शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कास्की । माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ।

आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको र दुई महिनाभित्रमा आयोजनाको बाँकी रहेका सम्पूर्ण काम सकिएर विद्युत् उत्पादन सुरु हुने जनाइएको छ। भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिले सेती जलविद्युत् आयोजना निर्माण गरेको हो। यसको लागत रु पाँच अर्ब रहेको छ।

आयोजनाको सिभिलतर्फ हेडबर्क्सको सबै काम सकिएको छ। त्यसैगरी पाइपलाइन जडानको काम पनि पूरा भएको छ। विद्युत्‌गृहमा उपकरण जडानको काम भइरहेको छ। परीक्षण उत्पादन सुरु भएको १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुनेछ। आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसिओडी)भित्रमा नै व्यावसायिक उत्पादन गर्ने गरी काम भइरहेको आयोजनाका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए।

आयोजनाको सिभिलतर्फको सबै काम पूरा भएको र हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका काम अन्तिम चरणमा रहेको उनले जानकारी दिए। आयोजनाका अनुसार हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलका लागि आवश्यक सबै उपकरण तथा सामग्री निर्माणस्थलमा आइसकेकाले जडान भइरहेको छ।

प्रसारण लाइनमा रहने १४ टावरमध्येमा तीन वटाबाहेक अन्यको काम सकिएको बताइएको छ। प्रसारण लाइनको ‘राइट अफ वे’ क्लियर भइसकेकाले बाँकी टावर निर्माण र तार जडान गरिने आयोजनाले जनाएको छ। ‘मङ्सिरको पहिलो साताभित्रमा परीक्षण उत्पादन सुरु गर्ने गरी कामलाई तीव्र बनाएका छौँ,’ अध्यक्ष पोखरेलले भने, ‘धेरै समय लाग्ने काम अब बाँकी छैन, सरकारी तथा निजी सबै क्षेत्रबाट प्राप्त सकारात्मक सहयोगले आयोजना सम्पन्न हुने चरणमा आइपुगेको हो।’

ड्याम, टनेल, पावर हाउस, टावर निर्माण तथा ‘राइट अफ वे’लाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ। यी काम अन्तिम चरणमा पुगिसकेको आयोजनाले जनाएको छ। विसं २०७७ साउनदेखि आयोजनाको काम सुरु भएको हो। कोरोना महामारीका कारण आयोजनाको कामलाई असर गरेपछि निर्धारित समयभन्दा एक वर्ष बढी समय लागेको बताइन्छ।

माछापुच्छ्रे‍–२ को भराभरीमा आयोजनाको हेडबर्क्स रहेको छ। भराभरीस्थित सेती नदीको पानीलाई बाँध बाँधेर छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत विद्युत्गृहमा खसालेर बिजुली उत्पादन हुनेछ। विद्युत्‌गृहमा एक सय ८७ मिटर उचाइबाट पानी खसालेर १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनबाट बिजुली उत्पादन हुनेछ।

उत्पादित बिजुली विद्युत्‌गृहसँगैको स्विचआर्डबाट प्रसारण लाइनमार्फत लाहाचोकमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको एक सय ३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गर्ने योजना रहेको आयोजना प्रमुख इञ्जिनियर लेखनाथ पाण्डेले जानकारी दिए।

कास्की र पर्वतमा निर्माण भएका जलविद्युत् आयोजनाहरुको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि विद्युत् प्राधिकरणले नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना हालै निर्माण गरेको हो। यसबाट विद्युत् आपूर्तिमा समेत सुधार हुने विश्वास छ। रासस

यो पनि पढ्नुहोस्

३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत् सेवा सञ्चालन

३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

१ महिना अगाडि
सर्वोच्चले एनसेलसँग लिखित जवाफ माग्यो

एनसेलका २,२०० वटा टावरहरूमा क्षमता अभिवृद्धि

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक