बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ ।

कार्यक्रमअन्तर्गत गर्भवतीको नियमित स्वास्थ्य जाँच, उनीहरूका लागि निःशुल्क प्रसूति सेवा साथै निःशुल्क शल्यक्रिया सेवाजस्ता मातृ स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रम नियमित सञ्चालन हुँदै आएका छन् । यससँगै गर्भवतीलाई नियमित उत्प्रेरणा तथा यातायात खर्च भुक्तानी, आइरन तथा टिटी खोप निःशुल्क, हरेक दिन गर्भवती निःशुल्क स्वास्थ्य परीक्षण, परिवार नियोजन सेवा, पाठेघरको शल्यक्रिया, पाठेघरको मुखको क्यान्सरको जाँच तथा विशेषज्ञ सेवालगायत परीक्षण र उपचार सेवा प्रदान गरिँदै आएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिनुभयो ।

मातृ तथा शिशु स्वास्थ्य सेवातर्फ सीमित जनशक्तिका आधारमा गुणस्तरीय सेवा दिनुपरेको र हाल यस इकाइमा ७० जनाको जनशक्तिले सेवा प्रदान गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । लुम्बिनी प्रादेशिक अस्पताल विशेषज्ञ सेवा लिने अस्पताल भएको छ । सामान्य बिरामीसमेत अस्पतालमा उपचार सेवा लिन आउने हुँदा अस्पतालको जनशक्ति तथा साधन स्रोतले थेग्न कठिनाइ परेको उहाँले बताउनुभयो । बिरामीको घर नजिकैको स्वास्थ्य केन्द्रमा समेत बर्थिङ सेन्टरमा उपचार सेवा उपलब्ध हुँदाहुँदै पनि यसै अस्पतालमा आउने गर्दा सीमित जनशक्तिद्वारा सेवा दिनुपरेको छ ।

पर्याप्त जनशक्ति र साधन स्रोत अभावमा पनि अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सबै क्षेत्र लागिपरेका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । मातृ तथा शिशु स्वास्थ्यलाई थप गुणस्तरीय बनाउन नवजात शिशु सघन उपचार (एनआइसीयू) विभागको आठ शय्यालाई विस्तार गरी १२ पुर्‍याउने र नवजात शिशु विशेष हेरचाह (एसएनसीयू) विभागलाई १३ शय्याको स्थापना गरी सेवा प्रदान गर्न थालिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल यस क्षेत्रको सबैभन्दा पुरानो विशेषज्ञ सेवा दिने अस्पताल हो । दैनिक पाँच सयदेखि छ सयसम्म बिरामीलाई सेवा दिन सक्ने यस अस्पतालको सामर्थ्य छ । तर यहाँ अस्पतालको क्षमताभन्दा पाँच गुना बढी बिरामी दैनिक सेवा लिन आउँछन् । दैनिक दुई हजार पाँच सयसम्म बिरामीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ । अस्पतालले लुम्बिनी प्रदेशका १२ जिल्लासहित गण्डकी प्रदेशका स्याङ्जा, पर्वत र बागलुङ जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालले सामान्य चिकित्सा, शल्यक्रिया, बालचिकित्सा, कार्डियोलोजी, न्यूरोलोजी, न्युरो सर्जरी, मनोरोग, अर्थोपेडिक शल्यक्रिया (फिजियोथेरापी सेवासहित), नाक र घाँटी शल्यक्रिया, प्रसूति र स्त्रीरोग विभाग र दन्त तथा छालाको लागि ओपिडी सेवा छन् । यसका साथै प्रयोगशाला, रेडियोलोजी, इसिजी, इन्डोस्कोपीलगायतका सेवा उपलब्ध छन् । नियमितरूपमा खोप, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन सेवा, क्षयरोग नियन्त्रण कार्यक्रमलगायत डट्स, कुष्ठरोग नियन्त्रण कार्यक्रम र मलेरिया नियन्त्रण कार्यक्रम प्रत्यक्ष अवलोकन थेरापी (डट्स) सेवा पनि अस्पतालले उपलब्ध गराउँदै आएको छ ।

प्रसूति हुने महिलाको सङ्ख्या पनि सोही अनुपातमा छ । अस्पतालमा मातृ स्वास्थ्य सेवाका लागि मात्र वार्षिकरूपमा करिब ८० हजार सेवाग्राही आउने गरेको अस्पतालको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९/८० मा मातृ स्वास्थ्य सेवाका लागि आएका ५१ हजार तीन सय ९२ मध्ये १२ हजार दुई सय ७५ जनाले प्रसूति सेवा लिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जानकारी दिनुभयो । अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या एक सय २५ छ । यो सङ्ख्या बिरामी चापको अनुपातमा थोरै भएको उहाँको भनाइ छ ।

परिवार कल्याण कार्यक्रमतर्फ अस्पतालमा मातृ तथा नवशिशु कार्यक्रमअन्तर्गत आमा सुरक्षा, गर्भवती, रक्तसञ्चार, उत्प्रेरणा सेवा, निःशुल्क कार्यक्रमतर्फ सङ्घीय सरकारको सशर्त अनुदानतर्फ आव २०८९/८० मा रु नौ करोड ६० लाख विनियोजन गरिएको अस्पतालका लेखापाल घनश्याम भुसालले जानकारी दिनुभयो । यस्तै चालु आव २०८०/८१ का लागि सङ्घीय सरकारबाट अघिल्लो आवको कार्यक्रममा थप कार्यक्रम न्यानो झोला वितरण, निःशुल्क गर्भपतन र नवजात शिशुको निःशुल्क उपचार कार्यक्रमसहित रु ११ करोड ८४ लाख विनियोजन गरिएको भुसालले जानकारी दिनुभयो ।  रासस

यो पनि पढ्नुहोस्

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

३ घण्टा अगाडि
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण संशोधन गर्दै केही सुधार हुने अनुमान

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक