक दायित्ववाट पन्छिन मिल्दैन । विगतमा पनि राज्य शैक्षिक दायित्ववाट पन्छिन धेरै नै प्रयत्न गरेको हो । अहिलेको नयाँ ऐनले पनि केन्द्रीय सरकार शैक्षिक दायित्ववाट पन्छिन अनेकन उपायहरु लगाएको बुझ्न सकिन्छ । शिक्षाको व्यवस्थापनमा स्थानीय तहलाई दिइएका अधिकारहरुलाई अन्यथा भन्न मिल्दैन । त्यस प्रकारका अधिकारहरु स्थानीय तहलाई दिएर मात्र हुँदैन, स्थानीय तहको सशक्तीकरणमा पनि उत्तिकै जोड दिनुपर्दछ । तर कतिपय गम्भीर विषयहरु पनि स्थानीय तहलाई छोडेर राज्य उम्कने व्यवस्था स्वीकार हुन सक्दैन ।

५. राज्यको शिक्षा नीतिलाई कार्यान्वयन गर्ने प्रमुख अंग शिक्षक हो । समय मै सहि ऐन वन्न नसक्दा शिक्षकहरुको वीचमा समस्याहरुका चाङ्ग छन् । एउटै विद्यालय भित्र दर्जन वढि शिक्षकहरुका “क्याटोगरी“ छन् । त्यसले शिक्षकहरु वीचमै असमानता र विभेद उत्पन्न गरेको छ। त्यसलाई तुरुन्त समाधान गर्नुपर्ने आवस्यकता छ। तर ऐनले यो कुरालाई राम्रोसँग सम्बोधन गर्न सकेको छैन । शिक्षकहरुलाई दिने सेवा सुविधा र तलव निकै न्यून छ। त्यसबारे शिक्षकहरुले उठाएका जायज मागहरुलाई हामीले समर्थन गर्दछौं । अस्थायी, राहत र अनुदान जस्ता कोटामा कार्यरत शिक्षकहरुलाई स्वत, प्रक्रिया पुराई वा आन्तरिक स्थाई गर्ने कुरालाई हामीले गलत मान्दछौ र त्यसप्रकारका कोटामा खुल्ला प्रतिस्पर्धाका आधारमा शिक्षक छनोट गर्नुपर्ने कुरामा जोड दिन्छौं ।

६. हामीले यो विधेयक संविधान विपरित, दलहरुका पुराना प्रतिवद्दता विपरित र विद्यार्थी आन्दोलन र वलिदानको विपरीत सिमित शैक्षिक माफियाको स्वार्थमा आएकोले यो कलंकित विधेयक खारेजीको माग गर्दै यही असोज २ गते देशव्यापी रुपमा विरोध स्वरुप विधेयक जलाउने र सरकारले समयमै हाम्रा मागहरूको सुनुवाइ नगरेमा अखिल (छैठौँ) ले उक्त विधेयक विरुद्ध संयुक्त तथा एकल आन्दोलनको लागि समेत तयार रहेको कुरा जानकारी गराउँदछौँ ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

२ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक