शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शिक्षकले राजनीतिक दलको सदस्यता लिएमा सेवाबाट हटाइने विधेयक संसदमा दर्ता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
शिक्षकले राजनीतिक दलको सदस्यता लिएमा सेवाबाट हटाइने विधेयक संसदमा दर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । शिक्षकले कुनै राजनीतिक दलको सदस्यता लिएमा सेवाबाट हटाइने कानुनी व्यवस्था भएको विधेयक संसदमा दर्ता भएको छ ।

सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा शिक्षकले दलको सदस्यता लिन नहुने, लगातार १५ दिनभन्दा बढी विद्यालयमा अनुपस्थित हुने, राजनीतिक गतिविधिमा भाग लिने, मादक पदार्थ सेवन गरेर विद्यालय आउने लगायतका काम गरेमा उनीहरूलाई सेवाबाट हटाउने प्रावधान राखिएको छ । पाँच वर्ष तलब वृद्धि रोक्का वा बढीमा पाँच वर्षसम्म बढुवा रोक्का हुने आधार ?

–कुनै पनि शिक्षकले अध्यापन गर्ने कार्य जिम्मेवारीपूर्वक पूरा नगरेमा तलब वृद्धि रोक्का गर्ने

–अनुशासनहीन काम गरेमा, विद्यार्थीको पिर मर्का र गुनासो पटक पटक बेवास्ता गरे

–प्रधानाध्यापक वा विद्यालय व्यवस्थापन समिति वा स्थानीय वर्षसम्म बढुवा तहले दिएको निर्देशन पालना नगरेमा

–अध्ययन अध्यापनमा जानाजान लापरबाही तथा ढिलासुस्ती गरी विद्यार्थीको सिकाइमा हानी पुर्याएमा, बढुवाको दरखास्त फाराम भर्दा झुट्टा विवरण पेस गरेको प्रमाणित भएमा

–विद्यार्थीलाई शारीरिक वा मानसिक रुपमा दुर्व्यवहार गरेमा बिदा स्वीकृत नगराई लगातार पन्ध्र दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा

–नसिहत पाएको शिक्षकले सोही पदमा रहँदा पुनः सोही दफा बमोजिम नसिहत पाएमा बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने वा बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने गरी सजाय गर्न सकिने व्यवस्था गरिएको छ । यी काम गरेमा शिक्षकलाई सेवाबाट हटाइने –कुनै शिक्षकले अध्यापन गर्ने जिम्मेवारी पूरा गर्न नसकेमा

–परीक्षामा प्रश्न पत्रको गोपनीयता भङ्ग गर्ने, परीक्षा सञ्चालनमा अमर्यादित काम गर्ने वा गराउने

–उत्तर पुस्तिका परीक्षणमा लापरबाही गर्ने तथा नतिजा प्रकाशनमा अमर्यादित कार्य गरेमा –राजनीतिक दल वा दलसँग आबद्ध सङ्गठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा –विद्यालयमा मादक पदार्थ सेवन गरी आएको कुरा प्रमाणित भएमा –बिदा स्वीकृत नगराई लगातार नब्बे दिनसम्म कार्यरत विद्यालयमा अनुपस्थित रहेमा

–बिदा स्वीकृत गराएकोमा बाहेक वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएकोमा त्यस्तो अध्ययन, तालीम वा अध्ययन भ्रमण पूरा गरेको मितिले पन्ध्र दिनभित्र सम्बन्धित विद्यालयमा हाजिर नभएमा –असाधारण वा अध्ययन बिदा भुक्तान भएको पन्ध्र दिनभित्र विद्यालयमा हाजिर हुन नआएमा, तोकिएको अधिकारीको स्वीकृति नलिई विद्यालय समयमा अन्यत्र अध्यापन वा काम गरेमा वा अन्य कुनै व्यावसायिक क्रियाकलाप गरेमा, बहुविवाह गरेमा त्यस्तो शिक्षकलाई भविष्यमा शिक्षक सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने व्यवस्था विधेयकमा गरिएको छ । यी काम गरे शिक्षक सेवाबाट बर्खास्तीमा पर्ने ?

–भ्रष्टाचार, जासुसी, जालसाजी, किर्ते, ठगी, लागू औषध कारोबार –सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबरजस्ती करणी –चोरी, आगजनी तथा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएमा –विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको वा सोको लागि आवेदन दिएको प्रमाणित भएमा, शिक्षक सेवामा नियुक्त हुने वा बहाल रहने उद्देश्यले नागरिकता, उमेर वा योग्यता ढाँटेको प्रमाणित भएमा यी र यस्ता अवस्थामा शिक्षकलाई भविष्यमा विद्यालय शिक्षक सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिने व्यवस्था विधेयकमा गरिएको छ ।

शिक्षकलाई विभागीय सजायको आदेश दिने सम्बन्धमा नसिहत सम्बन्धी सजाय गर्दा शिक्षकको हकमा प्रधानाध्यापक र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समिति, बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, शिक्षकलाई सेवाबाट हटाउन वा बर्खास्त गर्न नियुक्त गर्ने अधिकारी निर्धारण गरिएको छ । त्यसअघि सुनुवाइको मौका दिनु पर्ने, विशेष सजाय गर्नु भएमा शिक्षक सेवा आयोगको परामर्श लिनु पर्ने र पेस हुन आएको सफाइ सन्तोषजनक नभएमा विभागीय सजाय गर्न सकिने प्रावधान विधेयकमा गरिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने

२ घण्टा अगाडि
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक